विजयपुर । टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।
गाउँपालिकाको सूचनाअनुसार शिविर चैत २७ र २८ गते कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन, अन्नपूर्णमा सञ्चालन हुनेछ । गाउँपालिकाका विद्यालय तथा समुदायस्तरमा आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरूको पहिचान गरी निःशुल्क उपचार तथा शल्यक्रिया गरिनेछ । विशेषगरी मोतिबिन्दु र मासु पलाएको जस्ता आँखाका समस्याको शल्यक्रिया गरिने जनाएको छ । शिविर नेपाल नेत्र ज्योति संघ भोजपुर र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ भने गाउँपालिकाको सहकार्य रहनेछ । गाउँपालिकाले इच्छुक बिरामीहरूलाई सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था वा विद्यालयमार्फत सम्पर्क गरी नाम दर्ता गराउन अनुरोध गरेको छ ।
































