रविन भट्टराई ताप्लेजुङ/राडि बुन्नका लागि सुधारीएको आधुनिक तान ताप्लेजुङमा भित्रीए सँगै व्यवसायिक रुपमा राडि बुन्दै आएका महिलाहरुलाई सहज हुने भएको छ । 3 photo Radi घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ताप्लेजुङको प्रयासमा राडि बुनाईका लागि सुधारीएको आधुनिक तान भित्राईएको हो । “जिल्लाका गुरुङ समुदायका महिलाहरु पहिले परम्परागत तान कमरमा बाधेर बसी राडी पाखी बुन्ने गर्थे अहिले यो तान ल्याए सँगै सहज रुपमा कुसीमा बसेर काम गरेझौ बुन्न सकिने भयो, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ताप्लेजुङका प्रमुख नविन पौडेलले भने, ‘यो तानबाट थोरै समयमानै राडि बुन्न सकिन्छ भने बुन्नेको स्वस्थ्य पनि कुनै असर गर्दैन” । अहिले कार्यालयको प्रयासमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत श्रृजनशील राडी पाखी लघु उद्यमी समूह ताप्लेजुङ नगरपालीका ६ गुम्बाडाँडाका महिलाहरुलाई एउटा तानमा बसाएर राडी पाखी बुन्न सिकाईको र चाँडै अन्य चारवटा सुधारिएको तान पनि वितरण गर्ने तयारी भएको प्रमुख पौडेलले बताए । सो क्षेत्रका महिलाहरुलाई समुहमा बसेर राडि बुन्नका लागि सोहि क्षेत्रमा भवन निर्माण गरी मेसीन राखिएको र उनीहरुले समूहमा राडी बुन्ने र बिक्री गर्ने गरेको उनको भनाइ छ । कार्यालयले सुधारीएको राडी बुनाई सम्म महिलाहरुलाई पु¥याउन करीव १५ लाख रुपैयाँसम्म लगानी गरीसकेको कार्यालयको भनाइ छ । राडी बुनाईका लागि साझा सुविधा केन्द्रको भवन निर्माणका लागि ३ लाख ५० हजार, मेसीन खरिदका लागि २ लाख, तालीम, गोष्टीदेखि अन्य मेसीन खरीदसम्म सबै कार्यालयको लगानी रहेको छ भने भवन बनाउनका लागि करीव ४ लाख बराबरको जग्गा भने निशुल्क प्राप्त भएको कार्यालयले बताएको छ । हाल भेडाको उनबाट निर्माण गरिएको राडि ताप्लेजुङमा ३ हजार ५ सयदेखि साइज हेरी ५ हजारसम्ममा बिक्री गर्ने गरेको व्यवसायी महिलाहरुले बताएका छन् । ताप्लेजुङमा बुनिएको राडी गुणस्तरीय र बलियो हुने हुँदा जिल्ला बाहिर पनि खपत हुने गरेको छ । फोटो:सुधारीएको आधुनिक तानमा राडि बुन्दै महिलाहरु । तस्विर:रविन भट्टराई