श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १९ गते बिहीबार, २ अप्रिल २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको पूर्णिमा तिथि ०८ः०२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र हस्ता ०५ः५३ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः५३ बजे र सूर्यास्त ०६ः२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अरूको विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आलोचकहरू बढ्नेछन् भने विवादले समस्या निम्त्याउन सक्छ। तापनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। लाभ उठाउन निकै होसियार रहनुपर्ने समय छ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। कामबाट धनलाभ हुनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ। तापनि नयाँ योजनातर्फ अग्रसर भइनेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार, कृषिकर्म तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।बेलामा होस नपु¥याउँदा समस्या पर्ला।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू समय रहेको हुँदा सजग रहनुहोला।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखार आउनेछ।