हिन्दू धर्मसँग जोडिएको आध्यात्मिक पर्व तीजको हालको संस्करणले ग्लोवल संस्कृतिको रूप लिएको छ । ग्लोवल भइसकेपछि त्यो संस्कृति वा संस्कार कुनै जाति, धर्म वा सम’दाय विशेषको पेवामा सीमिति हुँदैन । आधादशक अघिसम्म तीज पर्व हिन्दू धर्मावलम्बी महिलाहरूले आफ्नो माइत घर जाने बहाना निकाल्ने गतिलो माध्यमको रूपमा लिने गरेका थिए । तर तीज अब त्यस्तो माइत जाने पर्वको रूपमा रहेन ।

महिला अधिकार, महिला मुक्तिको आन्दोलन, महिला स्वतन्त्रतासँग तीजलाई जोडेर परिभाषित गर्न थालिएको छ । बहुलवादी समाजमा गैर हिन्दू महिलाहरूले पनि विना हिचकिचाहट मनाउनुको औचित्य प्रस्टिदै छ । चरम लैङ्गिक विभेदलाई समाप्त पार्न सवै वर्ग समुदाय, सम्प्रदायका महिलालाई एउटै मञ्चमा ल्याउने उचित माध्यम बनेको छ तीज ।

भदौ शुरु नहुँदै ‘तीजको रहर आयो बरिलै’ भन्दै सामाजिक सञ्जाल र मिडियाहरूमा महिलाहरू छमछमि नाचेको तस्वीर र समाचारको प्रभावले होला मुलुकै भरी तीजमय बनाएर छायो । कतिपयले त्यस्लाई ‘तीज आउन’ कहिले कहिले रहर जाग्यो पहिले’ भनेर खिसी टिउरी पनि गरे । कसैले भड्किलो बन्दै गएको आरोप पनि लगाए । समाज परिवर्तनसंँगै संस्कार र संस्कृति परिवर्तनशील हुन्छ, एक पुस्तादेखि अर्र्काे पुस्तामा, एक समुदायदेखि अर्को समुदायमा हस्तान्तरित पनि हुन्छ । त्यस्तै भयो तीज पर्व ।

बहुलवादी समाजमा तीज पर्व हिन्दू धर्मावलम्बी महिलाले मात्र मान्दै आएको तीजलाई गैरहिन्दू धर्मावलम्बी अर्थात् आदिवासी जनजाति महिलाहरूले पनि सांस्कृतिक र धार्मिक सहिष्णुताका लागि तीज मनाउन थालेकाले ग्लोवल पप कल्चरको रूपमा विकसित भएको मान्न सकिन्छ । खास गरी अहिले पूर्वमा जातिबादी लेवल लागेको लिम्बुवान, खम्बुवान जस्ता आन्दोलन चलिरहे पनि तीजमा भने तिनै आन्दोलनमा सहभागी आदिवासी जनजाति पुरुषका जीवन संगिनीहरूले धरानमा ज्यान मर्काइ मर्काइ तीजको उत्सव मनाए ।

पछिल्लो समयमा तीज कार्यक्रमका सहभागीहरूको अनुहार हे¥यो भने अधिकांश राई लिम्ब’, तामाङ, मगर, ग’रुङ महिलाहरू नै रातो, हरियो, निलो सारीमा लपेटिएका देखिए, भेटिए । जानेर होस् वा नबुझेर तीज अब साँच्चै नै व्यावसायिक संस्कृति भएको छ । उत्तर आधुनिक पप कल्चर बनेको छ । उहिले तीजलाई लोग्नेको दीर्घाय’ कामनाका लागि मुखमा पानी पनि नखाई मनाउने गरेको सुनिन्थ्यो देखिन्थ्यो ।

तर पछिल्लो समयमा त्यस्तो नभएर के बाहुन क्षेत्री, के हिन्दु, के आदिवासी जनजाति महिला सबैले कुनै न कुनै रूपमा मनाए । तीजलाई आदिवासी जनजाति महिलाहरूले पहिले पहिले कहिलै पनि खुलेर मानेको देखिएको थिएन । आदिवासी जनजाति महिला समुदायले रातो सारी लगाएर, गहनामा सजिएर छम्छमी नाच्दैमा सबै महिला हिन्दू भए भन्न सकिन्न तर धार्मिक र सांस्कृतिक सहिष्णुताको डोरी भने बलियो गरि कसियो भन्न सकिन्छ । ।

अब आदिवासी जनजाति समुदायका पर्वमा पनि गैर जनजातिहरू यसरी नै सहभागी भएमा जातिय साम्प्रदायिकता, धार्मिक अहमताबाट हाम्रो समाज मुक्त हुन सक्छ । कुनै पनि धर्म, संस्कृति र चाड पर्व जातिको नाममा ठूलो र सानो हुदैन । सबैको लागि उतिकै महŒवको हुन्छ ।

एउटै समाजमा बसेपछि यो जनजातिको, त्यो बाहुन क्षेत्रीको भनेर विभेद गर्न थालेमा यस्ता सांस्कृतिक पर्वको औचित्य नै समाप्त हुन्छ । हुन त धरानमा लिम्बू जातिको चासोक तङनाम चाड, किरात राई समुदायको साकेला पर्वमा उनीहरूको समुदाय मात्र ननाचेर गैर राई लिम्बू युवायुवतीहरु पनि रमाउँदै नाच्ने गरेका छन् केही वर्षदेखि । चासोक र साकेलाको आकर्षणको कारणले पनि अर्काको भनिँदै आएको चाडपर्वप्रति नयाँ पुस्तामा सामाजिक रुपमा यस्तो मानसिक परिवर्तन आएको मान्न सकिन्छ ।

यस्ता सांस्कृतिक चाडपर्वमा सबै जाति र वर्गका समुदाय विना भेदभाव एउटै आँगनमा भेला भएर मनाउन पाएमा जातीय र धार्मिक सहिष्णुता, सामुदायिक सद्भावपूर्ण नेपाली संस्कृतिको विशेषता झल्कने र देशलाई एकता र समुन्नतिको बाटोमा हिंडाउन सकिनेमा कुनै सकिनेमा दुई मत नहोला ।