ए छिटो जा.. नै... निदाइसकी क्या हो...? भन्दै अगाडिको सियानालाई आँखा ठूला पारिदिएँ मैले । लुकिङ ग्लासबाट बाहिर हेरेको मात्र थिएँ, होण्डाले पछाडिबाट आँखा तर्दै रहेछ । के गर्छस् त बा..., तेरा लागि मैले उड्न भएन भन्दै मैले पनि आँखाको जवाफ आँखैले दिएँ । बाहिर निस्केर पाखुरा सुर्कनुपर्ने भए पो त्यसको जीउडाल विचार गर्नु, गाडीभित्रबाट गाली गर्नलाई के भो र । ए रातै...ड्राइभरको सिटमा बसेपछि स्याल पनि बाघ नै हुनुपर्ने ? कस्तो होला यो सिट ? अगाडिको गाडी नगएसम्म पछाडिकाले केही नाप्न सकिँदैन तर पनि सबैले नापुँलाभैंm गर्नैपर्ने...? अगाडि जान केही चानस पर्ला कि भनेर आँखालाई पल्लो लेनमा लगेँ । उता फोर्डले म्याराथुनमै भाग लिएजस्तो रहेछ । फोर्डका पछाडि क्याम्री, कोरोला, कुपर ज्यान फालेर आएकाले र लेन चेन्ज गर्नलाई आँट आएन । उनीहरु तुफानले हुइँकिएको देख्दा घुटुक्क थुक निल्दै आप्mनो पालो पर्खेर बिस्तारै जानुबाहेक केही थिएन मेरो । सियानाको स्पीड लिमिटभन्दा तलको हिँडाइले मलाई मात्र नभएर ...म पछाडि बस्ने सबैलाई रिस उठिसकेको छ तर पनि लेन चेन्ज गर्न उपयुक्त समय नहुञ्जेलसम्म उसकै सारमा सबैलाई हिँड्न करै लागिरह्यो । बल्ल–बल्ल अर्को लेनमा गाडीहरु पातलो भएकाले होण्डाले ओभरटेक ग¥यो । ल ..ल.. जा अर्को स्टप लाइटमा भेटौँला भन्दै पालो पर्खेर बसेँ म । नभन्दै केही बेरमा पल्लो लेनका गाडी पातलिए र मैले पनि स्पीड बढाएँ । शहरबाट गाउँ र गाउँबाट शहर हुँदै ६० माइलको बाटो डेढ घण्टा खर्च गरेर काममा पुग्नु र फर्कनु अचेल मेरो दैनिकी भएको छ । शहरमा बाक्लै भएका गाडीहरु गाउँ पुग्दा पातलिन्छन् । कहिले आपूmमात्र हुन्छु बाटाभरि भने कहिले नराम्ररी जाममा पर्छु । धेरै बेर टाढा हिँड्नु पर्दा गएका हरेक मिनेट साह्रै महत्वपूर्ण हुँदा रहेछन् । काममा पुग्नलाई सबैभन्दा छोटो बाटो हाइवे ४०१ भएकोले मैले त्यही बाटो रोजेँ जान–आउनलाई । एउटा मात्र लेन भएको बाटो भएकोले धेरैजसो आपूmअगाडि ठूला गाडी भेटिन्छन् । पसलका सामान बोक्ने ट्रकलाई पनि त्यही बेला हिँड्नुपर्ने, खेत जोत्ने ट्रयाक्टरलाई पनि त्यही बेलै हिँड्नुपर्ने । तिनीहरु दायाँबायाँ नलागुञ्जेल पञ्चमीमा पाइला गनेजत्तिकै हुन्छ । बेलाबेला त साह्रै झोँक चल्छ तर बाटो सबैको साझा हो । उनीहरुले हिँड्न नपाउने कुरै छैन । बाटामा ५ मिनेट ढिलो हुँदा समयमा काममा पुग्न सकिँदैन । कति दिन ट्राफिकले गर्दा ढिलो भयो भन्ने साह्रै गाह्रो हुँदो रहेछ तर पनि भन्न कर लाग्छ । हाकिम पनि ४५ मिनेट खर्चेर आउने भएकोले उसले बुझेको छ बाटाको समस्या तर सबैले बुझेको हुँदैन । मनमा कुरा खेलाउँदै खुल्ला बाटो पाएसम्म छिटो जान कोशिस गर्छु । गाउँमै जन्मेर, हुर्केर होला– शहरबाट गाउँ पस्दा निकै रमाइलो लाग्छ । बाटोको दायाँ–बायाँ मौसमअनुसारको खेती भेटिन्छन् । कतै सुर्ती त कतै कपास, कतै मकै त कतै भटमास खेती देखिन्छन् । ती सबै बालीहरु फस्टाएका देखिन्छन् गाडीबाट । नजिक गएर छाम्ने रहरलाई बाँधेर मनभित्रै राख्नुपर्छ बाटामा हिँड्दा । विनासूचना केही गर्न पाइँदैन । परबाट सधैँ सप्रिएको बाली देख्दा किसानहरु कहिल्यै फेल हुँदैनन् जस्तो लाग्छ । आकाशबाट समयमा पानी नपर्दा ब्याडको बीउ डढेर फेल भएका किसान, खेतीको सिजनमा मल–बीउको भाउ बढेर किन्न नसक्ता फेल भएका किसान, त्यति गरेर पनि केही गरी लगाएको बाली सप्रेर राम्रो भइहालेछ भने बेच्ने बेलामा भाउ घटेर फेल भएका किसानहरु देखिरहेका आँखाले सधैँ सप्रिएका किसान देख्दा अचम्म लागेर आउँछ । जिम्मेवार ओहोदामा बस्नेहरु दूरदर्शी भए भने किसानले पनि सुख पाउँछन् कि ? बाटामा गाडी पातलिएका बेला मनमा कुरा खेल्छन् । सबै आ–आप्mनै सुरमा हिँडिराखेका बेला पर पुलिसको लाइट बलेको देखियो । ला... आज कसलाई खाजा खायो पुलिसले भन्दै पर हेरेका आँखालाई हत्त न पत्त आप्mनो स्पीडमा ल्याएर ठोक्काए । धन्न धेरै कटेको रहेनछ । पुलिसलाई देखेपछि अरुले पनि गाडीको कान निमोठेर लिमिटमा आए । नजिकै पुग्दा डजलाई पुलिसले सोधपुछ गरिराखेको रहेछ । त्यस्तो ठूलो बिग्रेको भत्केको केही नदेखिएकोले शायद डजले स्पिडिङमै टिकट पाएको होला भन्ने लाग्यो । अघि ओभरटेक गरेर जाने होण्डा फेरि भेटियो । मनमनै अघि बुर्कुसी मा¥या थिस् नि... धन्न पुलिसको फेला परिनस् भन्दै बिस्तारो म पनि अघि लागेँ । अलि पर पुगेपछि मान्छे न हो, सबै पछि हेर्दै अघि कुद्दै । बाटोमा विभिन्न थरीका गाडी भेटिरहन्छन् । आप्mनै सारमा हिँडिरहेका बेला कहिलेकाहीँ दायाँ–बायाँ मोडिने गाडीले सिग्नल नदिँदा अचानक ब्रेक लाउनुपर्ने हुन्छ । बल्लबल्ल अगाडिको गाडीलाई जोगाउँदा थुक्क भाते तँलाई जानु थियो भने अघि नै किन भनिनस् भन्दै गाली पनि गर्छु । कसै–कसैले त हर्न बजाएर त्यसको सातो खाइदिन्छन् । लामो बाटोमा दैनिक हिँड्दा धेरै कुराहरु सिकेँ पनि मैले । अगाडि–पछाडि दायाँ–बायाँ सबैतिर विचार गर्न बानी पर्दै गएँ तर जति नै सिके पनि अगाडि–पछाडिका गाडीहरु कसरी हिँडिराखेका छन्, त्यसमा धेरै कुरा भर पर्ने रहेछ । बेक काउन्टी काटेर हार्नेंट काउन्टीमा जाँदै गर्दा फेरि पुलिसको बत्ती बलेको देखियो । बत्ती देखेपछि सबै होशियार भइहाल्यौँ । दुर्घटना भएको रहेछ । एम्बुलेन्स सातै खाने गरी साइरन बजाउँदै आयो । खुट्टा थरर्र कामे । कसलाई आज दशा लाग्यो नि, यति बिहानै भन्दै आइपर्ने नराम्रा कुराहरुले मनमा घर जमाइहाले । सबै गाडीहरु रोकेर पुलिस अफिसरहरु किया र क्राइस्लरभित्रका मान्छेहरुको उदार काममा जुटेका रहेछन् । धन्न यी दुईमध्ये एक हुन परेन... फेरि एकपल्ट खुट्टासँगै शरीर पनि काम्यो । अलि धेरै नै पछाडि भएकीले कत्रो चोट लाग्यो, देखिनँ तर एम्बुलेन्स र पुलिसका गाडीहरु धैरै देख्दा ठूलै दुर्घटना भएको अनुमान गरेँ । हामीलाई रोकेर उनीहरु सकेसम्म ती बिरामीलाई चाँडोभन्दा चाँडो अस्पताल लान चाहन्थे । सबै रोकिएकाले लगे पनि । बिरामी लगिसकेपछि हामीलाई बिस्तारै पास हुन दिए । दुर्घटना भएको ठाउँमा रगतका टाटाहरु आलै रहेछन् । त्यो देखेर शरीर त्यसै फुलेभैंm भयो, मन धेरै डरायो । मैलेजस्तै छिट्टै घर फर्कनका लागि छोराछोरी नउठी तिनीहरु पनि काममा हिँडेका थिए कि..? अथवा परिवारका सबै कतै घुम्न पो निस्किएका थिए कि...? के भएर त्यस्तो ठूलो दुर्घटनामा परे होलान् यति बिहानै भन्दै मनमा कुरा खेल्न थाले । एक मनले निकै भावुक बनायो । म किन छोराछोरी र उनीहरुका बासँग एक शब्द पनि बोल्न नपाई हिँड्छु सधैँ ? केही भयो भने त सकिहाल्यो नि, के जागिर नै सबैभन्दा ठूलो हो र ? एक मनले भन्यो । अर्को मनले सबै कुरा आप्mनो ठाउँमा ठूलै हुन्छ, तेरालागि परिवार ठूलो हो तर तैले काम गरेको कम्पनीको लागि तेरो काम ठूलो हो, नत्र तँलाई किन उसले तलब दिन्छ...? हिँड्दा विचार गर् । न्याउरी...पछि पछुताएर केही हुँदैन, तैँले जीवनभरि बाँच्नुपर्छ, ५ मिनेट ढिलो भएर पनि केही हुँदैन, ५ मिनेट छिटो भएर पनि केही हुँदैन । जीवनको तलमाथि ५ सेकेन्डभित्र हुन सक्छ, विचार गरेर हिँड्, हाब्रो बाएरमात्र हुन्छ ? भन्दै झपार्योंै । उसले झपारेपछि म पनि ठीक ठाउँमा आएँ र बिस्तारै अघि लागेँ । आप्mनै सारमा गइराखेको बेला स्कुल जोन र पहेंलो छाना भएको स्कुल बस भेटिए । स्कुलको २–३ किमी वरिपरिको भागलाई स्कुल जोन भन्दा रहेछन् जहाँ स्पीड लिमिट ३५ पर आवर माइल मात्र हुन्छ । स्पीड लिमिट देखेपछि सबैले स्पीड घटाएर हिँड्यौँ । केही समयपछि स्कुल जोन त कट्यो तर आपूm अगाडि स्कुल बस भएकोले उसलाई ओभरटेक गर्न मिलेन । स्कुल बसलाई ओभरटेक गर्नु भनेको जरिवाना चिलाउनु भएकोले ऊ दायाँ–बायाँ नलागुञ्जेल काममा जानेलाई ठूलो चिन्ता हुने रहेछ । सबै कुरा आप्mनो स्थानमा उत्तिकै महत्वपूर्ण हुन्छन् । स्कूल बसलाई नानीहरु स्कुलमा सकुशल पु¥याउनु महत्वपूर्ण कुरा हुन्छ भने काममा जानेलाई काममा समयमा पुग्नु महत्वपूर्ण कुरा हुन्छ तर अगाडि स्कुल बस भेटिएपछि जति नै छिटो जानेले पनि उसको सारमा नहिँडी नहुने भएकोले हामी सबै गाईको बाछो आमासँग पछि लागेजस्तै स्कुल बसका पछिपछि लाग्यौँ । ऊ हिँडे हिँड्यो, ऊ विद्यार्थी चढाउन रोकिए रोकियो । नियम नाघेर जान कसलाई ५०० डलर चिलाएको छ र ? बेलाबेला सोच्छु– कानून बनाउनुभन्दा कानून पालना गर्नु चाहिँ ठूलो कुरा रहेछ । कानून मिच्नेले आँखाअगाडि सजाय पाएपछि सबैलाई मान्न कर लाग्ने रहेछ । बाटोमा गइरहँदा लिलिङटन आइपुगेछ । त्यहाँ पुग्दा सधैँ इतिहासमा पढेको गोरखाको लिगिलिग कोटको याद आउँछ । सम्झनाको इतिहासलाई पल्टाउँदा राजा हुनका लागि लिगलिग कोटमा धेरैले धेरैपटक दौडेका थिए तर द्रव्य शाह मात्र दौडमा जितेर राजा भएका थिए रे । इतिहासमा पढेको कुरालाई ऐले मैले हिँड्ने बाटोमा भेटिएको लिलिङटनले मलाई सम्झाइरहन्छ । केपफेयर रिभर कट्नेबित्तिकै आएको सानो बजार लिलिङटन रहेछ । केप फेयर बिहान सधैँ गाँजा लागेर बसेकोजस्तो देखिन्छ लिलिङटन को छेउमा । रुखका ठुटा जोडेर पारेको धुनी र त्यसले बनाएको कुहिरीमण्डलभैंm लाग्छ लिलिङटन वरिपरिको आकाश । आँखाले १० फिटभन्दा अगाडि देख्न हम्मेहम्मे पर्छ । खोलाबाट पानीको बाफ आकाशतिर जाँदै गर्दा बनाएको अँध्यारोपनले आज पनि सबैलाई सचेत हुन कर लायो । हरेक गाडीहरुले हतार–हतार तातोपनलाई बढाएर अगाडिको शिशा सफा गरे । मैले पनि गाडीको शिशा पुछेँ । बजार आएपछि बिस्तारै कुहिरो हराएकोले थोरै मात्र भए पनि आँखालाई सजिलो भयो । हरेक साना बजार कट्नेबित्तिकै बाटाको छेउमा अर्को बजार अथवा शहर पुग्न लाग्ने समय लेखिदिँदा बाटामा हिँड्ने यात्रीलाई धेरै सजिलो हुने रहेछ । बाटाको छेउमा सूचनाबाहेक अरु केही पनि नभेटिने भएकोले हिँड्ने मान्छेलाई पनि कतिखेर आप्mनो गन्तव्यमा पुगिन्छ भन्ने ध्याउन्न नै धेरै हुँदो रहेछ । लिलिङटनको सानो बजार कटेपछि छेउमा अभैm मैले २७ माइल जानुपर्ने देखायो । घरी घडी, घरी आप्mनो गति र घरी बाटोको गति हेर्दै म तलतिर लाग्छु । घुम्तीमा भेट भएका साथीजस्ता लाग्छन् गाडीहरु । अघि सँगै हिँडेका मुस्किलले एउटा–दुइटा भेटिन्छन् । जो जहाँ भटिन्छन् तिनीहरुलाई नै साथी बनाउँदै हिँड्न अभ्यस्त म अनौठो मान्दिनँ अचेल । काममा जाँदै गर्दा दुइटा नयाँ सूचना भेटिए । एउटा बाटो मर्मत गर्दै गरेको र अर्को बिजुलीको पोल मर्मत गर्दै गरेको । स्पीड घटाउनुपर्ने रे । २ माइल अगाडि नै सूचना पाएकोले यात्रुहरु सबै सचेत हुँदै गयौँ । नभन्दै मर्मत गर्ने ठाउँमा एउटा लेन बन्द भएकोले कामदारहरु गाडीहरु रोकेर पालैपालो सबैलाई पठाइरहेका रहेछन् । एक छिन पर्खदा घडीको सुईले चाहिँ बुर्कुसी मारिहाल्ने भएकोले अलि प्रेसर बढेजस्तो हुन्छ तर उपाय नभएपछि पर्खिन कर नै लाग्छ सबैलाई । केही समय पर्खिएपछि अगाडि जाने पालो आयो । अब त शहरको निकै नजिक आइसकेछु । स्कुल जोन, स्कुल बस, किसानका खेत जोत्ने ट्रयाक्टर र बाटोका कामहरु सबैलाई झेल्दै हिँडिरहँदा साँच्चै आपूmले काम गर्ने अफिस भएको शहर फेयतभिल देखियो । २–४ वटाका अघिपछि भएर हिँडिराखेको बेला एकाएक चारतिरका गाडीहरु भेटिएर बाटो भरियो । बाक्लिएका गाडीको भीडभाडमा आपूmलाई धेरै सचेत गराउँदै हिँड्छु । तीनवटा लेनमा कतै खुट्टो टेक्ने ठाउँ हुँदैन, त्यै पनि लेन चेन्ज गर्नेहरु त्यतिकै भेटिन्छन् । त्यस्तै भीडमा फेरि मोटर साइकलहरु कुखुराको भाले जता पायो त्यतै कुदेभैंm कुद्न खोज्छन् । उनीहरुसँग धेरै होशियार हुनुपर्छ । काममा पुग्ने समयका हरेक मिनेटहरु झन् धेरै महत्वका हुन्छन् सिटी छिरेपछि । पुलिसहरुले पनि आप्mनो जागिर खाइराखेकाले उनीहरुलाई झन् विचार गर्नुपर्छ । ए... अब त काम गर्ने अफिस नै देखिसक्यो । कसो समयमा नपुगिएला त ....?