केही दिनअघि राजधानीको नेपाल कला परिषद्को भवनमा फरक धार र वादका दुई छुट्टाछुट्टै बृहत् कला प्रदर्शनीहरु भए । उक्त ग्यालरीको पहिलो, माथिल्लो तलामा कलाक्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै ख्याती कमाएकी कलाकार प्रमिला गिरीको आधुनिक कला प्रदर्शनी चल्यो भने दोस्रो तलामा अन्तर्राष्ट्रिय स्तरको पानीचित्रको कला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको थियो ।
गिरीले आप्mनो कलामा मूर्तिकला र चित्रकलालाई एकअर्कामा प्mयुजन गराएर आप्mनो मौलिक प्रस्तुति प्रदर्शन गरेकी थिइन् । उनका कतिपय चित्रहरुले भैरव, नारी र नेपाली संस्कृतिलाई प्रतिनिधित्व गर्छन् । विशेष ‘तेस्रो नेत्र’ शीर्षकको कला उनको चर्चित र प्रख्यात कला हो । यस्तै उक्त भवनको तल्लो तलामा पानी रङ्गका दृश्यवादी चित्रकलाहरु प्रदर्शन गरिएका थिए जसमा नेपाललगायत उनन्चालीस देशका कलाकारहरु सहभागी थिए, जहाँ धरानका कलाकार पनि सम्मिलित थिए ।पानी चित्रकला माध्यम कला सिर्जनाको एक सशक्त र उत्कृष्ट माध्यम हो जसमा रहेर कला सिर्जना गर्नु भनेको निक्कै कठिन काम हुन्छ । कठिन कुन अर्थमा भने यसमा चाँडोचाँडो तुलिका चलाउनुपर्छ र चित्र छिट्टै बनिसक्नुपर्छ । प्रकृति र परिवर्तित वातावरणीय प्रभावको असर यस्ता कलामा छाइसक्नुपर्छ । ताजापन र पानी अनुभूति दिलाउने यस खाले कला आधुनिक कलाको तुलनामा धेरै अघि विकास भएर आएको हो । इतिहास बोकेर आएको यो कला आजसम्म पनि विश्वभरि छाउँदै आइरहेको छ । नेपालमा पनि यसको प्रयोग अद्यावधि कायम नै छ ।वास्तवमा कला मानव सभ्यताको सूचक भएकाले पनि सभ्यता बाँचुञ्जेल कुनै पनि सिद्धान्त र कलाका वादहरु बाँचिरहन्छन्, मर्दैैनन् । मानव सभ्यताको उद्गमकालदेखि नै कला जोडिएर आएकाले मानव सभ्यतासँग यसको नाता गहिरो छ । यो संसार रहेसम्म कला जीवित रहन्छ । चित्रकलाको इतिहास त झन् ढुङ्गेयुगबाटै शुरु भएको हो जसको प्रमाण आज पनि अल्तानियरको गुफामा देख्न सकिन्छ ।शिकारी युगका मानव जातिले दिन बिताउने र शिकारका लेखाजोखा गर्ने माध्यम हो– चित्रकारिता विधा ।
भनिन्छ– चित्रकला त्यो विधा हो, जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको छ । कलाको सम्बन्ध मानिसको जीवन र जगत्सँग अन्योन्याश्रित रहेको हुन्छ । विश्व मञ्चमा यो विधा साहित्य, सङ्गीत, कला र कलाका अन्य विधाहरुभन्दा उच्च र जेठो विधाका रुपमा प्रतिष्ठित छ ।संसारले चित्रकला विधालाई विश्वभाषा मान्छ । कारण, यसलाई बुझ्न र बुझाउन कुनै पनि देशको स्थानीय भाषाको आवश्यकता पर्दैन । यसको औचित्य दृष्टिगोचर भएर नै पूरा हुने हुँदा दृष्टि अनुभूतिबाट नै आनन्दको पराकाष्ठामा पुगिन्छ । केन्नेथ क्वार्क भन्छन्– ‘कला सम्पूर्णतः हाम्रा ज्ञान, हाम्रा स्मृति र हाम्रा सम्बन्धहरुसँग सम्बन्धित छ ।’ यस्तै कलालाई क्रोचेले मनःसृष्टि वा अन्तज्र्ञान मानेका छन् । जे होस्, मानव विकासपश्चात् साङ्केतिक बाटोबाट रेखाङ्कित रुपमा शब्द र भाषामा प्रतिस्थापित हुँदै आएको यो विधालाई भौतिक, अभौतिक, आध्यात्मिक र दर्शनको सुन्दर अभिव्यक्ति गर्ने माध्यमका रुपमा आज विश्व जनमञ्चले स्वीकारेको छ । राफेल, भेनगाग, डाली, पिसारो, लियानार्दो दा भिञ्ची, पाब्लो पिकासो, मोने, माने, दोमियर, कुर्बे, कान्दस्की, विलियम डि कनिङ, ज्याक्सन पोलक आदि विश्व प्रसिद्ध कलाकारहरु यस क्षेत्रका पिता हुन् । यिनीहरुका कलाकृतिले युग बोलेका छन् । त्यसैले यिनीहरुका कृतिहरुको आर्थिक मापन हुन सक्दैन भनिन्छ । किन त ? विश्वमा स्थापना भएका नौलानौला सैद्धान्तिक मान्यताभित्रका प्रक्षेपित विविध वादहरुको आविष्कार र ऐतिहासिक सामाजिक पृष्ठभूमिको अवशेषको चित्राङ्कित अवस्था नै यिनीहरुका ऐतिहासिक कलाकृतिहरुको मूल्य आँक्न नमिल्ने अवस्थाहरु हुन् । मूलतः वादहरुको स्थापना, कृतिको गरिमा र वैभवता नै कृतिहरुलाई आर्थिक मूल्यविहीनताको धरातलमा टेकाइराख्ने सम्मानित अवस्थाहरु हुन् ।
परम्परागत मान्यतालाई उल्लङ्घन गरेर कुर्बेले अपनाएको नवकलाशैली स्वतन्त्रताले आधुनिक कला बीजारोपणको मार्गलाई प्रशस्त गरेका थिए । एडुवाई माने त आधुनिक कला आन्दोलनको प्रभाववादी शैलीका महान् अगुवा नै हुन् । यस्ता धेरै कारणहरु छन् जसले कलाकारहरुका कलाकृतिहरुलाई विश्व सम्पदाका रुपमा परिभाषित गर्न सघाउ पु¥याएका छन् ।प्रथम र दोस्रो विश्वयुद्धको विभिषिकाले जन्माएका सांसारिक द्वन्द्वको निराशाबाट प्रभावित पाब्लो पिकासोको ‘गोर्निका’ चित्रकृतिले युद्धका उन्माद र लिप्साहरुप्रति चोटिलो व्यङ्ग्य कसेकोले ‘गोर्निका’ समाजका निमित्त विश्व सम्पदाका रुपमा प्रतिष्ठित छ । भेनगागको ‘सन प्mलावर’ र नौला दृश्यचित्रहरु पुरातन कलाशैलीप्रतिको सैद्धान्तिक मान्यताविरुद्ध जन्मिएको प्रभाववादको मूल उपज भएका कारणले नै आज उनका कृतिहरु आर्थिक मूल्यको सीमा तोक्न नमिल्ने र तोकिए पनि उपल्लो स्थितिमा रहेको छ । त्यस्तै लियोनार्दो दा भिञ्चीको ‘मोनालिसा’ चित्रकृति, कलाकौशलमा देखिएको अति यथार्थवादी सोचको नौलो आविष्कार भएका कारण यो महत्वपूर्ण बनेको हो । ‘मोनालिसा’ कृतिले पोट्रेटको संसारमा नौलो जागरण ल्याइदिएको कारणबाट नै यस कृतिको महिमा कलाक्षेत्रमा निरन्तर गाइन्छ र हिजोआज त झनै गाइँदैछ । विगत र वर्तमानका विश्व प्रसिद्ध धेरै कलाकारहरुमध्ये म्याथिस गु्रनेवाल, लियोनार्दो दा भिञ्ची, राफेल, क्लाउड मोनेट, माने, डाली, भेनगाग, रोजर फ्रे, गोगा, सेजाँ, कान्दस्की, पल ली, पिकासो, ब्राक, ज्याक्सन पोलक, भारतका एमएफ हुसैन, लक्ष्मण श्रेष्ठ, नेपालमा शशी शाह, मनुजबाबु मिश्र, उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, किरण मानन्धर, प्रमिला गिरी, वत्स गोपाल वैद्य, विजय थापा, शशीकला तिवारी, रागिनी आदि कलाकारहरुका कृतिले आधुनिक कलाको नवशैली, मान्यता र नौलो जागरणलाई आत्मसात् गर्दै क्रमशः नौलो सैद्धान्तिक वाद स्थापित गरेका र गर्ने प्रयत्न गरिरहेकाले नै यिनहरुका कृतिहरु आज विश्व बजारमा बहुमूल्य र संरक्षित बनेका र बन्दै गएका हुन् । कलाको मूल्य हुँदैन भन्नुको कारण पनि यही हो ।
यस कुरालाई पश्चिमाहरुले बेलैमा बुझेका थिए । त्यसैले यस क्षेत्रमा उनीहरु हामीभन्दा धेरै अघि बढेका हुन् ।समसामयिक कलाको विकासका क्षेत्रमा हामी उनीहरुभन्दा झण्डै सय वर्ष नै पछाडि पर्छौं । पश्चिमी देशहरुमा आधुनिकता र नवप्रयोगको प्रक्षेपण हुँदै सफलता हात पर्दा नेपालीहरुका कृलाकृति दैवी वर्णन, प्राकृतिक प्रविधि र वंशाणुगत मौलिक अनुभूतिमा नै केन्द्रित रहेकाले पनि समसामयिक कला चेतना र विकासका पक्षमा यस्तो निरिहता छाएको हुनसक्छ । जबजब त्यहाँ आधुनिकताको प्रयोग र व्यवहार हुने गर्दछ, तबतब हामी धेरै टाढा टाढिनुको कारण पनि कला अवचेतन नै हो । कहाँसम्म भने कलामा धनी देश भनेर चिनिने हाम्रो देशलाई समसामयिक कला विकासको सन्दर्भमा छिमेकी मुलुकहरुले पनि उछिनिसक्नुको कारण पनि यही हो । साथै हाम्रा आन्तरिक कारणहरु पनि यसमा दोषी छन् ।शुरुकालमा मौलिक कला संसारमा दैवीय तत्वको खोजी गर्दैमा धेरै समय खर्चनु र धेरै समयसम्म विदेशी सम्पर्कविहीनताबाट जीवन बाँच्नु नै समसामयिक कलामा पछि पर्नु हो ।
साथै सरकारी निकायहरुको हेय दृष्टिकोण, ठूलो सङ्ख्यामा बौद्धिक कलाकारहरु र मनग्ये कला संयन्त्रहरुको अभावका साथै कलाकारहरुबीच देखिएको सहकार्य र समता भावनाको कमी नै यस क्षेत्रको विकासका लागि बढार्नुपर्ने तगाराहरु हुन् जसलाई नपन्छाई समसामयिक कला क्षेत्रको विकास सम्भव छैन ।