tirthaकला र साहित्य एकअर्कामा अभिन्न छन् । परिपुरक छन् । कलाले अभिव्यक्त गर्न नसकेका भावना सहित्यले गर्छ भने साहित्यले व्यक्त गर्न नसकेका भावनात्मक संवेगलाई दृश्यका रुपमा कलाले अभिव्यक्त गर्छ । साहित्यभित्र धेरै विधाहरु समाहित रहेजस्तै कलाभित्र पनि धेरै विधाहरु पर्दछन् ।

साहित्यभित्रको एउटा सुन्दर विधा हो– कविता र कलाभित्र समाहित सुन्दर विधा हो– काष्ठकला । यहा“ मैले काष्ठकला र कविताको सङ्गमलाई उजागर गर्ने जमर्को गरेको छु । वास्तवमा कविता आपैmँ एक चित्र हो भने कला एक सुन्दर कविता पनि हो । सिर्जनाका दृष्टिले आपसमा अन्तर्भूत भइदिने कला र कविता एकअर्काबाट समान रुपले प्रभावित छन् किनभने कला र कविता भिन्दाभिन्दै मनका सिर्जनात्मक कलाकृतिहरु हुन् । कवितालाई शब्दनिर्मित कलाकृति भन्दा हुन्छ तथा कलालाई रङ्ग र आकार रचित लयहरुको मिठो गुनगुनाहट ।विधाका हिसाबले कला साहित्यभन्दा जेठो भए पनि दुईको सम्बन्ध र मिलनबिन्दु एकै हो । यी दुईको मित्रता दाजुभाइको जस्तो वा नङ र मासुको जस्तो छ । यही सम्बन्धको अभिन्नतालाई अर्थात् भावना र यथार्थलाई नेपाल कला परिषद्को कलादीर्घामा पस्कने काम गरे, जराकलाकार एवम् कवि नरेन्द्रबहादुर श्रेष्ठले । प्रदर्शनीमा कलाकार श्रेष्ठका रुखका जरा र काठका टुक्राहरुबाट बनाइएका अनेक भावभङ्गीमा सजिएका ३३ वटा कलाकृतिहरु राखिएका देखिए । अर्कोतिर, त्यही दीर्घामा नेपालका चर्चित ३४ कविका कविताहरु देख्न र पढ्न पाइए ।

प्रत्येक कविताले प्रत्येक कलाको भावना र उद्वेग बोलेका छन्, जहा“ कलाको मर्म र चाहनालाई पूर्णता दिएको अनुभूति हुन्छ ।‘प्रकृतिले दिएको वरदानलाई कलाकारले उजागर गर्दै सुन्दर कृतिहरु निर्माण गर्नु कम महत्व र उत्साहको विषय होइन । वास्तवमा प्रकृति आपैmँमा एक कलाकार हो । यहा“ प्रकृतिका हरेक सिर्जनाहरु कलात्मक भए पनि अझ त्यसलाई कलात्मक जीवन भरेर पूर्णता प्रदान गर्ने काम गर्दछन्, हरेक कलाकारले । ‘एउटा सुन्दर पूmल छ भने पशुले त्यसै खाइदिन्छ । सामान्य मान्छेले ‘आहा पूmल’ भनेर टपक्क टिपिदिन्छ तर एउटा प्रतिभावान् व्यक्तिले पूmलमा ईश्वर मुस्कुराएको देख्छ र ‘छोएर नमार’ भन्छ । कविवर माधव घिमिरेको कलाप्रतिको यो धारणाले के सङ्केत गर्छ भने कलाकार, कवि भनेका प्रकृतिका पुजारी हुन् । प्रकृतिका विवेकशील चिन्तक हुन् । एक सशक्त स्रष्टा हुन् ।खेर गएका, सडेका, गलेका र टुक्रिएका काठका टुक्राहरु र हा“गाबि“गाका जराहरुलाई घरमा ल्याएर आकार र आकृतिमा ढाल्नु, मूर्त, अमूर्त र अर्धअमूर्त आकारमा ढाल्नु कम चुनौतीको विषय होइन र हु“दैन पनि कलाकारका निम्ति । किनकि कला खोपिने यस्ता काठहरु संवेदनशील हुन्छन् । तिनीहरुमा विचार र भावना सङ्गाल्दै जाँदा अर्थात् आकारमा जीवन्तता खोज्दै जाँदा अकस्मात् टुक्रिन पनि सक्छन् । भाँचिन पनि सक्छन् । नरेन्द्रले सिर्जना गरेका प्रत्येक आकृतिहरु सग्ला छन् । प्रायः एउटै जराबाट निर्मित । आकृतिहरु प्रायः अर्धअमूर्त छन् ।

गणेश, मातृत्व, प्रेम, अवतार, आमा, रक्षक, ताण्डव, नृत्य, परिवार, घोडा, सिंह, ऊर्जा, कुरुक्षेत्र, एकता, स्वतन्त्रता, अन्तिम क्षण, सीताहरण, प्रेमालाप, गतिशील, अधिकार, प्रकृति, बुद्ध, वात्सल्यलगायत कृतिहरुमा मानव जीवन र जगत्का परिघटनाहरु अङ्कित छन् । मिथकहरु, जलसागरका अवयवहरु, विचार र भावनाका उच्छवासहरु छचल्किएका छन् । यस सन्दर्भमा कलाकार ज्यादै परिश्रमका साथ खरो उत्रेको आँकलन गर्नुपर्ने हुन्छ । काममा उनको गहिरोपन बिस्कुन भएको पाइन्छ । प्रत्येक विषयगत आकार र आकृतिमा मिहिनताका साथ कलाकार प्रस्तुत भएकाले पनि काष्ठकलाको सन्दर्भमा उनको उचाइ निकै ठूलो रहेछ भन्न सकिन्छ । कलाकार भन्छन्, ‘हेपिएका, प्mया“किएका, उपेक्षित भएका, बेवास्ता गरिएका, कुल्चिएका विषय र पात्रहरु उहिल्यैदेखिका मेरा रुचिका क्षेत्रहरु हुन् । प्रकृतिसँग केवल भावनात्मक सम्बन्ध होइन, सार्थक नाता गा“स्न मन लाग्छ मलाई । मेरा कृतिहरु केवल एक आकृति, आवेग वा तत्क्षणका भावनाका उपज होइनन् । यीमध्ये धेरैजसोमा कथा बोल्छ । हो, ऊ कृतिमा दृष्टिगोचर गर्दा प्रत्येक कृतिले आप्mनो कथा बोलेको छ । देश बोलेको छ । स्वतन्त्रता बोलेको छ । राजनीतिक पीडा ओकलेको छ भने थौरैमा मात्र नरेन्द्रको ‘फेन्टासिजम्’ जुर्मुराएको छ । एक कुशल व्यवसायी, समाजसेवी र कविका रुपमा पनि परिचित रहेका कलाकार नरेन्द्रबहादुर श्रेष्ठको यस प्रकारको झुकाव कलामा २०३४ सालदेखि बढेको हो । उनको भनाइनुसार उनका कला व्यावसायिक होइनन् । उनी बिक्री गर्नका लागि कहिल्यै पनि कला सिर्जना गर्दैनन् र गरेका पनि छैनन् । कला राष्ट्रको सम्पत्ति हो र हुनुपर्छ भन्ने आदर्शमा हिँडिरहेका उनका कविताका पङ्क्तिहरु पनि कलाजस्तै भावनात्मक, सहज र सरल भेटिन्छन् ।

तिम्रो प्यारो औँलामा एउटा कलिलो फुल थियो केही छिन सुगन्धको आनन्द लिएर छिन्नभिन्न ग¥यौ त्यस फुलथाहा छ तिमीलाई ? त्यो मेरो हृदय थियो ।

यसरी कला परिषद्को प्रदर्शनीदीर्घामा नरेन्द्र सजिए भने उनका प्रत्येक कृतिमा कविका कवित्व पनि झुले । जहाँ अशेष मल्ल, अनुप रेग्मी, उषा शेरचन, किशोर पहाडी, कृष्ण जोशी, कृष्ण प्रसाईं, सीता कार्की, गीता त्रिपाठी, ज्योति जङ्गल, ठाकुर बेलबासे, देविप्रसाद, नवराज पराजुली, धिरेन्द्र प्रेमर्षि, प्रतिमा पाठक, पवन आलोक, प्रतिसरा सायमि, वासु त्रिपाठी, माधव घिमिरे, रमण घिमिरे, राजेन्द्र सलभ, विवश पोखरेल, विश्वविमोहन श्रेष्ठ, डा. विष्णुविभु घिमिरे, सुलोचना मानन्धरलगायतका कविहरुका रचना देखिए । प्रत्येक कवि आ–आप्mनो भागमा परेका कलाका मर्म र भावनालाई दुरुस्त प्रस्तुत गर्न सफल भएका छन् । कलाले व्यक्त गर्न नसकेका भावनाका तन्तुलाई उनीहरुका कविताले पूर्णता प्रदान गरिदिएका छन् । शायद यसो हुनुमा कलाको पूर्णतापछि कविता कोरिनुले पनि हो । कवि एवम् नाटककार अशेष मल्ल एउटा जराकलामा कविता लेख्छन्–

धर्तीमै कतै फालिएको एउटा मुर्दा मृत्यु सडेर माटोमै बिलाउन लागेको थिए“ ए नरेन्द्र तिमीले त आकार दियौ र मेरो मृत्युलाई ब्यु“ताएर जीवन दियौ (लेखक कलाकार तथा कला समीक्षक हुन् ।)