काठमाडौँ । एनसेलले एनसेल एपमार्फत् दैनिक १ सय एमबी निःशुल्क डेटा दिने भएको छ ।
ग्राहकले हरेक हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्ने जनाएको छ । एनसेल एपको बाई प्याक मेनुमा गई १ सय एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्छन् । ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड वीन’ अफर पनि ल्याएको छ ।
ग्राहकहरूले साप्ताहिक रूपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन् । प्रत्येक हप्ता कुल ३ हजार चार सय १० जना ग्राहकले डेटा पुरस्कारका रूपमा प्राप्त गर्ने जनाइएको छ । जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् ।
उत्कृष्ट १ देखि १० जना ग्राहकहरूले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जीबी, ६१ देखि १ सय ६० स्थानसम्मका ग्राहकहरूले ५ जीबी डेटा प्राप्त गर्ने जनाइएको छ ।
यस्तै १ सय ६१ देखि ४ सय १० स्थानसम्मका ग्राहकहरूले १ जीबी, ४ सय ११ देखि ९ सय १० स्थानसम्मका ग्राहकहरूले पाँच सय एमबी र ९ सय ११ देखि ३ हजार चार सय १० स्थानसम्मका ग्राहकहरूले जनही सय एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन् ।
































