विजयपुर । नसरीको इटहरीबाट प्रहरीले भन्सार छलि गरी ल्याइएका लत्ता कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी १२ शान्तिचोकस्थित कोशी लोकमार्गबाट प्रहरीले भन्सार छलि गरी ल्याएको २ लाख ५७ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । बिहीबार प्रहरी चौकी खनार र सिआरभी खनारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट आइरहेको सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त कपडा फेला पारेको जनाएको हो । अवैध रूपमा ल्याइएको सामान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उक्त सामानलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।