पाँचकन्या/ धरान–५ स्थित बराह बचत तथा ऋण सहकारी संस्था लि. ले अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयद्वारा सञ्चालित युवा तथा साना व्यवसाय स्वरोगार कोषसम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो । बराहले युवा तथा साना व्यवसाय स्वरोगार कोषबाट प्राप्त भएको रकमले बाख्रापालन, च्याउखेती, बङ्गुरपालन, परम्परागत पेशा, कुखुरापालन लगायतका तालिम प्रदान गर्दै स्वरोजगार व्यवसाय सञ्चालन गर्दै आएको छ ।
२०६६ सालबाट नेपाल सरकार अर्थमन्त्रालयले पहिलो किस्तामा ५ लाख र दोश्रो किस्तामा ७५ लाख रुपैंयाँ गरेर बराह सहकारीलाई रकम प्रदान गरेको थियो । सोही रकमबाट बराह सहकारीले हालसम्म ९३ जनालाई स्वरोजगार तालिम र १३ जनालाई व्यवसायिक साथै स्वरोजगार बनाइसकेको सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा (दियाली) ले जानकारी दिए । उनले युवा स्वरोजगार अन्तर्गत ७५ लाख रुपैयाँ लगानी भइसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि युवा तथा साना व्यवसाय स्वरोगार कोषका उपाध्यक्ष डा.प्रेम दङ्गालले हालसालै सरकारी पुँजी, निजी पुँजी र सहकारी पुँजी रहेको बताउँदै सहकारी पुँजी कम रहेको बताए ।
दुबईमा बराह मिनी मार्केट पाँचकन्या/दुबईमा बराह मिनी मार्केट सञ्चालनमा आएको छ । नेपालमा उत्पादन भएका अग्र्यानिक खाद्यान्न बिक्री वितरण गर्ने योजनाका मार्केट सञ्चालन हुने बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछानेले बताए । दुबाई बसपार्क नजिकै अक्टोबर १४ तारिखदेखि बराह मिनी मार्केट सञ्चालनमा आएको हो ।नेपालमा गोल्डसप , सुपरमार्केट, ट्राभल एबम म्युजिक कम्पनी लगायतका ब्यवसाय सञ्चालन गरेर सफलता प्राप्त गरिसकेको बराहले दुबईमा पहिलोपटक मिनी मार्केट सञ्चालनमा ल्याएको हो । नेपाली दुतावास अबुधावीका कार्यबाहक राजदुत नेत्र टन्डनले रिवन काटेर मिनी मार्केटको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाली सोसियल क्लब युएइका अध्यक्ष सालिक सुवेदी लगायतको उपस्थिति थियो । मिनी मार्केटमा नेपाली माटोमा उत्पादन गरिएका अग्र्यानिक खाद्यान्न राखिने बताउँदै लामिछानेले मिनी मार्केटमा दैनिक जीवनमा आश्वयक पर्र्ने सामान पाउने बताए । बराह ज्वेलरीको लगानी युके, हङ्कङ, सिङ्गापुर चाइनालगायतका देशमा पनि छ । |
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा, पशु सेवा कार्यालयका प्रमुख शिवनाथ महतो, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका योगराज धमला, कृषि विकास कार्यालय सुनसरीका देवनारायण शाह, अनुगमन अधिकृत चण्डीराज नेपाल, चिरञ्जीवी भट्टराईलगायत सहकारीकर्मीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बराह सहकारीका उपाध्यक्ष पूर्णकुमार विश्वकर्माले गरेका थिए ।