धरान / भोजपुरको आमचोक गाउँपालिका –४ बयाङ पञ्चायत कालदेखि प्रहरी थाना स्थापना भएको पुरानो मुकाम हो । जिल्लाको दक्षिण भेगको सुरक्षाका लागि बयाङमा थाना राखिएको थियो । त्यो थाना नजिकै एउटा सानो घर छ । पहाडी परिवेशको रातो माटोले पोतेको चिटिक्क परेको घरमा एउटी महिला बस्छिन् । उनको नाम सितादेवि दाहाल हो तर भोजपुरका धेरै व्यक्तिले ‘काली दिदि’ भनेर चिन्छन् । २०२८ सालदेखि उनी निरन्तर उक्त घरको चुलोमा चिया पकाउने दिउरो डडाएर जीवन चलाउदैं आएकिछन् ।
आगोको राप र तापमा खरिंदै सुकिला–मुकिला चिया पारखीलाई उनीहरुको चाहना अनुसारको मिठो चिया खुवाएर लामो समयदेखि जीवन गुजारा गरिरहेकीछन् । उनले ‘काली दिदिको चिया पसल’ भनेर पहिचान बनाएकीछन् । जमानामा २० पैसा कप चिया बेच्दै आएकी उनको चियाको दाम यत बेला १५ रुपैया पुगेको छ ।
मिठो चिया बनाउने भएका कारण पञ्चायत कालदेखि प्रधानपञ्च, जिल्ला पञ्चायतका सदस्यहरु, माल अड्डाका हाकिमहरु बयाङ आउदा जाँदा भेट गर्ने स्थान ‘काली दिदिको चिया पसल’ नै हुने गरेको पुराना बुढा पाका बताउछन् ।
उनी काली मात्र होइन उमेरमा ‘दिलवाली’ पनि थिइन । बाहिरा काली भए पनि भित्र सफा दिल भएकी सीताको चिया पसलको अहिले पनि एतिकै बखान छ । शुरुमा बुबासँग चिया बेच्दैं गर्दा बुबा वित्नु भयो । भारतीय सेनाका भूपू रणकेशर दाहालको शेख पछि उनी साउनी बनिन । चिया बेच्दा बेच्दा उनले उमेर काटेको पत्ता पाइनन् । विवहा गर्नसमेत विर्सिन । ‘मेरो ध्यान दैनिक कसरी चिया मिठो पकाएर आउने ग्राहकलाई खुवाउने भन्नेतिर मात्र भयो । विवहा तिर ध्यानै पुगेन ।’–उनकै चिया पसलमा भेटिएकी सीताले भनिन–‘बुवा आमाले पनि विवहा गर्न कर गरेनन् । मलाई पनि विवहा गर्ने रौस जागेन ।’
पूर्व–पश्चिम यात्रा गर्ने तराई झर्नेेदेखि लिएर स्थानीय बासिन्दा उनका नियमित चिया ग्राहक छन् । साथीभाइसँग भेटघाट राजनीतिक चिया गफदेखि लिएर सयम बिताउने ठाउँसमेत उनको चिया पसल बनेको छ । यो २०३०÷२०३५ साल अगिदेखिको जंक्सन हो । यु –२ का इश्वरमान कार्की तराई झर्दा त्यति बेलै विहानको चिया खान बयाङ पुग्ने गरेको बताउछन् ।
पञ्चायत कालदेखि उनको चियामा लोभिने कारण पनि छ । बाक्लो चिया बनाउने, आवश्यक मसला हाल्ने, धेरैबेर पकाउने र चियाको दिउरे नियमित सफा गर्ने उनको वानीले चियापारखी झुम्मिने गर्छन् । कसरी चिया मिठो बनाउनु हुन्छ भन्ने प्रश्नमा उनी बोलिन–‘पानी, चिया, दुध, यति हो चियाका लागि तर यति बनाउन म मेहनेत पनि मिसाउछु ।’
उनी दैनिक १० लिटरको दुधको चिया बेच्ने गर्छिन । ७० काटे पछि उनलाई दमको रोग पनि लागेको छ । तर चिया बेच्न भने छाडेकी छैनन् । विवहा नगरे पछि उनलाई बुबाले बजारमै एउटा घर र दुई रोपनी जग्गा अंश पनि दिएको उनले बताइन । उनका ३ जना दाजु भाई छन् । सबै सुनसरीको नडाहामा बस्छन् । चिया बेचेर उनले पनि नडाहामा घडेरी जोडेकीछन् । नेपालमा छोरीलाई अंश दिनु पर्छ भन्ने कानुन लागु हुनु अगावै उनका बुवाले उनलाई अंश दिइसकेका थिए ।
उनी चिया बेच्छीन । बाहिरबाट आउने पाउनालाई होमस्टे सेवा पनि छ । पाहुनालाई ढिकीमा कुटेको चापलको भात र कोलमा पेलेको चोरीको तेल प्रयोग गरेर तरकारी खुवाउछिन् । उनको खान्की आग्र्यानिक भएको स्थानीय विद्यालयका शिक्षक प्रेम राईले बताए । सिता दिदि एउटा इतिहास भएको राई बताउछन् ।