इटहरी/पैशाको लेनदेनमा खेलिने जुवातास खेल्नेलाइ नेपाल प्रहरीले पक्राउ गर्छ । केहि बर्ष अगाडि इटहरीमा डिएसपी विनोद सर्मा हुँदा त पैशाको लेनदेनमा खेल्ने क्यारेमबोर्ड खेलाडिहरु समेत पक्राउ पर्ने गरेका थिए ।

नेपालका ठुलठुला जुवाघरको रुपमा परिचित राजधानिका क्यासिनोमा त नेपालीहरुलाइ कानुनी रुपमैप्रवेश निषेध छ । तर, नेपालमा नै केहि त्यस्ता जुवाडेहरुको संख्या बढ्दो क्रममा छ जुन कुरा न नेपाल प्रहरीको तथ्यांकमा छ ।

न त त्यस्ता जुवाडेहरुलाइ पक्रउ गरेका कुनै उदाहरण नै भेटिन्छन । त्यस्ता जुवाडेहरु हुन आधुनिक जुवाडेहरु । अझ प्रष्ट भाषामा डिजीटल जुवाडेहरु । शुचना र प्रविधिको प्रयोगमा अभ्यस्त नयाँ पुस्ताका अनलाइन जुवाडेहरु । डिजीटल जुवाबाट बार्षिक सयौँ डलर विदेशिन्छ नेपालमा बढ्दो क्रममा बिस्तार भइभएको इन्टरनेट सुविधा र नवधनाड्य नयाँ पुस्ताहरु डिजीटल जुवा खेल्छन । नेपालका कतिजनाले त्यस्तो जुवा खेल्छन भन्ने तथ्यांक त छैन ।

तर, विभिन्न डिजिटल जुवाको सूचना राख्ने विदेशी पोर्टलहरुका अनुसार नेपालमा सयौँ डिजिटल जुवाडेहरु छन । ज्ञामिङजिओन डटकमकाक अनुसार नेपालमा तीन सय हाराहारीका इन्टरनेका जुवा खेलहरु लोकपृय छन । विश्वभरका डिजिटल जुवाघरको तथ्यांक राख्ने उक्त साइटका अनुसार नेपालमा २९६ वटा जुवा खेलाँउने अनलाइन सेवाप्रदायकहरु छन ।

२९६ वटै सेवा प्रदायकले जुवाको रकम अमेरिकि डलरमा कारोवार गर्छन । डलरमा कारोवार गर्ने यस्ता साइटहरुले नेपाल बाट बार्षिक सयौँ अमेरिकि डलर विदेश पठाँउने बताँउछन इन्टरनेटका जानकार तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थी गुरु लामा कार्की । ‘सुरुसूरुमा सामान्य मोबाइल गेम खेल्ने आदत भएकाहरु पछिपछि पैशा तिरेर विभिन्न खेलहरु खेल्छन’, कार्की भन्छन, ‘सुरुसुरुमा रमाइलोका लागि खेलिने खेलमा पछि क्रमशः हजारौँ रकम खर्च गर्न पनि पछि पर्दैनन ।’

कम्युटर इन्जिनियरिङका जानकार कार्की नेपालमा सुरुसुरुमा मिग थटिथ्रि नामको साइटले अनलाइन खेलको नाममा धेरै पैशा लान्थ्यो तर पछिल्लो समय अन्य साइटहरुले पनि लान थालेका छन ।

कार्कीले भने जस्तो तथ्य भेटिन्छ ज्ञामिङजिओन डटकमको आँकडमा पनि । टप ज्ञेमिङ साइट इन नेपाल भनेर गुगल सर्चमा सुरुमै आँउने उक्त साइटको तथ्यांक अनुसार नेपालमा २७ वटा अनलाइन मोबाइल क्यासिनोहरु छन भने १८६ वटा अनलाइन क्यासिनोहरु छन ।

तिनै अनलाइन क्यासिनो मध्येको एक साइट हो रोयलपान्डा डटकम । सुरुमा निशुल्क लगइन गरेर सय अमेरिकि डलर दिने उक्त क्यासिनोले पछि क्रमशः पैशा तान्दै जान्छ । हुन त विभिन्न विजेताहरुलाइ पुरस्कार दिनेपनि उक्त साइटको नियम छ तर कुनै नेपाली नामको विजेता अहिले सम्म साइटका विजेताको सूचिमा भेट्न पाँइदैन ।

रोयल पान्डा जस्तै अर्को अनलाइन जुवाघर हो क्यासिनो रुमडटकम । अनलाइन पैशा तिरेर खेल्न मिल्ने उक्त खेलमा धेरै नेपालीहरु सहभागी हुन्छन । स्मार्ट कार्ड बाट पैशा तिरेर खेल्न मिल्ने उक्त साइट जस्तै अन्य दर्जनौँ डिजिटल जुवाघरमा दैनिक दर्जनौ नेपालीहरु व्यस्त हुन्छन । सूचना प्रविधिका जानकार तथा वेवसाइट डिजाइनर सन्तोष धमलाका अनुसार एउटा सामान्य अनलाइन जुवा खेल्नेले औषतमा एक हप्तामा पचास डलर सम्म खर्चगर्छ ।

‘पहिले पहिले मिग थटिथ्री भन्ने साइटमा ज्ञाम खेल्दा मै पनि चारपाँच सय बर्च गर्थे अहिले विभिन्न अनलाइन क्यासिनोमा यो भन्दा धेरै पैशा तिरेर खेल्नेहरु छन’, धमला भन्छन, ‘राम्रो पारिवारिक पृष्ठभुमि भएका र सहरीया युवाहरु यस्तो काममा बढि सक्रिय छन ।’आफ्नै साथि सर्कलमा तीन जना अनलाइन ज्ञाम खेलेर डलर किन्ने साथीहरु रहेको बताएका धमला नेपालमा पाँचसय हाराहारी डिजिटल जुवा खेल्नेहरु रहेका छन ।

एउटाले औषतमा सय डलर खर्च गर्दा पनि पाँच सयको संख्याका डिजिटल जुवाडे बाट पाँच हजार डलर विदेशिने देखिन्छ । एक डलरको सय नेपाली रुपैयाँका दरले पाँच लाख हाराहारी नेपाली रुपैयाँ विदेशिने देखिन्छ ।

अझ राजधानि काठमाण्डौ र पोखरा तथा धरामा भने धेरै रकमको अनलाइन जुवा खेल्नेहरु रहेको अनलाइनका जानकारहरु बताँउछन । क्यासिनो बन्द भएपछि फस्टाए डिजिटल जुवाघरहरु नेपालमा नेपालीहरुलाइ क्यासिनो प्रवेशमा कानुनतः रोक लगाइएको छ । दोश्रो जनआन्दोलन पछि बनेका सरकारले नेपालीलाइ क्यासिनो जान बन्देज लगाएको हो । राजधानिका क्यासिनोमा जान नपाएपछि अनलाइनमा भिजेकाहरु क्रमशः डिजिटल क्यासिनोमा प्रवेश गरेको देखिन्छ । विश्वभरका क्यासिनोहरुको लगत राख्ने ज्ञामिङजिओनको एक आलेखले पनि यहि कुरा बताँउछ ।

‘नेपालका आफ्नै अनलाइन क्यासिनो घरहरु छैनन र अवैधानिक रुपमा खोलिएका भुमिगत अनलाइन् क्यासिनोमा जान नेपालीहरुलाइ असुरक्षित छ’, उक्त साइटले नेपालका अनलाइन क्यासिनो सिर्सक अन्तर्गतको जानकारी दिदै लेख्छ, ‘लुटपाट, बलात्कार तथा हत्याको लामो ऋङखलापछि नेपालीहरु तथा नेपालका विदेशीहरु क्रमशः विदेशी भुमिबाट संचालित सय बढि अनलाइन क्यासिनोहरुमा दोहोर्याएर धाँउन थाले ।’

नेपाललाइ दक्षिण एसियाको सबैभन्दा पुरानो जुवाको राजधानि समेत भनेर लेखेको ज्ञामिङजिओनकै लेखमा नेपालमा बढेका इन्टरनेट क्याफि र इन्टरनेटको सुविधाले अनलाइन जुवामा व्यापक वृद्धि भएको बताइएको छ । नेपालमा संगठित रुपमा अनलाइन क्यासिनो संचालनमा नभएपनि व्याक्तिगत रुपमा यसको प्रयोग व्यापक बढेर गएको देखिन्छ । डिजिटल जुवाको कुनै कम्प्लेन आएको छैन ः प्रहरी तास, कौडा र पैशाको लेनदेनमा खेलिने विभिन्न जुवाजन्य खेल खेल्दा पक्रने प्रहरीले डिजिटल जुवा खेलेको पाइए पनि समात्ने बताँउछ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक नरेश सुवेदी डिजिटल जुवा खेल्नेहरु साइबर कानुन, जुवातास तथा ठगि मद्धामा तानिने बताँउछन ।

‘जब कुनै खेलमा पैशाको अनावस्यका मोलमोलाइ भएर कारोवार हुन्छ तव त्यो स्वतः जुवाजन्य खेलमा तानिन्छ’, प्रहरी नायब उपरिक्षक सुवेदी भन्छन, ‘अनलाइमा जुवा खेल्ने वा अनलाइन क्यासिनोमा व्यस्तहरुलाइ भेटिएमा हामी पक्रेर कानुन अनुसार सजाय दिन्छौँ ।’गैरकानुनी रुपमा विदेशबाट संचालित जुवा खेल्नेहरु मुद्रा अपचलन गर्ने कानुनमा पनि तानिले कानुनका जानकारहरु बताँउछन ।

जुवा खेल्नेको बारेमा बनेका कडा कानुनी व्यवस्था र साइबर अपराध केश हेर्ने प्रहरीको छुट्टै युनिट हुँदाहुँदै कुनै पनि डिजिटल जुवाको बारेमा कम्प्लेन नआएको प्रहरिको भनाइ छ ।

‘जुवाजन्य खेल गैर कानुनि हो जसमा अनलाइन जुवा वा डिजिटल जुवा पनि पर्छ तर यस बारेमा इटहरीमा कुनै कम्प्लेन आएकै छैन’, इटहरीका लोकप्रृय प्रहरी प्रमुखसुवेदी भन्छन, ‘कतैबाट कम्प्लेन आएमा वा त्यस्तो भेटिएमा कानुन अनुसार कारवाहि गर्न इटहरी प्रहरी तयार छ ।’