काठमाडौं/वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापना भएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट दुई दशकको अवधिमा ३६ लाख घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । केन्द्रको २० औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा केन्द्रद्व्रारा सञ्चालित विभिन्न कार्यक्रममार्पmत् परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहँुच बिस्तार हुनुको साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको भन्दै यसलाई आगामी दिनामा अझ बिस्तार गर्दै लैजानुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका छन् ।

solar

केन्द्रले सरकार र विभिन्न दातृ मुलुक र निकायको सहयोगमा बायोग्यास सहयोग कार्यक्रम, ग्रामीण ऊर्जा विकास कार्यक्रम, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, नवीकरणीय ऊर्जा परियोजना, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमहरु सञ्चालन गरेको छ । केन्द्रको हालसम्म २७ हजार ८ सय ७४ किलोवाट लघु तथा साना जलविद्युत, १० हजार ५ सय ९४ सुधारिएको घट्ट, छ लाख १७ हजार ४ सय ६६ घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार साना सौर्य विद्युत् प्रणाली, एक हजार ४ सय ६७ संस्थागत सौर्य विद्युत प्रणाली, १६९ सौर्य पम्पिङ, ५०० सौर्य ड्रायर जडान गरेको छ ।

यस्तै केन्द्रको सहयोगमा तीन लाख ६३ हजार ८ सय ४७ घरेलु बायोग्याँस, ३ सय २१ संस्थागत बायोग्याँस, १८ सामुदायिक बायोग्याँस, एक करोड २४ लाख ५ हजार ९८ माटोको सुधारिएको चुलो, ४७ हजार ८ सय४१ फलामे सुधारिएको चुलो, २२ किलोवाट बायोमास ग्यासिफायर विद्युतीकरण र ६४ किलोवाट वायु ऊर्जा जडान भएका छन् ।वार्षिकोत्सव समारोहमा बोल्दै जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले देशका सबै ठाउँमा केन्द्रीय प्रशारण लाइन पु¥याउन आर्थिक तथा प्राविधिक हिसाबले सम्भव नहुने भएकाले त्यहाँका जनताको ऊर्जाको माग पूरा गर्न नवीकरणीय ऊर्जाबाट मात्र सम्भव भएको बताए ।

उनले जलवायु परिवर्तनको प्रभाव कम गर्न केन्द्रबाट सञ्चालित कार्यक्रमहरु निकै प्रभावकारी रहेको र यसलाई अझ विस्तार गर्दै लैजानुपर्ने खाँचो औंल्याउँदै सरकारले ऊर्जा सङ्कट समाधानका लागि नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको उल्लेख गरे ।पूर्वमन्त्री गणेश साहले नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेको र देशका हिमाल, पहाड र तराई सबै ठाउँमा यस प्रविधिलाई बिस्तार गरी जनताको जीवनस्तरमा सुधार ल्याउन केन्द्रले खोजअनुसन्धान र प्रविधि हस्तान्तरणमा जोड दिनुपर्ने बताए ।