श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत २० गते शुक्रबार, ३ अप्रिल २०२६, सिद्धार्थीनाम संवत्सर। वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि ०८ः५९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र चित्रा ०७ः३८ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः५२ बजे र सूर्यास्त ०६ः२२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले केही दुःख पनि पाइएला । दिन सामान्य बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।सुखद् समाचारले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा हौसला बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहपाठीहरूसँग भेटघाट हुनेछ।स्वार्थका लागि नजिकिनेहरू बढ्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामका चुनौती पन्छाउन निकै मिहिनेत गर्नुपर्ला। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको विश्वास गर्दा धोका हुनसक्छ। केही सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिले गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। भेटघाटकोे सुअवसर मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला।
































