नेपालमा भएका १२४ जातिमध्ये एक र ५९ जनजातिमध्ये सर्वसम्पन्न जनजातिभित्र पर्ने नेवार नेपालभरि छरिएर रहेका छन् । बहुसङ्ख्यक अन्य जातिहरूले र स्वयं यही जातिले पनि आपूmलाई नेवारका रूपमा पहिचान गराउने भए पनि ऐतिहासिक कालखण्डमा नेपाः देशमा बसोबास गर्ने नेवाहरू नै आजका नेवार हुन् ।

नेपाः देश आजको काठमाडौँ उपत्यका हो । हाल काठमाडौँ उपत्यकाबाहिर जुनसुकै जिल्ला, शहर वा गाउँमा रहेका भए पनि नेवार जातिको उŒपत्ति काठमाडौँभित्रै भएको हो भन्ने कुरा विभिन्न ऐतिहासिक तथ्यहरू र हरेक नेवार जातिको वंशावलीमा मूल पुरुष काठमाडौँ उपत्यका र यस वरपरका हुनुले पनि प्रमाणित गर्दछ । राई, लिम्बू, तामाङ, मगर, गुरुङ, थारु आदिको पुख्र्यौली थलो क्रमशः खम्बूवान, लिम्बूवान, ताम्सालिङ, मगरात, तमूवान, थारुवान भएभैmँ नेवारहरूको नेवाः राज्य उपत्यका र वरपरको स्थान हो । यसरी नेवारको आदिस्थान काठमाडौँ उपत्यका भएपछि काठमाडौँमा चाहिँ कहाँबाट आए भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यस सम्बन्धमा विभिन्न इतिहासकारहरूले अनेक तर्क गरे पनि अधिकांश इतिहासकारहरूले नेवार जाति काठमाडौँ उपत्यकाकै भएको स्वीकार गरेका छन् । लेख्नेहरूले भारतको कर्नाटकाका नैय्यर जातिको हाँगो नेवार भएको अथवा युरोपको निपोल्स जातिको हाँगा नेवारसँग जोडिएको पनि लेखेका छन् । यिनीहरूबीच शाब्दिक समरूपतासम्म छ । कर्नाटकको नैय्यर वा युरोपेली निपोल्ससँग नेपालका नेवारहरूको गोरु बेचेको साइनोसम्म छैन । प्रताप मल्लले आप्mनो वंशलाई विशेष देखाउन दक्षिण भारततिर आप्mनो पुख्र्यौली देखाए पनि उनका बाजे जयस्थिति मल्ल नेपालकै तिरहुतबाट डोला गरी भित्र्याइएका थिए । यही मपाईंत्वको रोग नेवारहरूमा छ । नेवार काठमाडौँ उपत्यकाकाकै भूमिपुत्र हुन् । काठमाडौँ उपत्यकामा आगमन गर्ने प्राचीन किरात, लिच्छवी, मल्ल वंशहरूको घोलबाट उत्पत्ति भएको हो– नेवार । यो घोलमा खस वा आर्यहरूको धारसमेत परेको भए पनि मूलप्रवाह भने किरात नै थियो र छ । यसका प्रमाण नेवारी भाषा भोट–बर्मेली परिवारको हुनु, नेवारी लिपि, भोटे लिपिभैmँ लाग्नु, समग्र नेवार जातिकोे शारीरिक बान्की, सगुन प्रयोगमा रक्सी प्रचलन गर्नु आदि छन् । शाहवंशीय राजा पृथ्वीनारायण शाहले उपत्यका हत्याउनुअघि त्यहाँ बसेका अभिजात वर्ग, मध्यम वर्ग, निम्न वर्ग (ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र) लाई नेपाः राज्यका वासी नेवाः भनिन्थ्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौँ उपत्यका हत्याएपछि ती समग्रलाई नेवार भनियो र यही अहिलेसम्म पनि चल्दै आएको छ । यसरी काठमाडौँ उपत्यकामा उत्पत्ति भएका नेवारहरू नेपालभरि कसरी र किन छरिए त भन्ने जिज्ञासा हुनु स्वाभाविक छ । खस ब्राह्मणहरू नेपालभरि छरिनुमा पहिलो त हिन्दू धर्म प्रचार–प्रसार गर्नु मुख्य कारण रहेको छ भने दोस्रो कारण केन्द्रीय शासनको स्थानीय प्रतिनिधि भई हर्ताकर्ता हुनु हो । हिन्दू वर्ण व्यवस्थामा दलितभित्र राखिएकाहरू नेपालभरि छरिनुमा सम्बन्धित पेशाको सेवा उपलब्ध गराउने कर्तव्य रहेको देखिन्छ तर नेवार नेपालभरि छरिनुमा दुईवटा कारण देखिन्छन् । पहिलो, वि.सं.१८२५ पछि उदीयमान शाहवंशीय शासनले मल्ल राजाहरूका विश्वासपात्र, हर्ताकर्ताहरूलाई अनावश्यक शंकाको घेरामा राख्नु, विभिन्न कपोकल्पित आरोप लगाई उनीहरूलाई दुःख दिनु आदि कारणले आजित भएका नेवारहरूले उपत्यका छाडी नेपालका दुर्गम पहाडी भेगमा (लुकेर) खेती गर्दै शान्तिपूर्ण जीवन बिताए । दोस्रो कारण, तत्कालीन शाहवंशीय प्रशासन र सुरक्षामा नेवारलाई राख्दा तख्ता पलट हुने सम्भावना देखेर उनीहरूलाई त्यसबाट वञ्चित गरियो र नेवारहरूले अर्थोपार्जनको बाटो व्यापार मात्र भेटे । अतः सोही बाटोअनुसार नेपालका व्यापारिक केन्द्रमा रहेका स्थानहरूमा नेवारको पुस्तैनी उपस्थिति रहन थाल्यो । विविध प्रकारका सामाजिक कार्य गर्दै आएका तत्कालीन उपत्यकावबासीहरूलाई पृथ्वीनारायण शाहको शासनले एउटै नेवारभित्र हालिदियो । यसैअनुसार अन्य जातिले पनि नेवारलाई लिने गर्दछन् । तर नेवार जातमात्र नभएर एउटा राष्ट्र हो । त्यसैले नेवारभित्र ‘जनै लाउनेदेखि सनै बजाउने’ सम्मका ऐतिहासिक जातहरू पर्दछन् । मानव जन्मदेखि मर्दासम्म नै गरिने कर्मअनुसारका विगत बोकेका नेवारहरू छन्, जुन कुरा अन्य जातिमा पाइनु असम्भव नै देखिन्छ । जस्तो– हाल दार्जिलिङमा रहेका प्रवासी नेपालीहरू गोर्खाली भनेर चिनिन्छन् । ती एक प्रकारका जाति मात्र हैनन्, यो स्थान विशेषको पहिचान हो । ठीक त्यसरी नै विगतका एक स्थान, राष्ट्र, राज्य विशेषज्ञ सबै तह र तप्काका बासिन्दाको सामुहिक पहिचान नेवार हो । तसर्थ राई, लिम्बू, मगर, गुरुङ, थारुजस्तो सहज बनोटको जाति नेवार होइन । यति हुँदाहुँदै पनि नेवार जातिलाई एउटै धागोमा बाँध्न सक्ने विभिन्न बलिया आधारहरूको भने अभाव छैन । जस्तो– इही विवाह, एउटै भाषा, नाक नछेँड्नु (महिलाले), दुई ठाउँ टीका थाप्नु, ढोग्ने तरिका, गुठी प्रथा, म्हः पूजा आदि । यस्ता व्यवहार र प्रचलनले नेवारलाई एकतामा आबद्ध गर्दछन् । चाहे ऊ हिन्दू होस् वा बुद्धिष्ट, अभिजात होस् वा तल्लो श्रेणीका, किसान वा अफिसमा काम गर्ने होस् । करीब २ सय वर्षअघि फ्रान्सका राजदूत डि. सिल्वाद्वारा लिइएको नेपालको जनसङ्ख्याको तथ्याङ्कमा नेवार जाति तेस्रो स्थानमा थियो तर आजको तथ्याङ्क अर्कै छ । अहिले नेपालको कुल जनसङ्ख्याको ६ प्रतिशत मात्र नेवार जाति छन्, जुन ११ औँ स्थानमा पर्दछ । यसरी नेवारको जनसङ्ख्या क्रमशः घट्दै र पछि पर्दै जानुमा राज्यद्वारा प्रदान गरिने संरक्षणको कमी र आपसी मेलमिलाप दह्रो नहुनु पनि हो । त्यसमाथि ‘नेवार बिग्रियो भोजले’ भन्ने त उखान नै छ । मूलतः नेपाली समाजमा ताकाधारी र मतवालीका दुई भेद छन् । नेवार मतवाली तहमा परे पनि सो तहमा नेवारहरूले दह्रो खुट्टा टेक्न नसकेको देखिन्छ । ठीक यसरी नै ताकाधारीको तहमा उक्लन पनि नसकेको÷नदिइएको भान हुन्छ । तीन दशकअघि भएको जनजातिको भूमिगत समन्वयात्मक सङ्गठन ने.से.ता. म.गु.रा.ली. मा केही काल नेवारलाई राखेर पछि वञ्चित गरी से.ता.म.गु.रा.ली. को चहलपहल रहेको थियो । तसर्थ मतवालीले देख्दा बाठो जाति हो नेवार तर ताकाधारीले देख्दा मतवाली हो नेवार । यस्तै द्विविधा नेवारप्रति अन्य जातिमा रहेको छ । नेवारभित्रै पनि यो द्विविधा रहेको पाइन्छ । द्विविधा रहेको जाति वा सङ्गठनको न प्रष्ट लक्ष्य हुन्छ, न लक्ष्य प्राप्त गर्ने कार्यक्रम । ठीक यही अवस्थामा छ, नेवार जाति । शाहवंशीय शासकहरूले काठमाडौँमा आप्mनो शासन चलाइराख्न नेवार जातिलाई कमजोर बनाउन मनोवैज्ञानिक प्रहार गरे । जस्तो– ‘पारि भित्तामा स्याल करायो, घ्याम्पाभित्र पसेर तीन लिँड हग्यो तर डराउन त डराएन, बाबु दुष्ट र नेवार इष्ट हुँदैन, न केराको थाम ताप्छ, न नेवार तात्छ’ आदि उखानहरू । नेवार साँच्चै डरछेरुवा भएका भए पृथ्वीनारायणले कीर्तिपुरमा १७ पटक आक्रमण गर्नु पथ्र्यो ? इन्द्रजात्राको दिन राति मातेर सुतेका उपत्यकावासीलाई मध्यरातमा आक्रमण गर्नु पथ्र्यो र ? यी सबै इतिहासका कुरा भए पनि यो २५० वर्षको हाउगुजी र मनोत्रासको भने दलित दाजुभाइहरूलाई भैmँ नेवारहरूलाई पनि अद्यावधि छोडेको छैन । अबको नयाँ नेपालको सन्दर्भमा नेवारहरू पनि नयाँ ढङ्गले अघि बढ्नैपर्ने हुन्छ । इतिहासमा उपत्यकावासी भए पनि वर्तमानमा जो–जो जुन स्थानमा छौँ, जहाँ–जहाँको माटोले हामीलाई मातृत्व दिएको छ, सोही भूमिको गुनगान गाउनु, भलो सोच्नु र कर्तव्य पूरा गर्नु हाम्रो धर्म हो । अतः हामी लिम्बू होइनौँ तर लिम्बूवानमा हामी बस्छौँ भने हामी लिम्बूवाने नेवार हौँ । खम्बूवानमा बस्छौँ भने खम्बूवाने नेवार हौँ । त्यसरी नै ताम्सालिङे, मगराते, तमूवाने, जडाने, खसाने, थारुवाने आदि नेवार हौँ । हामीले हाम्रा जात्रालाई जस्तै धाननाच, चण्डिनाच, च्याब्रुङ नाच, हुर्रा नाच, रोदी, कौडा, देउडा जहाँ जुन लोकसंस्कृति छ, त्यसलाई आत्मसात् गर्नैपर्छ । तत्तत् ठाउँका भूमिपुत्रसँग कुममा कुम जोडेर हकहित र अधिकारको लडाइँ लड्नैपर्ने हुन्छ । उपत्यकाको राप खोजेर हुँदैन । यति गर्नका लागि हिजोको जनै र सनै बिर्सनैपर्छ । विगतका कार्यअनुसारको थरलाई इतिहास मात्र मान्नुपर्ने हुन्छ । खुट्टा तानातानभन्दा एकले अर्कोलाई मौका दिनुपर्छ । हामी नेवार जाति भाषा, संस्कृति, धर्म, भेषभुषा, खानपिन, रीतिरिवाज र आर्थिक रूपमा धनी छौँ भनेर हिजोको ब्याजले आजसम्म त चल्ला तर भोलिका सन्तानको समृद्धिका लागि नेवारले सचेत हुनैपर्छ । वर्तमान सन्दर्भमा अन्य जाति–जनजातिले भैmँ आप्mनो जीवन अवधिभर उपभोग र संरक्षण गर्न रचनात्मक सङ्घर्ष गर्नैपर्ने हुन्छ । विनालक्ष्य र विनाआधारको भेला, जमघट र अरूको भरिया मात्र भएर नेवारहरूको भलाइ हुने छैन । ‘फुटाऊ र राज गर’ जस्ता नीतिलाई एक–अर्काको विश्वासले असफल बनाउनुपर्ने हुन्छ । बुद्धम् शरणम् (बुद्धिको शरणमा), धर्मम् शरणम् (धर्म तथा नैतिकतामा), संघम् शरणम् (सङ्गठनको शरणमा) नेवार आउनैपर्ने हुन्छ । यसैअनुसार सङ्घ–संस्था र समाज निर्माण, सोहीअनुसारको लक्ष्य बनाउँदै अघि बढ्दा मात्र भावी पुस्ताको समग्र विकास गर्न सक्ने छौँ, अन्यथा ‘नेवार बिग्रियो भोजले’ उखान चरितार्थ भइरहने छ ।