दमक/ सौर्य उर्जाको प्रयोग गरेर खानेपानी बितरण गरेपछि झापाको गौरादहका उपभोत्ताले बिगतको भन्दा सस्तो मुल्यमा पानी उपभोग गर्न पाएका छन् ।

झापाको गौरादह नगरपालिका एक स्थित गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले शक्तीशाली सौर्य उर्जाबाट पानी तान्ने मोटर र कम्प्लेसर मेशिन समेत चल्ने प्रबिधिको प्रयोग गरेपछि पानी पानीको महशुल सस्तो भएको हो । यस अघि नियमित रुपमा खानेपानी उपभोक्ता समितिले बिद्युतीय पम्पको प्रयोग गरेर पानी तान्ने गरेको थियो । गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीका अनुसार सौर्य शक्तीको प्रयोग महिनामा झण्डै ७० हजार भन्दा धेरै बिद्युत महशुलमा मात्र नाफा हुने देखिएको छ ।

यसरी सस्तो भएपछि उपभोक्तालाई पनि मासिक महशुल घटाएको अध्यक्ष भण्डारीले बताए । गर्दा महिनामा सामान्य त १ लाख ५ हजारदेखि २० हजारसम्म बिद्युत महशुल उठ्ने गरेको थियो । ४५ दशमलव ४ किलोवाट बिद्युत उत्पादन हुने सौर्य उर्जाको प्रयोग भएपछि दैनिक झण्डै ५० प्रतिशत बिद्युत महशुल कम उठ्ने प्रारम्भिक प्रयोगमा देखिएको छ । यो प्रबिधि एक नम्बर प्रदेशमा पहिलो पटक ठुलो सौर्य उर्जा हो ।

यो प्रबिधि प्रयोग भएपछि उपभोक्तालाई सस्तो मुल्यमा पानी उपलब्ध गराउन समेत सफल भएको छ । यसरी बिद्युत महशुल सस्तो हुने भएपछि समितिले उपभोक्तालाई न्युनतम ८ युनिटलाई संशोधन गरि १० युनिट बनाइएको छ भने मुल्य १ सय ३० रुपैयाँबाट घटाएर १ सय रुपैयाँ कायम गरेको व्यवस्थापक श्रीप्रसाद ताजपुरियाले जानकारी दिए । एकातिर न्युनतम युनिट बढाएर १० पु¥याइएको छ भने त्युनतम ८ युनिट वापत तिर्दै आएको रकम समेत घटाउन सफल भएको छ ।

३ फिट लम्वाइर दुइ फिट चौर्डाइ भएको १ सय ४२ थान सोलार पाताको प्रयोग गरेर ४५ किलोवाट भन्दा बढी बिद्युत उत्पादन गर्न थालिएको छ । यही बिद्युतबाट डिप बोरिङबाट पानी तान्ने मोटर र कम्प्लेसर मेशिन समेत सञ्चालन हुने गर्दछ । दिनमा घाम लागेको अवस्थामा मात्र सौर्य उर्जाबाट बिद्युत उत्पदान हुने गर्दछ । रातको समयमा भने बिद्युत नै प्रयोग गर्नु पर्ने हुन्छ । यति शक्तीशाली सौर्य उर्जाको प्रयोग गरेर खानेपानी सञ्चालन गरिएको एक नम्बर प्रदेशमा पहिलो भएको समितिका सचिव डण्डिराज घिमिरेले जानकारी दिए ।

एक नम्वर प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयबो कुल ९६ लाख ४६ हजार १९० रुपयाँ अनुदानमा रकमबाट सौर्य उर्जा सञ्चालन गरिएको हो । २०५२ सालमा स्थापना गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा २ हजार ३ सय ५० जना सदस्य रहेका छन् । सौर्य उर्जा सञ्चालन भएपछि मासिक ७० हजार ६ सय २० रुपैयाँ सस्तो हुने छ । असारको अन्तिम सातामा जडान गरेर साउनको पहिलो सातादेखि परिक्षणको रुपमा सञ्चालन गरिदै छ ।

यस अघिसम्म पटक पटक बिद्युत लोडसेडिङ हुने गरेको थियो । सामान्य हावाहुरी चल्यो की बिद्युत गाईहाल्थ्यो । यता पानी बन्द भएपछि उपभोक्तालाई समस्या हुने गरेको थियो । लामो समयदेखि यस्तो समस्या भोग्दै आएका थियौ । तर अहिले सौर्य उर्जाबाट पानी तान्ने मोटर र कम्प्लेसर मेशिन समेत चल्ने शक्तीशाली सौर्य उर्जामाले हामीलाई धेरै सहज भएको सोही नगरपालिका एकका उपभोक्ता हस्तबहादुर बस्नेतको भनाइ छ ।