धरान / सेउती खोलामा निर्माण भइरहेका पुलहरुमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) कागजमा मात्रै सिमित गरिएको पाइएको छ । हाल धरान जोड्ने पुलहरुको इआइए र आइइइ कागजी मात्रै सिमित भएको पाइएको हो । पुलहरु निर्माण गर्दा स्थानीय आवश्यकता हेरी वातवारणलाईसमेत ध्यानमा राखेर निर्माण गर्नु पर्ने प्रावधान छ । तर, हाल निर्माण भइरहेको पुलहरुमा त्यस्तो प्रावधान कागजमा देखिने भए पनि व्यवहारमा भने हुने गरेको छैन् । तर, निर्माणमा प्राविधिक परामर्श गरिरहेको स्थानीय सडक पुल कार्यक्रम (एलआरविटी) ले कागजमा मात्रै नभई व्यवहारिक रुपमा ठेक्का लाग्नु अघि नै गरेको दाबी गरेको छ । pul तर, कागजपत्र आइपुगेको नपुगेको बारेमा जानकारी नभएको बताएको छ । प्राविधिक रुपमा खटिएका सव इन्जिनियर पुलको गुणस्तर निरीक्षक सव इन्जिनियर सुर्यनारायण चौधरीले सम्बन्धित वन कार्यालय, सामुदायिक वनहरु र स्थानीयवासीसँग छलफल गरेरै सम्बन्धित कार्यालयमा कागजपत्र पठाएको बताए । ‘स्थानीय वन उपभोक्ता समिति, वडा कार्यालय, जिल्ला वन कार्यालयबाट डकुमेन्टमा खासै प्रभाव नर्पने भनेर केन्द्रमा पठाएका छौं ।’ उनले फोनसम्पर्कमा भने । कागजी इआइए र आइईई हुने गरेको कारण वातावरणमा पर्ने प्रभावको बारेमा भने व्यवहारिकता अपनाइएको पाइदैन् । स्थानीयवासीहरुलाईसमेत पुल भए काफी हुने गरेका कारण दिर्घकालीन असरको बारेमा ध्यान दिने गरेका छैनन् । जसका कारण दिर्घकालीन समस्या आउने गरेका विज्ञहरुको विभिन्न सुझाव तथा अध्ययनले देखाएको छ । आइइई र इआईए व्यवहारिक रुपमा गरेको बारेमा जिल्ला विकास समितिका प्राविधिकहरुलाईसमेत जानकारी छैन् । तर, आइइई र ईआइए भएको भन्दै जिविसमा सूचना टाँस गरेको बारे आफूलाई जानकारी भएको जिविसका वातावरणविद् पुष्पनारायण चौधरीले बताए । ‘पुल निर्माणको क्रममा सूचना चाही निकालेको सम्म मलाई थाहा छ ।’ उनले भने ‘तर, व्यवहारिक रुपमा के भयो त्यो एलआरविटीकै इन्जिनियरहरुसँग बुझ्नुस् ।’ सेउती क्षेत्रमा मात्रै हाल दुईवटा पुलहरु निर्माण भइरहेका छन् । काठेपुलमा उपभोक्ताहरुकै बलमा पुल निर्माण भइरहेको छ भने चुरेफेदी मार्ग अन्तर्गत धरान(२३ पानबारी र धरान(१५ जोड्ने पुल निर्माण भइरहेको छ । हरेक क्षेत्रमा निर्माण हुने पुलहरुमा वातावरणीय जोखिमलाई उतिसारो ध्यान दिने गरेको पाइदैन् । वातावरण विद्हरुको तर्क भने पुलै निर्माण गर्दा वातावरण बिग्रिने भन्ने नभएको तर, ‘नेचरसँग एडप्ट’ हुने र नदीको बहावलाई नमोडिने हिसावले पुल निर्माण गर्न सुझाव दिन्छन् । वातावरण अधिकृत चौधरी भन्छन् ‘वातावरणीय हिसावले कस्तो प्रभाव पर्छ त्यो मलाई हेक्का छैन् । तर, तुलनात्मक रुपमा हेर्दा जनताको आवश्यकता कति छ । पुलै बनाउँदा वातावरण विग्रिने भन्ने छैन् ।’ इआइए र आइईई गरेको विषयमा समेत सेक्टर वन कार्यालयलाई कुनै जानकारी नभएको पाइयो । सेक्टर वनका सहायक वन अधिकृत ज्ञानकुमार लामाले जिल्ला वनका वनविज्ञहरु ल्याएर गरेको हुन सक्ने त्यस बारेमा आफूहरुलाई जानकारी नभएको बताए । ‘जिल्लाको विज्ञ ल्याएको हुन सक्छ । तर, हामीलाई यस बारे जानकारी छैन् ।’ बाझोगरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तानले वातावारणको विषयमा छलफल भए पनि सबैको एकमत चाही पुल निर्माणमै रहेकाले वातावरणले यस्तो असर गर्छ उस्तो गर्छ भन्ने बारेमा कुनै जानकारी नदिइएको बताए । ‘विकासको काममा बढी ध्यान दिइयो । वातावरणमा यो यो असर पर्छ भनेर ज्ञान दिइएन् ।’ उनले भने ‘पुल बनाउनु पर्छ भनेर जोड दिइयो ।’ उनका अनुसार त्यस बेलामा जिल्लाबाट आएका अधिकृतहरुले वातावरणमा केही असर गर्ने बताएको र पनि धरान र पानबारीलाई जोड्ने कुरामा सबैको एकमत भएकाले पनि विकासको लागि आँखा चिम्लिएको पाइयो । वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ अनुसार आइइई र इआई गर्नु पर्ने प्रावधान रहेको छ । जसमा सार्वजनिक सुनुवाईसमेत गर्नु पर्ने व्यवस्था रहेको छ ।