धरान/गरिबीका सबै मोडहरु पार गरेका धरान–२२ देउरालीका भीम लिम्बू ‘केबल’ बाट मनग्यै कमाउनेमा दरिन्छन् । केबल सञ्चालनबाटै उनले आप्mनो परिचयसमेत फेरेका छन् । उनी देउरालीका सेलिब्रेटीमा दरिन्छन् । कुनै बेला दिनभरि काम गरेर ३ रुपैयाँ पनि कमाउन मुस्किल पर्ने लिम्बूले अहिले ६ जनालाई रोजगार सिर्जना गरेका छन् ।

pppp

आपू त रोजगार छन् नै, परिवारलाई समेत रोजगार दिन सफल छन् । यस्तो समय पनि थियो, जति बेला दैनिक रोजगार खोज्न लिम्बू नेपाल मात्रै होइन, भारतका शहरहरुसमेत चहारे तर उनको गरिबी टार्ने रोजगार कहिल्यै फेला पार्न सकेनन् । गरिबीको पीडा पत्रैपत्रले बनेको पहाडजस्तो गरी ठडिएकै बेला भएका दुई श्रीमतीले समेत छाडे । त्यस बेला मात्रै उनले सच्चा गरिबीको अर्थ बुझे । त्यसपछि उनको दिमागमा ‘सम्पत्ति’ नै सब थोक रहेछ भन्ने परेछ । त्यसपछि पैसा कमाउन उनले के मात्रै गरेनन् ? अन्त्यमा २०४३ सालबाट लिम्बूले मजदुरी गर्न थाले । त्यही मजदुरीबाट काम सिक्दै उनी मिस्त्री बने । उनले ठेक्कापट्टा गर्न थाले । यही ठेक्कापट्टाले नै जीवन बाँच्ने आधार दियो र पनि उनी सन्तुष्ट भने थिएनन् । उनको दिमागमा ठेकेदारीभन्दा अर्को केही थिएन । त्यसै बेला प्रकाशपुरको राजाबासमा गाउँले साथी सुकमान लिम्बूले केबल चलाएको उनले देखे । देउरालीमा केबल थिएन । केबल ल्याइदिन उनी पानबारी केबलमा धाए तर २ लाख रुपैयाँ खर्चेर सञ्चालकले ल्याउन नसक्ने जनाएपछि उनी धरान आए । धरानका केबल सञ्चालकले समेत लैजान नसक्ने सङ्केत गरेपछि उनी आपैmँले गर्ने आँट गरे तर उनमा प्राविधिक ज्ञान थिएन । तीनजनाले ३०–३० हजार रुपैयाँ सङ्कलन गरी ९० हजारको लगानीमा २०६४ सालमा पाँचवटा च्यानल आउने केबल साझेदारीमा सञ्चालन गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘प्राविधिक ज्ञान थिएन तर पानबारी र धरान धाउँदा पनि कसैले दिएनन् ।

पानबारीमा पनि केबल चल्छ र ? भन्दै प्रश्न गर्थे ।’ तर अहिले उनी केबलकै कारण त्यहाँका चिरपरिचित व्यक्तित्वमा गनिन्छन् । ठेकेदारी र केबलबाटै उनले दुईवटा घर र खैरेनीमा एक कठ्ठा चारधुर जग्गासमेत जोडेका छन् । यही पेशाबाटै धेरै परिवारको खुसीलाई जोडेका छन् । मासिक ५ हजारदेखि ९ हजार रुपैयाँसम्म तलब दिएर कर्मचारी राखेका छन् । यसैबाट दुई छोरालाई रोजगार दिलाएका छन् । ‘छोराहरुसमेत यही पेशामा आबद्ध भएका छन् ।’ उनी भन्छन् । लिम्बू अहिले खुसी छन् । पैसा नहुँदा क्यासेटसमेत बिक्री गरेर जीविकोपार्जन गर्ने लिम्बू अहिले केबलबाटै मासिक ४० हजारसम्म आम्दानी गर्न सफल छन् । यसैबाट आठजनाको परिवार पालेका छन् । अहिले कान्छी श्रीमती साथमा छन् । पैसा नभएकै कारण दुईवटा श्रीमतीले छाडेको गहिरो पीडा उनीसँग अभैm ताजै छ । भावुक हुँदै उनी भन्छन्, ‘सासूले एक चपरी माटो नहुनेले के मेरो छोरी बिहे गरेको भन्ने वचनसमेत लगाएको सम्झन्छु ।’ तर अहिले उनीसँग तीन–तीनवटा घर छन् । उनी थप्छन्, ‘मान्छेले आँट चाहिँ गर्नुपर्ने रहेछ ।’ २०६४ मा पाँचवटा नेपाली च्यानल चलाएर अघि बढेका उनीसँग अहिले विधान केबल नेटवर्क प्रालि नामक आप्mनै कम्पनी छ । घरमा ६ वटा छाता टाँगिएका छन् । अहिले एकसय ४ वटा च्यानल चल्छन् उनको केबलबाट । केबलको छुट्टै कम्पनीको तयारीमा लागेका छन् यतिखेर उनी । ‘अहिले सन्तुष्ट छु । केबल राम्रैसँग चलेको छ ।’ उनी भन्छन् । प्राविधिक ज्ञान नभएका उनले केबलसम्बन्धी ५० प्रतिशत ज्ञान पाइसकेका छन् । ‘नयाँ–नयाँ प्रविधिबारे अभैm जानिसकेको छैन, सिक्दै छु ।’ उनी थप्छन् । ९० हजारको शेयर आप्mनै बनाएका उनले यसमा लाखौँ लगानी थपिसकेका छन् ।