khuवराहक्षेत्र/साथीसङ्गी वैदेशिक रोजगारीमा हुइँकिइरहँदा वराहक्षेत्र–४, बयरवनका पदमबहादुर मगरलाई आपू पुड्को भएकै कारण त्यो मोहले तानेन । यता भरपर्दो आर्थिक स्रोत नभएका कारण मगर चिन्तित थिए । परिवार चलाउने जिम्मेवारी उनको काँधमा थियो । के गर्ने ? द्विविधाका बीच सहदेव पौडेल उनका लागि भगवान्को अवतार बनेर आइदिए । पौडेलले कुखुराको दाना बिक्री गर्न कोठा खोजिरहेको थाहा पाएपछि उनले आप्mनै कोठा दिए । उनको व्यापार शुरु भएपछि मगरको दिमागमा पनि कुखुरा पाल्ने सोच पलायो । त्यस बेला बोइलर कुखुरा पाल्नेहरु कमै थिए । कसरी पाल्ने भन्नेसम्मको ज्ञान थिएन ।

बिक्री पनि उति हुन्थेन तर उनले हिम्मत हारेनन् । प्राविधिक ज्ञान नभए पनि उनले १७ हजार रुपैयाँ खर्चेर सयवटा कुखुरा पाले । त्यसबाट २० हजार आम्दानी भएपछि उनी हौसिए । ‘कामको खोजीमा थिएँ । आम्दानीको स्रोत कताबाट जुटाऊँ भइरहेको बेला सहदेव भाइले दानाको डिलर खोल्छु भनेपछि बोइलर पाल्ने सोच आयो ।’ उनी भन्छन् । अहिले उनी यो अवस्थामा आइपुग्नुको श्रेय पौडेललाई नै दिन्छन् । उनले दानाको डिलर नखोलेका भए आपूm यो स्थानमा आउन नसक्ने जिकीर गर्दै मगर भन्छन्, ‘भाइमार्पmत् कुखुरा पाल्न शुरु गरेँ ।’ अहिले पुरानो कुखुरा व्यवसायीको नाम वराहक्षेत्रभरि लिनु पर्दा उनै मगरको नाम आउँछ । अझ बयरवनमा उनले कुखुराबाटै कायापलट गरेका छन् । त्यसैबाट १८ धुर जग्गा जोडी त्यही जग्गामा ५८ लाख रुपैयाँ खर्चेर तीनतले घर ठड्याएका छन् । परिवार यही पेशामा आश्रित छ । एक रुपैयाँ पनि आम्दानीको स्रोत नहुँदा थालेको यो व्यवसायले दुई छोरालाई पढाए, बढाए ।

परिवारको गर्जो चलाए । ‘कुखुरा पाल्न थालेपछि नै परिवार पाल्न सहज भयो । छोराहरुलाई विराटनगर पढाउन यसैले भरथेग ग¥यो ।’ उनी भन्छन् । खर्च कटाएर भएको बचतले बयरवनमै जग्गा किनेर घर ठड्याए । ‘त्यसमा आप्mनो पनि एक कठ्ठा जग्गा बेच्नु प¥यो । नत्र सबै कुखुराकै आम्दानीले घर जोडेको हुँ ।’ उनी भन्छन् । उनले कुखुरा पाल्न थाल्दा कुखुराको भाउ थिएन । त्यस बेला अहिलेको जस्तो पेलेट दाना थिएन । मेस दानाको भरमा कुखुरा हुर्काउनु पथ्र्यो । ३७ वर्षको उमेरमा कुखुरा पाल्न थालेका उनी सात वर्ष जति कुखुरापालनमै दत्तचित्त भएर लागे । त्यसपछि आपैmँले दानाको बिक्री पनि शुरु गरे । अहिले दानाको डिलर मात्रै छैन, प्रिमा ग्यासको डिलरसमेत राखेका छन् । उनलाई गाउँलेले कुखुरा व्यवसायको पर्यायवाचीका रुपमा चिन्छन् । ‘पुड्के मगर’ भनेपछि गाउँभरि नै उनी प्रख्यात छन् । उनी विदेश नजानुको कारण पनि आप्mनो होंचो कदलाई नै मान्छन् । भन्छन्, ‘पुड्को मान्छे खै के जानु विदेश †’कुखुरा पाल्न थालेदेखि उनले कतै सोच्नु परेको छैन ।

सयबाट थालेको कुखुरापालन १५ सयसम्म पु¥याए कुनै बेला । त्यस बेला बोइलर कुखुरा बिक्न मुस्किल थियो । ‘मान्छेले खानै मन पराउदैनथे’, उनी विगत सम्झन्छन्, ‘अहिलेको जस्तो हुँदो हो त कति कमाइन्थ्यो ।’ उनले त्यस बेला गाउँमा नबिकेर खाँेगी, पिँजडामा हालेर धरानसम्म कुखुरा पु¥याए । त्यस बेला लुकाइछिपाइ धरान लानु पथ्र्यो । ‘धरान पनि लान दिँदैनथे’, उनी थप्छन्, ‘दुःख गरेर लगियो ।’जति बेला उनले कुखुरा पाल्न थाले, त्यस बेला मेस दाना थियो । ९ सय मूल्य पथ्र्यो । अहिले मेस दाना पाउन छाडेको छ । पेलेट दाना भित्रिएपछि मेस दाना हराएको उनी बताउँछन् । उनले कुखुरा पालेदेखि कहिल्यै घाटा व्यहोर्नु नपरेको बताउँछन् । ‘ अहिलेसम्म घाटा चाहिँ बन्दै हुँदै भएन । २० प्रतिशत चल्ला मर्दा पनि साउँ मर्दैन थियो’, उनी भन्छन्, ‘आप्mनो मेहनत चाहिँ खेर जान्थ्यो ।’ एक सय चल्ला बराबर २० हजार मुनाफा आउँदा उनी निक्कै हौसिए ।

भन्छन्, ‘एक सय पाल्दा त २० हजार आउँछ भने १ हजार पाल्दा त कति आउँछ होला भनेर लोभिएँ । हुने पो रहेछ भनेर लोभ हुँदै आएपछि कृषि विकास बैङ्कबाट खोर निर्माणको लागि ५ लाख रुपैयाँ लोन निकालेर व्यवसाय झन् बढाएँ ।’उनले पालुञ्जेल बर्डप्mलूजस्ता ठूला रोगले आक्रमण गरेनन् । सीआरडी, कक्सी, गम्भारो, रानीखेतजस्ता रोगको सामना मात्रै गर्नुपरेको उनी बताउँछन् । प्राविधिक ज्ञान नभए पनि उनले हिम्मत हारेनन् । कुखुराबाटै माथि उक्लिएका मगरले अहिले पकलीमा ह्याचरीको लागि शेयर लगानी गरेका छन् । वराह पोल्ट्री सप्लायर्स नामको फर्म दर्ता गरेर घरमा र चक्रघट्टीमा दाना, चल्ला र मासुको डिलर नै खोलेका छन् । अहिले सबै डिलरहरु छोराबुहारीले चलाउँछन् । उनले घरमै बसेर मासु काट्ने र घरको हेरचाह गर्ने गरेका छन् भने दुई वर्षयता कुखुरा फर्म भाडामा दिएका छन् ।अहिले उनी आपूm मात्रै हैन, अन्य किसानलाई पनि यसैमा लाग्न प्रोत्साहित गर्ने गरेका छन् ।

किसानहरुलाई सल्लाह, सुझाव दिने गरेका छन् । मासिक १२ सय बोरा त दानामात्रै बेच्छन्, चल्ला र कुखुरा उति नै बेच्छन् । मासिक ५० हजार रुपैयाँ कतै नगई कमाउँछन् । आपूmले दुःख गरेअनुसारको फल प्राप्त भएकाले पनि मगर अविचलित रुपमा यो व्यवसायमा लागेका छन् । छोराबुहारीहरुलाई पनि यही पेशा सिकाएका छन् । कुखुरापालनबाट सन्तुष्ट मगर कुखुराका पयार्यवाचीका रुपमा समाजमा परिचित छन् । उनी निरन्तर मेहनतको प्रतिफलमा विश्वास राख्छन् । त्यसैले पनि अहिले उनी कुखुराबाट लोभलाग्दो प्रगति गर्ने उदाहरणीय कृषकमा दरिएका छन् समाजमा ।