इनरुवा/ सुनसरी सदरमुकाम इनरुवा ९ बबियाका सत्यनारायण यादवले पहिले निर्वाह मुखी तरकारी खेती गर्दै आएका थिए । उनीसँग भएको सात कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका थिए ।

व्यवसायीक तरकारी खेती कसरी गर्ने भने विषयमा ज्ञानको अभावका कारण आफूसँग भएको सात कठ्ठा जग्गामा उनले मौसम अनुसारको निर्वाहमुखी तरकारी खेती जस्तै कोबी, करेला, भण्टा, मुला, ओललगायतका खेती गर्दै आएको यादवको भनाइ छ । तर तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा वागवानी विकास अधिकृतको रूपमा तृपितनारायण मिश्र आएपछि तरकारी खेतीको विषयमा व्यवसायिक ज्ञान र प्राविधिक सहयोग गरेपछि अहिले आफूले ४ बिगहामा तरकारी खेती गर्दै आएको यादवको भनाइ छ । २०६३ सालमा कार्यालयका वागवानी विकास अधिकृत मिश्रले आफूलाई कृषक समूह खोल्नका लागि आग्रह गरे ।

उनको आग्रहलाई स्वीकार गर्दै गोपी कृष्ण फलफूल कृषक समूह गठन गरेर आफुले कृषिमा अव व्यावसायिक बन्नुपर्छ भने हिसाबले लाग्यौँ । आफूले कृषक समूहको गठन गरेसँगै तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदानको कार्यक्रम दिन थालेपछि आफुहरूलाई झन् कृषि पेशामा लाग्नका लागि पे्ररित ग¥र्यो अहिले आएर त्यसैको फल स्वरूप झुपडी र सात कठठाबाट शुरु गरेको तकारी खेतीले ४ बिगहा जग्गा लिएर तरकारी खेती गर्दै आएको उनको भनाइ छ ।

तरकारी खेतीबाट आफूले वार्षिक रूपमा १० देखि १२ लाख रुपैयाँ आम्दनी गर्दै आएको यादवले बताए । उनी जस्तै सुनसरी देवानगञ्ज गाउँपालिका १ का रामवृक्ष मेहताले २ देखि ५ कठठमा तरकारी खेती गर्दै आएका थिए । तर अहिले उनले १० बिगहामा तरकारी खेती गर्दै आएका छन् । जग्गा अभाव, आर्थिक अवस्था कमजोर र ज्ञानका अभावका कारण २ देखि ५ कठाठमा निर्वाहमुखी तरकारी खेती गर्दै आएका थिए । तर २०६० सालमा कार्यालयका वागवानी विकास अधिकृत मिश्रले आफूलाई कृषक समूह खोल्नका लागि आग्रह गरे ।

उनको आग्रहलाई स्वीकार गर्दै अनुपम तरकारी तथा फलफूल कृषक समुह गठन गरियो । कृषक समूह गठन गरेपछि कार्यालयबाट विभिन्न किसिमको अनुदान आउन थालेपछि आफूले व्यवसायिक तरकारी खेती गर्न शुरु गरेको हो । व्यावसायिक तरकारी खेती गर्न शुरु गरेपछि बिस्तादै आम्दनी पनि बढ्दै गयो । आएको आम्दनीले जग्गा पनि किन्दै गयौंं । अहिले आफूले तरकारी खेतीबाटै १० बिगहा जग्गा किनेर त्यसमा व्यवसायिक तरकारी खेती गर्दै आएको मेहताको भनाइ छ ।

आफूले अहिले ४ बिगहामा ओल खेती, १० कठ्ठामा परवल, १० कठ्ठामा पिँडालु, १० कठ्ठामा बैगुन लगायतका गरेर १० बिगहामा तरकारी खेती गर्दै आएको मेहताले बताए । तरकारी खेतीबाट आफुले सबै खर्च कट्टा गरेर वार्षिक १२ देखि १५ लाखसम्म आम्दनी गर्दै आएको मेहताको भनाइ छ । शुरुमा खान लागाउनका लागि समस्या हुँदै आएकोमा तरकारी खेतीले नै अँध्यारोमा रहेको आफूहरूको जिन्दगीलाई उज्यालोतर्फ लानका लागि मदत गरेको मेहताको भनाइ छ ।

तरकारी खेतीबाट आएको आम्दनीले अहिले विराटनगर, इनरुवा गाउमा जग्गा जोडनूका साथै पक्की घर समेत निर्माण गर्नका लागि सफल भएको मेहताले बताए । रामवृक्ष मेहता जस्तै सुनसरी भोक्राहा नरसिंह गाउपालिका २ का चन्दन मेहताको भनाइ पनि उस्तै छ । उनले पनि पहिले ३ कठठामा निर्वाह मुखी तरकारी खेती गर्दै आएकामा अहिले आएर ३ बिगहामा तकारी खेती गर्दै आएका छन् । व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानको अभावका कारण निर्वाह मुखी तरकारी खेती गर्दै आएका थिए । तर उनलाई ज्ञान प्राप्त भएपछि बिस्तारैे व्यावसायिक तरकारी खेती गर्न शुरु भर्यो ।

३ कठ्ठाबाट शुरु गरेको तरकारी खेती अहिले उनले ३ बिगहा सम्म पु¥याएका छन् । बिस्तारै तरकारी खेतीबाट आउदै गएको आम्दनीले जग्गा किनेर अहिले ३ बिगहा सम्म तरकारी खेती गर्दै आएको मेहताले बताए । तरकारी खेतीबाटै आफूले वार्षिक रूपमा खर्च कट्टा गरेर १० लाख सम्मको आम्दनी गर्दै आएको मेहताको भनाइ छ । यी ३ जना त सुनसरीका लागि उदाहरणका पत्र मात्र हुन् । उनीहरू जस्तै जिल्लामा करिव ३ हजार भन्दा बढी कृषकहरू तरकारी खेती गर्दै आएका छन् । तरकारी खेती गर्ने कृषकहरूको सङ्ख्या बढदै गएपछि जिल्लामा तरकरी खेतीबाट कृषकहरूले सोचे अनुसारको आम्दनी गर्न समेत सफल भएका छन् ।

थोरै जग्गाबाट शुरु गरेको तरकारी खेती अहिले त्यही कृषकहरूका लागि आयस्रोतको मुख्य अधार भएको छ । जिल्लामा वार्षिक रूपमा तरकारी खती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको भएपनि बजार अभावका कारण समस्या हुने गरेको कृषकहरूको भनाइ छ । पर्याप्त मात्रामा मलखाद नपाउनु, समयमा जनमजदुर नभेट्नु र बजारमा तरकारीको उचित मूल्य नपाउनु लगायतका विभिन्न समस्याका कारण आफूहरूलाई समस्या हुने गरेको तरकारी कृषक रामवृक्ष मेहताले बताए ।

जिल्लामा वार्षिक रूपमा १ अरबभन्दा बढीको तरकारीको कारोवार हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका वागवानी विकास अधकृत तृपितनारायण मिश्रले बताए । सुनसरीमा २०५३ सालमा ५१२ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएकामा अहिले ३ हजार ४ सय १५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हँुदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका वागवानी विकास अधकृत मिश्रले बताए ।