विजयपुर/सामान्य श्रम गरेरै मनग्य पैसा कमाउने सपना देख्नेहरुको जमात खोज्न हामीले कतै जानु पर्दैन । सके सम्म अफिसको कोठा भित्र बसेर पैसा कमाउन खोज्नेहरु अन्तिममा खाडि मुलुक गएर श्रम गरिरहेको उदाहरणत हाम्रो समाजमा प्रसस्त छन् । तर साँझपख सडकका किनार र ब्यस्त बजारमा हुने गरेका ठेला ब्यापारलाई धेरैले होच्याएरै हेर्ने र भन्ने गर्छन । [caption id="attachment_20824" align="alignnone" width="1024"]sarm तस्बिरः उपेन्द्र चाम्लिङ[/caption] तर सामान्य कामलाई काम नमान्ने र एकैपटक धेरै आम्दानी खोज्ने हरुको लागि निकै गतिलो उदाहरण हुन थालेका छन् ठेलामा ब्यबसाय गर्ने हरु । खासगरी साँझपख चटपटे,अण्डारोल , चाउमिन,मःम ,चिया जस्ता खाजा आइटम बिक्री गर्नेहरुको दैनिक अहिले आर्थिक रुपमा निकै सुखमय देखिन्छ । उनीहरुले एक साँझमा ब्यापार गरेरै मासिक ३० देखि ८० हजार सम्म आम्दानी गर्ने गरेका छन् । पहिले पहिले मधेशी समुदायका युवाहरुमात्र चटपटे तथा खाजाहरु बेच्न सडकमा निस्कने गरेका थिए । पछिल्लो समयमा बिदेश बाट फर्किएर आएका पहाडी समुदायका युवाहरुपनि यो पेशा रोज्न थालेका छन् । अहिले पुर्बका शहर हरुमा मात्र हैन गाउ गाउमा पनि यस्ता एक साँझमा चल्ने पसलहरु सञ्चालन हुन थालेका छन् र युवाहरुले यसबाट निकै आम्दानी गरिरहेका छन् । धनकुटाको मारेककटहरे गाबिसका अमर बिष्ट तिनबर्ष अगाडि रोजगारिका सिलसिलामा कतार पुगेका थिए । तर आफुले काम गर्ने कम्पनिले गएको तिन महिना पनि बित्न नपाउदै निकै दुख दिएपछि उनी साथीभाईसँग पैसा सापटी मागेर नेपाल फर्किए । ऋण गरेर बिदेश गएका उनले गाउमा आफ्नु अनुहार देखाउन सक्ने हिम्मत भएन । उनी काठमाण्डौबाट घर नआउने बिचार गरे तर आफुसँग खर्च नभएको खानका लागि समेत समस्या परेपछि उनी बिरक्त भएका थिए । काठमाण्डौको रन्तपार्कमा रटपटे र अन्डारोल बेच्नेहरुबाट प्रभाबित भएर आफुपनि धरान आएर ठेलामा ब्यापार गर्न थालेको उनी सुनाउछन् । सुरु सुरुमा त निकै लाज लाग्यो अमरले भने –तर जब दिनको एक हजार जस्तो बचत हुन थाल्यो लाज त कहाँ हरायो कहाँ । काठमाण्डौमा भन्दापनि पुर्ब तिरै चडपटे बेच्ने सोचले आएका उनी इटहरि र धरानमा चटपटे बेच्ने गरेका छन् । चटपटे,अण्डारोल जस्ता खाजाका आइटमहरु बेच्ने गरेको छु बिष्टले सुनाए । उनले इटहरिमा सानीमाका छोरालाई चलाउने ठेक्का दिएका छन् भने धरानका चौक चौकमा आफै बेच्दै हिड््ने गरेका छन् । तिन बर्षको अबधिमा उनले सुन्दर दुलारिमा १६ धुरको घडेरि किनेका छन् अब उनको घर बनाउने सोच छ । उनले आफुजस्ता युवाहरुले पनि बिदेशमा मात्र पैसा कमिने भ्रम पाल्न नहुने बताउछन् । बिदेशमा गएर अर्काको चर्पि सफा गर्न तयार हुने हामीले यहाँ सम्मान जनक काम गर्न सकिन्छ बिष्टले सुनाए । सप्तरीको शम्भुनाथ गाविस–३ का मदन कुमार साह धरान आएको सात बर्ष भयो । सातबर्ष देखि उनीे चना चटपटे बेचेरै ६ जनाको परिवार चलाउँदै आएका छन् । सानै उमेरदेखि चना चटपटे बनाएर बेच्ने गरेका ३० वर्षीय साहले अहिले राम्रो सँग परिवारको गुजारा चलाईरहेका छन् ।उनी भन्छन् कामको सम्मान गर्न सके कम पुँजीमा पनि राम्रोे घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ बिदेश जानै पर्दैन । बुवा चन्देश्वर साहसँगै इटहरिकमा १९ वर्षकै उमेरदेखि चना चटपटे बेच्ने सुरु गरेका साहले सुरुमा तरहरा,बक्लौरि जस्ता गाउमा पैदल हिँडेर चना चटपटे बेच्दै आएका थिए । आफैले व्यावसायिक रूपमा चना चटपटे बेचेर अहिले सम्ममा १० लाख भन्दा बढी पुँजी तयार गरिसकेको साह ले निर्धक्क बताए ।साधारण लेखपढ मात्र गर्न जानकी धरान १५ निराजन बस्तिकी कमला लिम्बुले पनि ठेलामा खाजा बेचेरै परिवार चलाएकी छिन् । श्रीमानले दोश्रो बिबाह गरेर हिडेपछि दुई छोरिलाई पढाउन र ऋण तिर्न आफुले ठेला भाडामा लिएर खाजा बेच्न थालेको उनले बताइन । सुरु सुरुमा सेउती खोलामा गएर गिटि कुटे तर खान पुगेन उनले बिगत सम्झदै भनिन् दुइ बर्ष भयो ठेलामा खाजा बेच्न थालेको परिवार राम्रै चलेको छ दुइलाख जस्तो बचत पनी गरेकी छु उनले सुनाईन ।यसरि कामगर्नेहरुको अनुभब उत्साहलाई हेर्ने हो भने बिदेश गएर कमाउनेहरुको भन्दा राम्रो प्रगति गरेका छन् उनीहरुले । यसरि काम गर्दा सुरु सुरुमा अलि हुने खानेहरुले निकै हेपेर ब्यबाहार गर्ने गरेको कमलाको अनुभब छ । बिस्तारै बिस्तारै उनीहरुले ब्याजमा पैसा सापटी माग्न आउने गरेको उनले बताइन । जुन कामगर्दा अलि होच्याएर ब्यबाहार गर्ने हरु बिस्तारै बिस्तारै नभएको नातापनि जोडेर पैसा सापटी माग्न आउछन् उनले आफ्नो अनुभब सुनाइन । पैसा कमाउन आफ्नो दक्षता अनुसारको काम गर्नु पर्छ कामलाई ठुलो सानो भनेर हेरिन नहुने उनीहरुको साझा भनाई छ ।निम्न आयस्तर भएकाहरुले यसरिनै सम्पन्न हुने गरेको धेरै उदाहरणहरु हाम्रो समाजमा छन् । सडक मै भएपनि राम्रै खाजा बिक्री हुने गरेको बिष्लेशण गर्न सकिन्छ । धरानको भानुचौकमा साँझ पुग्ने हो भने निकै सम्पन्न्न ब्यक्तिहरुपनि त्यहाँको खाजा खान आईरहेका देखिन्छन् । यहाँ पाउने खाजा ताजा र सस्तो हुन्छ डल्फिन उच्च माबिका भाइस प्रिन्सिपल बिशाल राईले भन्छन् ‘यहि खाजा होटलमा खाइयो भने सय रुपैया तिर्नु पर्छ यहाँ ४० रुपैयामा खाइन्छ ’। उनको बुझाईमा यो निकै राम्रो हाताहाती कारोबारहुने ब्यबसाय हो । यसलाई बसपार्क र सडकमा भन्दापनि उपमहानगरपालीका वा समन्धि निकायले ब्यबस्थित बनाउन पहल गर्नु पर्छ । यो सँगै ठेलाहरुलाई आधुनीकीकरण गर्न सके अझ राम्रो हुने राईको भनाई छ ।सम्पन्न हुनलाई लाज र शरम भन्दापनि परिश्रम चाहिने सन्देश त्यहाँ खटिने हरुले दिइरहेका छन् यसको बेरोजगार युवाहरुले अनुशरण गर्दा राम्रो नै हुने देखिन्छ ।