-
Home
-
पूर्व
-
अग्रवाल सम्पती प्रकरण एक्कासी सेलायाे
अग्रवाल सम्पती प्रकरण एक्कासी सेलायाे
- कार्तिक ५, २०७३
- ब्लाष्ट खबर
भद्रपुर/झापाका चर्चित उद्योगपति स्वर्गीय मोहनलाल अग्रवालको निजी सम्पत्तिका लागि दाजुभाइबीच भएको उग्र विवाद एक्कासी सेलाएर गएको छ ।
भद्रपुर–८ निवासी जेठा छोरा महेश र माइला सुरेशबीच करीब एक महिनाअघि सार्वजनिक बहसको विषय बनेको सम्पत्ति विवाद एकाएक गुपचुप भएपछि स्थानीयबीच चर्चा शुरु भएको छ । घरभित्रको कुरा किन बाहिर आयो र केही दिनपछि तैँ चुप मै चुप हुनुमा के कारण होला भन्ने विषयमा घटनाबारे थाहा पाएकाहरुले चासो लिन थालेका छन् । घटनालाई मिलाउन महेशतर्पm नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालदेखि झापाका केही उद्योगी, व्यवसायी र उद्योगीनिकट राजनैतिक दलका कार्यकर्तासहित कानून व्यवसायी सक्रिय थिए ।
उनीहरुलाई भद्रपुरको आनी होटल र सिटी गार्डेनमा भेला गराई स्वरुचि भोजन तथा केहीलाई कबोल गरेको रकमसमेत दिन उनी पछि परेनन् । आनी होटलमा मात्र करीब ७ लाख रुपैयाँको बिल बनेको स्रोतको दावी छ । त्यसैगरी सुरेशतर्पm अधिवक्ता अशोक पोखरेल, सुरेशको मुद्दा हेर्ने काठमाडौँका वकिल, भद्रपुरका केही उद्योगी र राजनैतिक दलका कार्यकर्ता थिए । दुवै पक्षबीच सार्वजनिक रुपमै दोहोरी चलेको थियो । विवाद मिलाउन उद्योग सङ्घ, सिटी गार्डेन, आनी होटल र झापा उद्योग वाणिज्य सङ्घमा बिहानदेखि आधा रातसम्म लागिपरेको समूहको सक्रियता हिजोआज नहुनु रहस्यमय भएको छ ।
करीब एक महिनासम्म चर्किएको सम्पत्ति विवाद अहिले कसरी साम्य भयो ? महेशले आपूm अन्यायमा परेको भन्दै न्यायका लागि आपूmनिकटको समूह र पत्रकारलाई भदौको दोस्रो साता झापा उद्योग वाणिज्य सङ्घको हलमा भेला गरेर नेपाल राष्ट्र बैङ्कबाट कालोसूचीमा परेका सुरेशले आप्mनो परिवारलाई शेयर बिक्री गरी निजी बैङ्कबाट करोडौँ ऋण लिएको सुनाएका थिए । सरकारले कालोसूचीमा राखे पनि काठमाडौँको सिभिल बैङ्कले लगभग ११ करोड ऋण दिएको विषयमा महेशले बताएपछि घटना सार्वजनिक भएको थियो ।
सिभिल बैङ्कले उद्योगी सुरेश अग्रवालकी श्रीमती अर्चना र छोरी आयुषीको नाममा ऋण दिएको कागजात उनले देखाएका थिए । सुरेशले जालसाँजी गरी दुईवटा कम्पनीमा श्रीमती र छोरीको नाम राखेर नामसारी गरी बैङ्कबाट ऋण लिएको महेशले सुनाएका थिए । मित्तल टि स्टेटकी सञ्चालिका अर्चना र कुवाडीदेवी टी स्टेटकी सञ्चालिका आयुषीको नाम राखेर ऋण लिएको उनले सो भेलामा सुनाएका थिए । स्वर्गीय मोहनलाल अग्रवाल तथा उनका छोरा महेश र सुरेशलाई कम्पनीको नाममा ऋण तिर्न नसकेपछि राष्ट्र बैङ्कले २०६३ साल असोज २४ गते मोहनलालसहित उनका दुई छोरालाई कालोसूचीमा राखेको थियो ।
तीनैजनाको नाम हालसम्म कालोसूचीमा रहेको राष्ट्र बैङ्कको वेबसाइटको क्रम सङ्ख्या १२५९ को कालोसूची नम्बर २९०२ मा प्रष्ट देखिन्छ । बैङ्कले अग्रवाल परिवारको धनसम्पत्ति र पासपोर्टसमेत रोक्का राखेको छ । चन्द्रगढीस्थित मित्तल वायर उद्योगको ऋण तिर्न नसकेपछि राष्ट्र बैङ्कले तीनैजनालाई कालोसूचीमा राखेको थियो । मित्तल वायरका शेयर सदस्यमा मोहनलाल र उनका दुई छोराको नाम थियो । बैङ्कले तीनैजनालाई कालोसूचीमा राखेपछि महेश भारत पसेका थिए ।
मित्तल टी स्टेटको नाममा रहेको पथरिया–९ मा पर्ने ४५ कित्ता जग्गा रोक्का गरी सो टी स्टेटकी सञ्चालिका अर्चनाले साढे ६ करोड र कुवाडीदेवी टी स्टेटकी सञ्चालिका आयुषीको नाम रहेको जग्गा रोक्का गरी ४ करोडभन्दा बढी ऋण लिएको महेशले भेलामा सुनाएका थिए । आपूm शेयर सदस्य रहेको मित्तल टी स्टेट, कुवाडीदेवी टी स्टेट र मित्तल सिमेन्टको हालसम्मको आम्दानी एकलौटी रुपमा भाइ सुरेशले खाइरहेको हुँदा सम्पूर्ण हरहिसाब गराएर आम्दानी उपभोग गर्न पाउने वातावरण बनाइदिन महेशले सङ्घमा गत भदौ १३ गते निवेदन दर्ता गराएका थिए ।
छलफलको क्रममा धार्मिक संस्था एवम् गुठीको नाममा दर्ता भएको करीब १४ बिघा जग्गा अग्रवाल परिवारले बेचविखन गरेको समेत सार्वजनिक भएको थियो । भद्रपुर नगरपालिका–८ का स्वर्गीय सत्यनारायणका छोरा स्वर्गीय मोहनलाल अग्रवालले गुठीको जग्गा कानूनविपरीत बेचविखन गरेको घटना महेशले सार्वजनिक गरेका थिए ।
चन्द्रगढीको भूमिसुधार कार्यालयले ३४ वर्षअघि भद्रपुर–४ (हाल भद्रपुर–८) स्थित शिवलक्ष्मीनारायण मन्दिरको नाममा रहेको जग्गाको लेखाजोखाको विषयमा सत्यनारायणसँग स्पष्टीकरण मागेको थियो । कार्यालयले भूमिसम्बन्धी ऐन ०२१ को दफा १२ को खण्ड (च) बमोजिम गुठीको जग्गालाई मात्र हदबन्दीमा छुट दिने व्यवस्था देखिएको भन्दै सत्यनारायणलाई पत्रचार गरेको थियो ।
सोही पत्रअनुसार ०३९ साल भदौ २१ गते सत्यनारायणकै हस्ताक्षरमा भूमिसुधार कार्यालयमा गुठीको जग्गासहितको प्रमाण तथा स्पष्टीकरण पेश गरेका थिए । सो पत्रको बुँदा नम्बर २ मा ‘शिवलक्ष्मीनारायण मन्दिरको नाममा दर्ता र धनीपुर्जासमेत भइसकेकोले मन्दिरको जग्गा मन्दिरकै काममा लाग्छ । म र मेरो परिवार समेत कसैले खान पाउने छैन’ भनी उल्लेख छ । सत्यनारायणकी श्रीमती रामकलीदेवीको नाममा रहेको जग्गा उनले मन्दिरको नाममा नामसारी गरेको देखिन्छ ।
मन्दिरको नाममा राजगढ गाविस–५ का कित्ता नम्बर २१८, २१९, २२०,२२१ को जग्गा १३ बिघा १६ कठ्ठा ५ धुर र भद्रपुर–४ मा मन्दिर निर्माण गरिएको २ कठ्ठा साढे २ धुर जग्गाबाट हुने आम्दानी मन्दिरका पूजा सामग्री, पुजारीको तलब र विभिन्न पर्वमा विशेष पूजा अर्चनाका लागि छुट्याइएको देखिन्छ । अहिलेको बजारभाउअनुसार सो जग्गाको मूल्य करोडौँ हुन्छ । मन्दिरको जग्गा सत्यनारायणका सन्तसतले कानूनविपरीत भोगचलन गरेकाले तत्काल सो जग्गाको छानविन हुनुपर्ने चर्चा स्थानीय स्तरमा चलेको थियो ।
विवादले उग्र रुप लिएपछि दाजुभाइ तथा कान्छा भाइ हरिसलाई समेत बोलाएर भद्रपुरका नाम चलेका केही उद्योगीले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । यस घटनामा १५ दिनअघि एउटा मौखिक सहमति भएको छ । ऋण जति सुरेशले तिर्ने र कालोसूचीबाट हट्ने तथा महेशको नाममा रहेको भद्रपुरको करीब चार बिघा जग्गा र भारतको कोलकातामा रहेको घर महेशलाई दिने सहमति भएको बुझिएको छ । ९० प्रतिशत विवाद मिलिसकेको र अब कागज हुनमात्र बाँकी रहेको कुरा विवाद मिलाउन सक्रिय एक उद्योगीले सुनाए ।
सहमति पनि सार्वजनिक हुनु आवश्यक छ । भारतमा घर कसरी बन्यो भन्ने प्रश्न पनि उठेको छ किनकि यसले दोहोरो नागरिकताको विषय सिर्जना हुने देखिन्छ । अहिले महेश भारत गएका छन् भने सुरेश आप्mनो व्यवसायमा लागेका छन् ।भद्रपुर÷ झापाका चर्चित उद्योगपति स्वर्गीय मोहनलाल अग्रवालको निजी सम्पत्तिका लागि दाजुभाइबीच भएको उग्र विवाद एक्कासी सेलाएर गएको छ । भद्रपुर–८ निवासी जेठा छोरा महेश र माइला सुरेशबीच करीब एक महिनाअघि सार्वजनिक बहसको विषय बनेको सम्पत्ति विवाद एकाएक गुपचुप भएपछि स्थानीयबीच चर्चा शुरु भएको छ ।
घरभित्रको कुरा किन बाहिर आयो र केही दिनपछि तैँ चुप मै चुप हुनुमा के कारण होला भन्ने विषयमा घटनाबारे थाहा पाएकाहरुले चासो लिन थालेका छन् । घटनालाई मिलाउन महेशतर्पm नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालदेखि झापाका केही उद्योगी, व्यवसायी र उद्योगीनिकट राजनैतिक दलका कार्यकर्तासहित कानून व्यवसायी सक्रिय थिए । उनीहरुलाई भद्रपुरको आनी होटल र सिटी गार्डेनमा भेला गराई स्वरुचि भोजन तथा केहीलाई कबोल गरेको रकमसमेत दिन उनी पछि परेनन् ।
आनी होटलमा मात्र करीब ७ लाख रुपैयाँको बिल बनेको स्रोतको दावी छ । त्यसैगरी सुरेशतर्पm अधिवक्ता अशोक पोखरेल, सुरेशको मुद्दा हेर्ने काठमाडौँका वकिल, भद्रपुरका केही उद्योगी र राजनैतिक दलका कार्यकर्ता थिए । दुवै पक्षबीच सार्वजनिक रुपमै दोहोरी चलेको थियो । विवाद मिलाउन उद्योग सङ्घ, सिटी गार्डेन, आनी होटल र झापा उद्योग वाणिज्य सङ्घमा बिहानदेखि आधा रातसम्म लागिपरेको समूहको सक्रियता हिजोआज नहुनु रहस्यमय भएको छ ।
करीब एक महिनासम्म चर्किएको सम्पत्ति विवाद अहिले कसरी साम्य भयो ? महेशले आपूm अन्यायमा परेको भन्दै न्यायका लागि आपूmनिकटको समूह र पत्रकारलाई भदौको दोस्रो साता झापा उद्योग वाणिज्य सङ्घको हलमा भेला गरेर नेपाल राष्ट्र बैङ्कबाट कालोसूचीमा परेका सुरेशले आप्mनो परिवारलाई शेयर बिक्री गरी निजी बैङ्कबाट करोडौँ ऋण लिएको सुनाएका थिए । सरकारले कालोसूचीमा राखे पनि काठमाडौँको सिभिल बैङ्कले लगभग ११ करोड ऋण दिएको विषयमा महेशले बताएपछि घटना सार्वजनिक भएको थियो ।
सिभिल बैङ्कले उद्योगी सुरेश अग्रवालकी श्रीमती अर्चना र छोरी आयुषीको नाममा ऋण दिएको कागजात उनले देखाएका थिए । सुरेशले जालसाँजी गरी दुईवटा कम्पनीमा श्रीमती र छोरीको नाम राखेर नामसारी गरी बैङ्कबाट ऋण लिएको महेशले सुनाएका थिए । मित्तल टि स्टेटकी सञ्चालिका अर्चना र कुवाडीदेवी टी स्टेटकी सञ्चालिका आयुषीको नाम राखेर ऋण लिएको उनले सो भेलामा सुनाएका थिए ।
स्वर्गीय मोहनलाल अग्रवाल तथा उनका छोरा महेश र सुरेशलाई कम्पनीको नाममा ऋण तिर्न नसकेपछि राष्ट्र बैङ्कले २०६३ साल असोज २४ गते मोहनलालसहित उनका दुई छोरालाई कालोसूचीमा राखेको थियो । तीनैजनाको नाम हालसम्म कालोसूचीमा रहेको राष्ट्र बैङ्कको वेबसाइटको क्रम सङ्ख्या १२५९ को कालोसूची नम्बर २९०२ मा प्रष्ट देखिन्छ । बैङ्कले अग्रवाल परिवारको धनसम्पत्ति र पासपोर्टसमेत रोक्का राखेको छ । चन्द्रगढीस्थित मित्तल वायर उद्योगको ऋण तिर्न नसकेपछि राष्ट्र बैङ्कले तीनैजनालाई कालोसूचीमा राखेको थियो ।
मित्तल वायरका शेयर सदस्यमा मोहनलाल र उनका दुई छोराको नाम थियो । बैङ्कले तीनैजनालाई कालोसूचीमा राखेपछि महेश भारत पसेका थिए । मित्तल टी स्टेटको नाममा रहेको पथरिया–९ मा पर्ने ४५ कित्ता जग्गा रोक्का गरी सो टी स्टेटकी सञ्चालिका अर्चनाले साढे ६ करोड र कुवाडीदेवी टी स्टेटकी सञ्चालिका आयुषीको नाम रहेको जग्गा रोक्का गरी ४ करोडभन्दा बढी ऋण लिएको महेशले भेलामा सुनाएका थिए ।
आपूm शेयर सदस्य रहेको मित्तल टी स्टेट, कुवाडीदेवी टी स्टेट र मित्तल सिमेन्टको हालसम्मको आम्दानी एकलौटी रुपमा भाइ सुरेशले खाइरहेको हुँदा सम्पूर्ण हरहिसाब गराएर आम्दानी उपभोग गर्न पाउने वातावरण बनाइदिन महेशले सङ्घमा गत भदौ १३ गते निवेदन दर्ता गराएका थिए । छलफलको क्रममा धार्मिक संस्था एवम् गुठीको नाममा दर्ता भएको करीब १४ बिघा जग्गा अग्रवाल परिवारले बेचविखन गरेको समेत सार्वजनिक भएको थियो ।
भद्रपुर नगरपालिका–८ का स्वर्गीय सत्यनारायणका छोरा स्वर्गीय मोहनलाल अग्रवालले गुठीको जग्गा कानूनविपरीत बेचविखन गरेको घटना महेशले सार्वजनिक गरेका थिए । चन्द्रगढीको भूमिसुधार कार्यालयले ३४ वर्षअघि भद्रपुर–४ (हाल भद्रपुर–८) स्थित शिवलक्ष्मीनारायण मन्दिरको नाममा रहेको जग्गाको लेखाजोखाको विषयमा सत्यनारायणसँग स्पष्टीकरण मागेको थियो ।
कार्यालयले भूमिसम्बन्धी ऐन ०२१ को दफा १२ को खण्ड (च) बमोजिम गुठीको जग्गालाई मात्र हदबन्दीमा छुट दिने व्यवस्था देखिएको भन्दै सत्यनारायणलाई पत्रचार गरेको थियो । सोही पत्रअनुसार ०३९ साल भदौ २१ गते सत्यनारायणकै हस्ताक्षरमा भूमिसुधार कार्यालयमा गुठीको जग्गासहितको प्रमाण तथा स्पष्टीकरण पेश गरेका थिए । सो पत्रको बुँदा नम्बर २ मा ‘शिवलक्ष्मीनारायण मन्दिरको नाममा दर्ता र धनीपुर्जासमेत भइसकेकोले मन्दिरको जग्गा मन्दिरकै काममा लाग्छ । म र मेरो परिवार समेत कसैले खान पाउने छैन’ भनी उल्लेख छ ।
सत्यनारायणकी श्रीमती रामकलीदेवीको नाममा रहेको जग्गा उनले मन्दिरको नाममा नामसारी गरेको देखिन्छ । मन्दिरको नाममा राजगढ गाविस–५ का कित्ता नम्बर २१८, २१९, २२०,२२१ को जग्गा १३ बिघा १६ कठ्ठा ५ धुर र भद्रपुर–४ मा मन्दिर निर्माण गरिएको २ कठ्ठा साढे २ धुर जग्गाबाट हुने आम्दानी मन्दिरका पूजा सामग्री, पुजारीको तलब र विभिन्न पर्वमा विशेष पूजा अर्चनाका लागि छुट्याइएको देखिन्छ ।
अहिलेको बजारभाउअनुसार सो जग्गाको मूल्य करोडौँ हुन्छ । मन्दिरको जग्गा सत्यनारायणका सन्तसतले कानूनविपरीत भोगचलन गरेकाले तत्काल सो जग्गाको छानविन हुनुपर्ने चर्चा स्थानीय स्तरमा चलेको थियो । विवादले उग्र रुप लिएपछि दाजुभाइ तथा कान्छा भाइ हरिसलाई समेत बोलाएर भद्रपुरका नाम चलेका केही उद्योगीले मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।
यस घटनामा १५ दिनअघि एउटा मौखिक सहमति भएको छ । ऋण जति सुरेशले तिर्ने र कालोसूचीबाट हट्ने तथा महेशको नाममा रहेको भद्रपुरको करीब चार बिघा जग्गा र भारतको कोलकातामा रहेको घर महेशलाई दिने सहमति भएको बुझिएको छ । ९० प्रतिशत विवाद मिलिसकेको र अब कागज हुनमात्र बाँकी रहेको कुरा विवाद मिलाउन सक्रिय एक उद्योगीले सुनाए । सहमति पनि सार्वजनिक हुनु आवश्यक छ । भारतमा घर कसरी बन्यो भन्ने प्रश्न पनि उठेको छ किनकि यसले दोहोरो नागरिकताको विषय सिर्जना हुने देखिन्छ । अहिले महेश भारत गएका छन् भने सुरेश आप्mनो व्यवसायमा लागेका छन् ।