Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • हात्ती प्रभावित क्षेत्रमा रबरखेती

हात्ती प्रभावित क्षेत्रमा रबरखेती

alt
  • भदौ ३, २०७६
  • रासस

 पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । जङ्गली हात्तीकै कारण झापा बुद्धशान्ति गाउँपालिकाका सीताराम बाँस्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन पाएनन् ।

धानको सिजनमा धान, मकैको सिजनमा मकै थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाएका कारण उनले विकल्पको बाटो रबरखेती रोजे । जङ्गलको नजिकै घर भएका सीतारामको खेतबारीमा लगाएको बाली वर्षेनी जङ्गली जनावर हात्ती, मृग, हरिण, बँदेलजस्ता जनावरले नष्ट गरिदिन थालेपछि बाँस्तोलाले बाली परिवर्तन गर्दै विकल्पका रुपमा रुखजन्य रबरखेती शुरु गरे । बाँस्तोलाले भने, “विगत १५ वर्षदेखि रबरखेती गर्दै आएको छु, अहिले कुनै चिन्ता छैन, रबरबाट मनग्य आम्दानी हुँदैछ ।” बहुपयोग रुखजन्य खेतीका रुपमा रहेको रबरले विरुवा लगाएको पाँच/छ वर्षदेखि मात्रै उत्पादन दिने उनले बताए ।

गाउँपालिकाका अगुवा कृषकका रूपमा चिनिनुभएका बाँस्तोलाले रबरखेती गरेको ठाउँमा हात्ती तथा अन्य जङ्गली जनावर पनि खासै नआउने गरेको जानकारी दिए । रबरलाई खेतीका रूपमा अपनाउने कृषकका आ–आफ्नै प्रभाव र अनुभव छन् ।

वैदेशिक रोजगारीमा रहेका स्थानीय चन्द्र अधिकारीले पनि दुवईबाटै श्रीमतीलाई फोन गरेर आफ्नो बाँझो रहेको जमीनमा रबरखेती लगाउन सल्लाह दिए । वैदेशिक रोजगारी रहेका बेला विसं २०७० मा दुवईमा आफ्नै साथीहरुबीच झगडा हुँदा सुनेको वाक्यले उनलाई रबरखेतीतर्फ प्रेरित गर्यो । “गए त्यही दुई बोट रबर त जान्छ नि, म खानले मर्दिनँ, गाउँमा टन्न रबर लगाएको छु”, साथी–साथी झगडा गर्दा सुनेको थिएँ”, अधिकारीले भने, “पछि उनै साथीहरुसँग सल्लाह लिएर आफ्नो पनि गाउँको बाँझो जमीनमा रबर रोप्न श्रीमतीलाई विदेशबाटै सल्लाह दिएँ, श्रीमतीले रबर रोप्न शुरु गरिन् पछि म आएर सबै जमीनमा रबर लगाएँ, अहिले मलाई कुनै चिन्ता छैन ।”

साना किसान प्राकृतिक रबर उत्पादक सङ्घ नेपालका महासचिवसमेत रहनुभएका अधिकारीका अनुसार अलैँची र सुपारीपछि रुखजन्य वस्तुमा बढी आम्दानी दिने रबर नै हो । स्थानीय दीपेन्द्र बाँस्तोला रबर कृषकका साथै ठेकेदारको काम पनि आफैँ गर्नुहुन्छ ।

उनले आफ्ना बारीमा लगाएको रबरका साथै स्थानीय आदर्श नमूना सामुदायिक वनको १० हेक्टर जमीनमा लगाएको रबरबाट उत्पादित काँचो चोप खरीद गरी प्रशोधन गरेर बिक्री गर्दै आएका छन् । प्रतिकेजी रु ५३ मा खरीद गरेको काँचो चोप प्रशोधन गरेपछि रु २१० देखि २२० सम्ममा बिक्री हुने गरेको उनको भनाइ छ ।

सरकारले ध्यान दिए रबरखेतीबाट किसानले प्रशस्त आम्दानी गर्न सक्ने रबरको अनुसन्धानकर्ता तेजनाथ दाहालले बताए । उनले रबरखेतीबाट साना किसानले पनि वार्षिक न्यूनतम रु छ लाखदेखि अधिकतम रु २० लाखसम्म आम्दानी गर्न सक्ने बताए ।

झापाको पूरै जमीनमा रबरखेती लगाए पनि माग थेग्न नसक्ने दाहालको भनाइ छ । सरकारले पछिल्लो समय झापालाई रबरजोन घोषणा गरेको छ । हाल झापाको मेचीनगर, भद्रपुर, अर्जुनधारा, कनकाई, गौरादह र दमक नगरपालिका तथा बुद्धशान्ति, घेराबारी, कचनकवल, बाह्रदशी गाउँपालिकाका केही भागमा व्यावसायिक रबरखेती शुरु गरिएको छ । यी क्षेत्रमा कतै सामूहिक रुपमा र कतै व्यक्तिगतरूपमै रबरखेतीको शुरुआत गरिएको छ ।

गोरखकाली रबर उद्योग विसं २०४१ मा स्थापना भएसँगै झापामा विसं २०४८ बाट व्यावसायिक रबरखेती शुरु गरिएको बताइन्छ । साना किसान प्राकृतिक रबर उत्पादक सङ्घ नेपालको तथ्याङ्कअनुसार अहिले झापामा २८० हेक्टर क्षेत्रफलमा रबरखेती गरिएको छ । अनुसन्धानकर्ता दाहालका अनुसार पूर्वका झापासहित इलाम र मोरङमा पनि रबरको व्यावसायिक खेती शुरु गरिएको छ । 

सम्बन्धित समाचार
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ बुधबारेकी १३ वर्षीया अंशु गौतम घरबाट खे ...

धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो

बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित गौरीखोला नजिकको धरान–चतरा पक्की ...

आईजीपी कार्कीका अवसर र चुनौतीहरू

नेपाल प्रहरीको ३३औँ आइजिपीका रुपमा दानबहादुर कार्कीको नियुक्तिले प्रहरी सङ् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुटपिटबाट मृत्युपछि सञ्चालकसहित नौ पक्राउ
इटहरीमा ‘नामी भिगो’ कार सार्वजनिक
कटहरी रेलमार्गमा नयाँ आशा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved