विजयपुर । प्रतिनिधिसभा सभामुखको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल निर्विरोध चयन भएका छन् ।
सभामुखको निर्वाचनको तोकिएको समयभित्र (रास्वपा) का उपसभापति अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएका हुन् । अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा रास्वपाका सांसदहरू सोबिता गौतम, डा. स्वर्णिम वाग्ले र सुनील लम्साल थिए । कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ । दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । एकमात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।
































