विजयपुर । धरान मेघा हिमालयन कलेजका विद्यार्थीलाई नेपाली सेनाको भर्ना छनोट प्रक्रिया सम्बन्धि प्रशिक्षण दिइएको छ ।
बिहीबार धरानमा नेपाली सेनाको भगवती दल गण इटहरी ब्यारेकसँगको समन्वयमा मेघा कलेजका कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई सेनाको भर्ना प्रक्रियाबारे प्रशिक्षण दिइएको हो । सह सेनानी रबिन्स रिमालले भर्ना छनोटका विषयमा सहजीकरण गरेका थिए । उनले नेपाली सेनाको ऐतिहासिक पृष्ठभूमिदेखि सेनाले गर्ने कामहरूको जानकारी पनि दिए ।
कलेजका अध्यक्ष तथा उपप्राध्यापक राजेश विद्रोहीले सेनाको भर्ना प्रक्रियाबारे विद्यार्थीलाई जानकारी दिलाउन कार्यक्रम आयोजना गरेको बताए । उनका अनुसार भविष्यमा विद्यार्थीहरु सेनामा भर्ना हुन इच्छुक हुनेहरूका लागि उपयोगी हुनेछ । कलेजका १ सय विद्यार्थीको सहभागिता थियो ।
































