Cover Shyam Rathiधरान /चर्चित व्यावसायिक घराना राठी ग्रुपका मुख्य सदस्य एवम् युवा उद्योगपति श्याम राठीलाई नचिन्ने शायदै होलान् । १९ वर्षको उमेरबाटै व्यवसायमा होमिएका उनी उद्योगपति स्व. युगलकिशोर राठीका कान्छा छोरा एवम् राठी ग्रुप हाँकिरहेका मुख्य सदस्य हुन् । जीवनको ३९ औँ वसन्त पार गरिरहेका उनी समकालीन व्यवसायीहरुमध्ये सबैभन्दा व्यस्त मानिन्छन् । सहजै भेट्न नसकिने उनलाई जीवनका आरोहअवरोह र उतारचढावका विषयमा कुराकानी गर्न ब्लाष्टले समय मागेपछि उनले मुस्किलले करीब ३० मिनेट समय दिएका थिए । गत शुक्रबार उनलाई भेट्न ब्लाष्टको टिम विराटनगरस्थित उनको निवासमा बिहान करीब ९ बजे पुग्दा उनी निवासमै रहेको निजी सचिवालयमा हिसाबकिताब हेरिरहेको अवस्थामा भेटिएका थिए । देशकै ठूला सफल युवा उद्योगीसँग भेट्न पुगेका हामीले केही समयको प्रतीक्षापछि बल्ल भेट पाएका थियौँ । काम सकेपछि मन्द मुस्कानसहित आफ्नो च्याम्बरमा लिएर गए । केही बेर कुराएकोमा क्षमा माग्दै कुराकानी शुरु गरेका उनी पूरै समय हँसिलो अनुहारमै गम्भीर र जटिल विषयमा समेत प्रस्तुत भएका थिए । लाग्थ्यो– उनका लागि जटिल भन्ने केही पनि छैन । मनका इच्छामाथि नियन्त्रण गरेर निश्चित उद्देश्यका लागि बढ्ने हो भने केही पनि असम्भव छैन भन्ने उनले आफ्नो परिवारले पनि सानो व्यवसायबाटै काम गरेर अहिलेको विन्दुमा आइपुगेको स्मरण गरेका थिए । वाणिज्य सङ्कायमा स्नातक गरेका उनले राठी ग्रुपलाई विस्तार गर्ने काममा अहिले आपूm दिनरात नभनी उद्योगको सङ्ख्या बढाउन र बजारमा गुणस्तरीय सामान दिएर आफ्नो पकड कायम गर्न लागिपरेको उल्लेख गरे । देशकै चर्चित राठी केबल, राठीकोल, कृषकले प्रयोग गर्ने जाइम मल, अग्र्यानिक मल, माछाको दाना, पीभीसी वायर एन्ड पावर केबल, स्कुल र कलेजसहित पल्लवी इन्टरप्राइजेजमार्पmत् इलेक्ट्रोनिक्स आइटमको उत्पादन र बिक्री गरिरहेका राठी आगामी ३ वर्षभित्र बजारमा आफ्ना उत्पादनको हिस्सा ५० प्रतिशत हुने दावी गर्छन् । उनले आफ्ना उत्पादनको गुणस्तर र मूल्यका कारण बजारमा राठी ग्रुपका उत्पादनको हिस्सा दैनिक बढिरहेको सुनाए । विगत र वर्तमान  इलेक्ट्रिकल सामान उत्पादन गर्न आफ्ना बुबाले उद्योग शुरु गर्दाताका १९ वर्षको उमेरमा कोलकातामा अध्ययन गरिरहेको बेला आफ्नो उद्योगका उत्पादनको मार्केटिङ गरेर व्यावसायिक जीवन शुरु गरेको उनले सुनाए । बजारमा आफ्ना उत्पादनको बिक्रीबाट शुरु भएको व्यावसायिक जीवनमा अहिले उनी देशकै ठूलो व्यावसायिक समूह राठी ग्रुपको बागडोर सम्हाल्ने स्थितिमा आइपुगेका छन् । दैनिक करीब १२ घण्टा नियमित काम गर्ने उनी दिउँसोको खाना कामकै कारण प्रायः छुट्ने गरेको सुनाउँछन् । बिहान सबेरै उठेर शारीरिक व्यायाम गर्ने उनी पारिवारिक सदस्य र स्टाफसँग व्यायामपछि ब्याडमिन्टन खेलेर व्यक्तिगत इच्छामाथि नियन्त्रण गर्ने सुनाउँछन् । व्यक्तिगत इच्छामाथि नियन्त्रणका लागि शारीरिक व्यायाम सहयोगी हुने आपूmले अनुभव गरेको राठीको भनाइ छ । आपूmले राठी ग्रुप सम्हालेपछि नयाँ उद्योगहरु थपेकाले कामको चाप धान्न निकै सकस हुने गरेको उनको भोगाइ छ । देशको अवस्था, इन्धन र विद्युत् समस्या अनि पछिल्लो समय देखिन थालेको दक्ष जनशक्ति अभावले आफ्ना सन्तानलाई भने उद्योगधन्धामा नलगाएर सरकारी जागिरमा लाउन पाए हुन्थ्यो भन्ने सोच पलाउन थालेको राठीले सुनाए । सम्भावना र चुनौती  हाम्रो देशमा उद्योगधन्धा र कलकारखाना स्थापना अनि बजारको प्रचुर सम्भावना भए पनि सरकारी नीति र राजनीतिक समस्याका कारण लगानी बढाउन उत्तिकै जोखिम र चुनौती रहेको उनले बताए । माओवादी आन्दोलनले थलिएको मुलुक फेरि राजनीतिक खिचातानीमा रुमल्ँिलदा लगानीमैत्री वातावरण बन्न नसकेको बताउँदै उनले भने, ‘लोडसेडिङ हट्ने र उत्तर–दक्षिण जोड््ने जोगबनी–किमाथाङ्का सडकलगायत बनाउने हो भने मुलुकको कायापटल निश्चित छ ।’ मुलुक चलाउनेहरुमा देश विकासको सोचभन्दा बढी आफ्नो विकास गर्ने सोच मात्रै देखिएकाले देशको यो दुर्दशा भएको उनको ठम्याइ छ । दुई ठूला मुलुकको बीचमा रहेका हामीलाई बजारको कुनै समस्या नरहेको बुझाइ भएका उनी विद्युत् मात्रै पर्याप्त हुने हो भने पहिलो चरणमा विदेशी सामानलाई स्वदेशी उत्पादनले प्रतिस्थापन गर्ने र दोस्रो चरणमा सामान निर्यातमा लाग्न सकिने उनी तर्क गर्छन् । विद्युत् अभावकै कारण लागत बढ्दो रहेकाले विदेशी उत्पादनसँग स्वदेशमै प्रतिस्पर्धा गर्न कठिन भएको दुखेसो उनले गरे । आगामी दिन झन् भयावह  दक्ष र सीप भएको जनशक्तिको विदेश पलायनले आगामी दिनमा भयावह अवस्था आउने लक्षणहरु देखिन थालेको उनले सुनाए । अहिले नै सुनसरी मोरङ औद्योगिक करिडोरमा मात्रै ५० हजारभन्दा बढी मजदुरहरु भारतको विहार र पश्चिम बङ्गालका रहेको हुनसक्ने आँकडा प्रस्तुत गर्दै उनले भारतीय मजदुरको सङ्ख्या तीव्र गतिमा बढिरहेको जनाए । विहारमा थप रोजगारी सिर्जनाका लागि त्यहाँको राज्य सरकारले तीव्र गतिमा काम गरिरहेकाले आगामी २÷३ वर्षमै भारतीय मजदुर फर्किने अवस्था आउने र त्यस बेला विद्युत् भए पनि जनशक्ति अभावले उद्योगहरु बन्द हुने भयावह तस्विरसमेत उनले देखाए । विज्ञापन गरेर जनशक्ति माग गर्दासमेत करिडोरका उद्योगले अहिले नै जनशक्ति पाउन छाडेको सुनाउँदै उनले आपूmले मात्रै अभाव भोगेको नभई समग्र उद्योगीले अहिले यो समस्या झेलिरहेको उनले बताए । सरकारी नीति र प्रणालीमा सुधार आवश्यक ः उद्योगधन्धा र कलकारखानाको विकासका लागि सरकारी नीतिमै परिमार्जनको खाँचो रहेको बताउने राठीले राज्यले भने जति कर तिरेपछि राज्यले पनि उद्योगीका समस्या पहिचान गरेर हल गरिदिनुपर्ने तर्क गरे । कर प्रणालीमा स्तर निर्धारण गरेर राज्यले सुविधा र सम्मान दिने हो भने अहिलेकै अवस्थामा पनि अहिलेको दरमै दोब्बरसम्म कर सङ्कलन हुन सक्ने राठी बताउँछन् । कर तिरेअनुसार उद्योगी व्यवसायीको स्तर निर्धारण गरेर राज्यले व्यवहार गरिदिने हो भने उद्योगी आपैmँले आफ्नो स्तर उठाएर राज्यको सम्मान र सुविधा लिन कोशिस गर्ने उनको बुझाइ छ । जोगबनी–किमाथाङ्का सडक र मल्टीप्mयुल प्लान्ट जरुरी प्रदेश नम्बर–१ को विकासको मेरुदण्ड मानिएको जोगबनी–किमाथाङ्का सडक निर्माणसहित अरुणलगायतका ठूला जलविद्युत् आयोजना निर्माणमा सरकारलाई पूर्वका सबै जनताले दवाब दिन जरुरी भएको छ । उद्योगीले वर्षौंबाट दवाब दिँदासमेत सरकार चलाउनेहरुले सुनुवाइ नगरेकाले विकासका लागि जनदवाब जरुरी भएको उनको भनाइ छ । लोडसेडिङको मार खेपिरहेको सुनसरी मोरङ करिडोरका उद्योगीका लागि भनेर निर्माण गरिएको मल्टीफ्युल प्लान्ट चलाउन पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनले गुनासो गरे । उनले उद्योगीको दवाबपछि मर्मत–सम्भार गरेर तयारी अवस्थामा रहेको प्लान्ट चलाउन उद्योगीलाई नै जिम्मा दिन भनेर गरिएको आग्रहलाई समेत सरकारले बेवास्ता गरेको उनले बताए । समाजमा लगानी व्यवसाय गरेर कमाएको मुनाफाको निश्चित प्रतिशत सामाजिक सेवामा खर्च गरिरहेको राठी ग्रुपले युवा पुस्तालाई प्रोत्साहन गर्न नयाँ र सिर्जनशील काम थालेका युवायुवतीलाई २५ हजारका दरले सहयोग गर्ने घोषणा उनले ब्लाष्टमार्पmत् गरेका छन् । उनले गरीब र जेहेन्दार विद्यार्थीलाई पढाइरहेको पनि उनले सुनाए । मारवाडी समुदायकै कोष बनाएर मारवाडी समुदायका छोराछोरीलाई कम्तीमा १० कक्षासम्म पढाउनैपर्ने अभियान पनि थालिएको उनले जनाए । आफ्ना बुबाको सामाजिक छविका कारण बुबाको निधनपछि पनि सामाजिक लगानीका काममा राठी ग्रुपले काम गरिरहेको उनको भनाइ छ ।