तेह्रथुम/तेह्रथुमको सदरमुकाम म्याङलुङ्ग आउने सवैको पहिलो नजर तेह्रथुमे ढाकामै जान्छ । उनीहरुले एक÷दुई वटा ढाकाका कपडा किनिहाल्छन् । हातैले बुनेका कलात्मक ‘तेह्रथुमे ढाका’ हिजो– आज तेह्रथुम जिल्लाकै पहिचान बनेको छ ।

ढाका कपडाका पारखीहरुले टाढैबाट चिन्छन तेह्रथुमे ढाकालाई । तेह्रथुमे ढाकाको बिशेष पहिचान हो कलात्मता । तेह्रथुमे ढाकामा धागो र रंगको संयोजन कलात्मक र उत्कृष्ट छ । यही पहिचानका आधारमा ढाका कपडाका पारखीहरुले टाढैबाट चिनिहाल्छन् तेह्रथुमे ढाकालाई । यही कारण तेह्रथुमे ढाका कपडा देश– विदेशमा लोकप्रिय बन्दै गएको छ ।देशका विभिन्न स्थानमा ढाका कपडा बुनिए पनि ढाका कपडाको क्षेत्रमा छुट्टै पहिचान बनाएको छ तेह्रथुमे ढाकाले । बजारमा तेह्रथुमे ढाकाको माग बढ्दै गएकाले ब्यापारीहरुले अन्य स्थानमा बुनिएका ढाका कपडालाई पनि तेह्रथुमे भनेर झुक्याउने गरेका छन् ।

यसबाट उपभोक्ताहरु ठगिएको महसुस गर्दै उद्यमीहरुले जिल्ला उत्पादित ढाका कपडामा ट्रेड मार्क (लोगो) बनाउने तयारी गरिरहेका छन् । धागो र रंग संयोजको कलात्मकताकै कारण तेह्रथुमे ढाका कपडाको ब्यापार समेत फस्टाउदै गएको छ । पुर्वाञ्चलमा मात्र लोकप्रिय तेह्रथुमे ढाका हिजो– आज देशका ठुला बजारहरुमा मात्र हैन विदेशमा समेत निर्यात हुन थालेको पराजुली ढाका कपडा उद्योगका संचालक ढंग पराजुली बताउछन । तेह्रथुमे ढाका कपडा देशका ठुल–ठुला बजार र विदेश समेत निर्यात हुन थालेको उद्यमीहरु वताउछन ।

हिजो– आज काठमाण्डौ, पोखरा, बुटवल, धरान, विराटनगर लगायतका देशकै ठुल– ठुला बजारहरुमा तेह्रथुमे ढाकाको माग बढ्दै गएको छ । तेह्रथुमबाट बार्षिक ५ करोड मूल्य बरावरको ढाका कपडा देशका विभिन्न बजारहरुमा खपत हुने गरेका छन । यसैगरी हङ्कङ्ग, युके, सिंगापुर, ब्रुनाई, भारत लगायतका देशहरुमा पनि तेह्रथुमे ढाकाको निर्यात बढ्न थालेको छ । विशेष गरी पुर्व क्षेत्रका नेपालीहरुको बसोवास रहेको देशहरुमा तेह्रथुमे ढाका कपडाको निर्यात हुने गरेको छ ।

ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठुलो टेवा पु¥याएको छ । यसबाट हजारौं महिलाले रोजागरी समेत पाएका छन् । ढाका उद्यमबाट महिलाहरुको आय आर्जनमा सुधार आएको र महिला हिसा समेत कम हुने गरेको उज्वलता ढाका कपडा उद्योगका संचालिका रुपा लिम्वुको भनाई छ । यसबाट विपन्न र असहाय महिलाहरु आत्मनिर्भर बनेका छन् । म्यालुङ्गस्थित आफ्नो उद्योग मात्र ८० जना महिलाहरुलाई रोजागरी दिएको लिम्वुले बताईन् ।

घरेलु उद्योगहरुमा काम गर्नेहरु महिलाहरुले मासिक ७ देखी ९ हजार रुपैयासम्म कमाई गर्ने गरेका छन् । यसका अलवा स्थानीयले घर–घरमा समेत घरेलु कपडा बुन्ने गरेका छन् । बजारमा तेह्रथुमे ढाका कपडाको माग यति धेरै बढे पनि माग पुरा गन नसिकिएको उद्योगीहरु वताउ छन । बजारमा तेह्रथुममे ढाकाको टोपी, साडी, कुर्ता सरवाल, पछ्यौरा, चौबन्दी चोलो, रुमाल, टप्स, स्काफ, टाई, पर्स, दौरा सुरुवाल कोट लगातयतका सामाग्रीहरु लोकप्रिय रहेको छ ।

घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा एक दर्जन ठुला र साना – तिना गरी ८ सय ९२ वटा घरेलु उद्योग दर्ता भई संचालनमा रहेका छन् । जसबाट प्रयक्ष र अप्रत्यक्ष गरी करिव ३ हजार महिलाले रोजागरी पाएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुले जनाएको छ । ‘हातैले बनाईएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय छ,। यसको बजार प्रवद्र्धन गर्न सके जिल्लालाई नै आर्थिक रुपमा समृद्ध बनाउने छ । मेसिन प्रयोग नगरी हातैले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अरु ठाउँको तुलनामा केही बढी रहेको छ टिकाउ र गुरणस्तरीयताको हिसावले सर्वोत्कृष्ट मान्निछ ।

राष्ट्रिय स्तरको औधोगितक प्रदर्शनीमा तेह्रथुमे ढाका उद्यमीहरुले एक दशकदेखी नै ह्याण्डी क्याप शिर्षकमा सर्वोत्कृष्ट उद्यमीको स्थान हालिस गरिरहे छन् । अन्य ठाउँहरुमा मेसिन प्रयोग गरी ढाका बुन्नेक्रम बढेको र तिनीहरुलाई पनि तेह्रथुमे ढाका भनि ग्रहकहरुलाई ठग्ने प्रबृत्ति बढेने प्रचलन पनि भई रहेको छ । ग्राहकहरुलाई झुक्याउने प्रबृत्ति पनि घटेको छैन ।

लिम्वू जातिको बसोवास रहेको तेह्रथुममा ढाका कपडा बुन्न थालिएको ईतिहास भने मानव सभ्यतासँगै जोडिएको पाईन्छ । शरिरलाई न्यानो राख्न लिम्वूनीहरुले कपासको धागोबाट कपडा बुन्न थाले त्यसैको विकशित रुप ढाका कपडा भएको किरात याक्थुङ्ग चुम्लुङ्ग तेह्रथुमका अध्यक्ष गण्ेश सेनेको भनाई छ । ‘पहिले– पहिले प्रायः लिम्वूनीहरुले घर– घरमा ढाका बुन्थे,’ उनले भने ‘अहिले ब्यवसायिक रुपमा सवैले ढाका बुन्न र उद्योग खोल्न थालेका छन् ।’