वराहक्षेत्र /कर्मचारीको किचलो र डाक्टरको अभावमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको आकस्मिक लगायतको सेवा विहिवारवाट बन्द भएको छ । स्वास्थ्य केन्द्रको मेडिकल अधिकृतलाई कर्मचारीले जथाभावी आरोपलगाएर काम नगर्ने बताएको र डाक्टरद्वय अनिल गिरीको राजीनामा र अभिनाश मण्डल सरुवा भएर गए पछि ्रस्वास्थ्य केन्द्र बन्द भएको हो ।
विभिन्न कारणले गर्दा अर्को सुचना प्रकासन नभएसम्म स्वास्थ्य केन्द्र चतरामा सञ्चालित दैनिक, विहान ७ वजे देखिको रातीको ८ वजे सम्मको निःशुल्क ओपीडी र चौविस घण्टाको ईमरजेन्सी र औषधी विक्री फार्मेसी, भिडियो एक्स रे र एक्स रे सेवा विहिवारदेखि बन्द भएको सुचना गरिएको डाक्टर संंजिव चौधरीले बताए ।
बन्दसंगै औषधी सप्लाई गर्दै आएको चक्रघट्टीको संगिता मेडिकल हलले औषधी फिर्ता लगेको छ ।
हलले केन्द्रलाई दिएको १८ लाख बराबरबको अँैषधीको रकम हालसम्म नपाईएको भन्दै औषधी लान बाध्य भएको मेडिकलका सञ्चालक सुरेन्द्र साह साहुले बताए ।
चिकित्सक र कर्मचारी विचको आपसी कलहले गर्दा स्वास्थ्य केन्द्रका डाक्टर अनिल गिरी र डाक्टर अभिनाश मण्डल सरुवा भएर जाने र केन्द्र छ्ट्टिै चिकित्सक विहिन हुने भन्दै केन्दले्र बुधवार, बोलाएको व्यवस्थापन समितिको सर्वपक्षीय छलफलले सेवा बन्द हुने निर्णय गरेको डाक्टर चौधरीले बताए । विहान १० देखि सांझ ५ वजे सम्म को ओपीडी सेवा भने चालु रहने उनले बताए ।
केन्द्रका सिनियर अहेव प्रमोद राई र स्टाफ नर्ष दिपा अधिकारी द्वयको नेतृत्वमा कर्मचारीको समुहले आफु विरुद्ध मनगढन्ते आरोप लगाई वराहक्षेत्र नगरपालिकामा बुझाएको पत्रले आफ्नो मानहानि भएको केन्द्रका मेडिकल अधिकृत डाक्टर अनिल गिरीले बताए ।
केन्द्रका स्थाई कर्मचारीद्वय राई र अधिकारीसहित ल्याव टेक्निसीयन शर्मिला राई,सिनियर अनमी मेनुकला राई ,हेल्थ असिस्टेन्स चन्द्रप्रकाश खनाल,अनमी सिता श्रेष्ठ, अहेव संजिव अधिकारी ,कार्यलय सहायकहरु दिपक गिरी र जगत वहादुर बस्नेत को हस्ताक्षर भएको ९ जना कर्मचारीले वैसाख २१ गते नपाको प्रशासकिय अधिकृतलाई डां अनिल विरुद्ध विरोध पत्र बुझाएका थिए ।
सेवाग्राहीलाई सास्ती
स्वास्थ्य केन्द्र बन्द भएपछि सेवाग्राही मारमा परेका छन् ,स्वास्थ्य बिमा कार्ड बनाएको भए पनि कुनै सेवा नपाएको उनीहरुले गुनासो गरेका छन् । वडाको उदयचौकका राजकुमार राईले गर्भवतीको श्रीमती लाई जचाउन सम्म नपाएको बताए र औषधी प्राईभेट पसल वाट किनेको बताए ।
ढाडको समस्या भएकी सखुवागाछीकी नविना कटुवालले,आफुले जचाउन नपाए पनि बिमा कार्ड लाई रेफर गरिदिनु न त भन्दा पनि केन्द्रले रेफर नगरिदिएको गुनासो गरिन् । सेवाग्राहीलार्ई विचल्नीमा पारेर के गर्न खोजिएको हो ? सानो कुरा समेत समाधान गर्न नसक्ने कस्तो निरिह व्यवस्थापन समिति भन्दै स्थानियले आक्रोश पोखेका छन् ।
केन्द्रमा दैनिक एक सय बढि गृह नगर संगै उदयपुर ,धनकुटा र भोजपुर जिल्लाका सेवाग्राही आउने गरेका छन् । अहिलेको गर्मीमा भने विरामीको चाप भने अझै बढ्ने गरेको छ ।
वि.सं २०७५ साल भदौ १ गते देखि स्वास्थ्य केन्द्रहरुमा देश कै पहिलो , भनेर दावी गरिएको वर्षको ३६५ दिन, विहान ७ वजे देखि राती ८ वजे सम्मको ओपीडीलगायतको सेवा शूरु भएको हो । हामीले यस्तो विषम परिस्थति आउंन लागेको छ, छिट्टै वैठक बोलाउनु होस भन्दै पटक पटक भनेका हौं ,तर वैठक बसेन केन्द्रका अर्का डाक्टर अमृत थापाले बताए ।
किन यस्तो ? भनेर प्रतिक्रिया लिंदा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्ष हरिकृष्ण भट्टराईले, केही सदस्यहरुको असहयोगले गर्दा चाहेर पनि केही गर्न नसकिएको बताए ।