Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • भकारो सुधार कार्यक्रम प्रभावकारी

भकारो सुधार कार्यक्रम प्रभावकारी

  • असोज १४, २०७३
  • ब्लाष्ट खबर

इलाम/ रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले थालिएको भकारो सुधार कार्यक्रम प्रभावकारी देखिएको छ । तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको कार्यक्रमअन्तर्गत गाईभैँसी, बाख्रालगायत विभिन्न पशुको मलमूत्रलाई व्यवस्थित ढङ्गले जोहो गरेर खेतीबारीसम्म पु¥याउन कृषकलाई प्राविधिक र पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । रासायनिक मलकै तुलनामा पशु मलमूत्रले उब्जनी हुने र स्वस्थकर हुने भन्ने चेतना किसानमा आउन थालेपछि सो कार्यक्रमप्रति आकर्षण बढेको हो ।

“आफ्नो गोठ सुधार गरेपछि खेर गइरहेको गाईभैँसीको गोबर र गहुँतको प्रभावकारिता बढ्दो रहेछ,” जीतपुरका प्रेमसागर बरालले भन्नुभयो । गाविसले कृषि विकास कार्यालयसँग समन्वय गरेर कृषकलाई अनुदानसहित भकारो सुधार कार्यक्रम सञ्चालन गरेको छ । बालीमा लाग्ने किरा नियन्त्रण गर्ने र माटोको उर्बराशक्ति बढाउने मुख्य उद्देश्य लिएर कृषि र गाविसको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको जीतपुर गाविसका सचिव युवराज घोसाइले बताउनुभयो । गाईभैँसीको गोबर र पिसाबलाई सङ्कलन गरेर रासायनिक मलको सट्टामा प्रयोग गर्न सकिने कृषि प्राविधिक बताउँछन् । यसका लागि भकारोलाई घामबाट जोगाउन छाप्रोको व्यवस्था गर्नुपर्ने हुन्छ ।

जीतपुरका ४२ घरधुरीलाई गोठ पूर्वाधारका निम्ति अनुदान सहयोग दिइएको छ । अगुवा किसानलाई लक्षित गरेर सो अभियान आगामी वर्षबाट गाउँभरि सञ्चालन गर्ने र अर्गानिक गाउँको रूपमा विकास गर्ने गाविसको दीर्घकालीन योजना रहेको सचिव घोर्साले बताउनुभयो ।जिल्लाका माइपोखरी, इलाम नगरपालिका, नामसालिङ, एकतप्पा, सूर्योदय नगरपालिका, गोदकलगायतमा यसअघि करिब ५०० जना कृषक सो कार्यक्रमबाट लाभान्वित भइसकेका छन् । गत वर्ष कार्यालयले ३० किसानलाई सेवा दिएको कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्ले बताउनुभयो । कार्यालयले गड्यौले मल उत्पादनमा पनि सघाउँदै आएको छ । रासस

सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

ढाका । बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई ...

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध म ...

दुर्गा प्रसाईंको पनि दल

धरान । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि दल दर्ता भएको छ । प्रसाईं संरक् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
दुर्गा प्रसाईंको पनि दल
बीपीमा सिस्टम अपग्रेडका नाममा बिरामीलाई सास्ती
आजबाट एनपीएलः उपाधि जित्ने लक्ष्यमा विराटनगर किङ्स
करिब तीन सय केजी गाँजासहित दुई पक्राउ
बचत पत्रः सरकारी ऋणपत्रको आकर्षण, विकल्प र वास्तविकता
आजको राशिफलः २०८२ साल मङ्सिर १ गते सोमबार
तिमी ध्वजे चढ्यौ ?
जटिल बन्दै ‘मधुमेह’ रोग
उद्यमशीलको खुद मुनाफा ५१ लाख
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो
वराहक्षेत्र र धरानमा निःशुल्क मधुमेह स्क्रिनिङ
आजको राशिफलः २०८२ साल कात्तिक ३० गते आइतबार
डग स्न्यापिङमा १२ जना लागूऔषध प्रयोगकर्ता पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved