असार महिना घाम पश्चिम क्षितिजमा रक्तिम भएर बास बस्ने तयारीमा छ । घामका किरणले स्पर्श गरेका ठाउँ पनि रक्तिम भएको छ । सूर्यको किरणले रातो बनाएको खेतको पानी रातो छ । किसानहरु एउटा आलीबाट अर्को आलीका छिमेकीलाई अब घर जाने बेला भएको जनाउ दिँदै काँधमा कोदालो राखेर आप्mनो खेततिर नियाल्छन् । कोही भोलि रोपाइँ गर्नुपर्ने भएकोले आपूm खेतमा पानी भरेर आउने बताउँदै पानी मिलाउन बस्छन् । bag खेतको एउटा किनारमा शीतलमा बस्न र पानी पर्दा ओत लाग्न बनाइएको सानो झुप्रोमा एउटा पुरानो झोला बोकेर पर कतै केही खोजेजस्तै आँखा डुलाउँदै अलि उत्साह र जाँगर भरिएको मुद्रामा अभियान बसिरहेका छन् । अभियानलाई खोज्दै सिर्जना त्यहीँ आइपुग्छिन् र भन्छिन्, ‘अभियान † तिमीले यो बेलामा मलाई किन यहाँ बोलाएको ? तिमी घरमै आउनु पर्दैन थियो ? साँझमा गाउँलेहरुले देख्ता हामीलाई के भन्छन् ? एक त गाउँलेहरुले कुरा काट्न जान्दैनन् ।’ सिर्जनाको कुरा सुनेर अभियान भन्छन्, ‘तिम्रो कुरा एक पक्षले ठीक छ । तर हाम्रो गाउँ, हाम्रा आप्mना मानिस यिनीहरु नै हुन् । यी मानिसले अहिले कुरा काट्लान तर भोलि गल्ती महसुस गराउने जिम्मा हाम्रो हो । हेर न, गाउँका आमा, दिदीबहिनीहरु, बुबा, काका, दाजुभाइहरु सबै सामान्य किसान हुन् । उनीहरु जे देख्छन्, सोझो कुरा भन्छन् । किन यहाँ बसे, यिनीहरुले के गर्न लागेका होलान् भन्नेबारेमा विश्लेषण पनि गर्दैनन् । त्यसो गर्नुपर्छ भन्ने ज्ञानको अभाव छ । सिर्जना † इमानदार मानिसको सोच नै यस्तै सोझो हुन्छ ।’ ‘अनि अभियान † तिम्रो काँधमा झोला झुण्डिएको छ । किन बोलाएको ? अब भन न त ।’ सिर्जनाले भनिन् । ‘हो, आज मैले जानेर, बुझेर नै यहाँ भेट गर्न बोलाएको । मैले तिमीसँग बिदा माग्नलाई बोलाएको ।’ अभियानले भने । ‘होइन, तिमी यो के भन्दै छौ ? तिमीले त मसँग जीवनभरि सँगै बस्ने अठोट गरेका थियौ त । अनि त्यो अठोट यति छिट्टै कसरी बिर्सियौ ? हिजो कसरी यस्तो विश्वास दिलायौ ? अहिले बिदा माग्न तिमीलाई कसरी आँट आयो ?’ सिर्जनाले आक्रोश व्यक्त गरिन् । अभियानले शान्त भावमा पर क्षितिजतिर एक टकले हेर्दै अलिक दबेको स्वरमा भने, ‘सिर्जना † तिमीसँगको वाचा मैले भत्काएको छैन । बिर्सेको पनि छैन । म कहिले भुल्ने छुइनँ तर म तिमीसँग बिदा माग्न चाहिँ आएको हो ।’ ‘कस्तो बिदा ? किन बिदा माग्दै छौ ?’ सिर्जना भन्छिन् । अभियानलाई एक टकले हेर्दै अलिक भावुक देखिएकी सिर्जनाको मुटुमा एक प्रकारले आँधी आउँछ । मनभित्र अनेक तरङ्ग पैदा हुन्छन् । के हुँदै छ, यो बुभ्mन आपैंm कोशिस गर्छिन् तर कालो बादलले ढाकेको मस्तिष्कबाट बादल हटेन । उनी थचक्क बसिन् र भूइँ कोट्याउँदै भनिन्, ‘खोई अभियान † म अहिले केही बुझिरहेकी छैन । यी १० वटा वसन्त र हिउँद जो हामीले एक–अर्काको हात समाएर यी बाटामा पर्ने खोल्सी पार ग¥यौँ । प्रत्येक दिन स्कुल जाँदा र आउँदा एउटाले अर्काको साथ छाडेनौँ । स्कुल लगेको खाजा बाँडेर खायौँ । अनि स्कुलमा सरले मलाई गाली गर्दा तिम्रो मन दुखेको मैले थाहा पाउँथेँ । तिमीलाई गाली गर्दा म त्यो देख्न नसकेर अर्कातिर फर्कन्थेँ । तर आज तिमीले मसँग बिदा माग्न आएको भन्दा मैले के भनेर हुन्छ भनूँ ?’ ‘सिर्जना † म तिम्रो भावना राम्रो गरी बुभ्mछु । मैले जति धेरै तिमीलाई अरु कसैले पनि बुभ्mदैन । मलाई पनि तिमीले भन्दा अरु कसैले बुभ्mदैन । त्यसैले आज म तिमीसँग जीवनको एउटा अठोट साट्न आएको छु । त्यसमा तिमी मेरो सधैँ साथ रहने छौ भन्ने विश्वास बाँड्न यहाँ बोलाएको हो ।’ अभियानले यति भनेपछि सिर्जनाले थपिन्, ‘मैले तिम्रो कुरा बुझिनँ ।’ ‘मैले सबै कुरा भनेको भए पो बुभ्mछौ त । अब सुन, म सबै कुरा भन्छु । हाम्रो परिवार कस्तो हो भन्ने त तिमीलाई मैले भन्नै पर्दैन । हामी हिजो पनि अर्काको खेत जोतेर जीविका गर्ने मानिस हौँ । अहिले पनि घरको नाममा हाम्रो सानु झुप्रो छ । म सानु छँदा घरमा आमा र बुबाले सधैँ झगडा गरेको देखेको थिएँ । दुवैजना मरेर काम गरेर फर्कियो अनि घरमा आएपछि यो भएन, त्यो भएन, यो पुगेन भनेर आमाले गनगन गर्नुहुन्थ्यो । कहिले चोलो फाट्यो । कहिले सारी च्यातियो । कहिले नयाँ सारी पाइएन, सधैँ टालेरै लाउनुपर्ने । यति धेरै काम ग¥यो, कहिले राम्रो खान पाइँदैन ।’ आमाको कुरा सुनेर बुबा रिसाएर बुबा भन्नुहुन्थ्यो, ‘मैले के गरौँ ? तैँले देखेकै छस् । अब मेरो कपाल बिक्तैन, छाला काढेर बेच्न सकिँदैन भनेको सुन्ने गर्थेँ । यस्तै कुरा सुन्दै म पनि बढ्दै थिएँ । भाइबहिनी पनि स्कुल जाने बेला भएपछि झनै झगडा बढ्दै थियो ।’ उनी भन्दै गए, ‘एक दिन साँझमा हाम्रोमा एकजना पाहुना आएका थिए । बेलुका सँगै खाना खाए । बेलुका भात खाएपछि म सुतेँ । बुबा र पाहुना कति बेलासम्म गफ गरेर बस्नुभयो, थाहा पाइनँ । बिहान म उठ्ता उहाँलाई किताब पढ्दै गरेको देखेँ । म छेउमा गएर उभिएँ । उहाँले मलाई बोलाएर छेउमा राख्नुभयो । मलाइ सोध्नुभयो– कतिमा पढ्छौ ? मैले दुईमा भनेँ । बुबाले मलाई तिमीहरुका काका हो । बसेर पढ्न सिक्नू भन्नुभएको थियो । हामी बिहान खाना खाएर स्कुल गयौँ । काका त्यहीँ हुनुहुन्थ्यो । हामी स्कुलबाट आउँदा हुनुहुन्न थियो । काका यसै गरी हप्ता–१५ दिनमा आउन थाल्नुभयो । उहाँ घरमा आएको साँझ बुबाआमा दुवैजना बसेर कुराकानी गर्न थाल्नुभयो ।’ अभियान आप्mनो अतीत खोतल्दै थिए, ‘काका हामीसँग बसेर भाइ र मलाई कथा सुनाउनुहुन्थ्यो । हामीलाई राम्रो पढ्ने सल्लाह दिनुहुन्थ्यो । एक दिन हाम्रो स्कुल छुट्टी थियो । काका आउनुभएको थियो । म दिनभरि बसेर काकासँग गीत गाउन सिकेँ, राम्रा–राम्रा कथा सुनेँ । काकाले मलाई तिमी अहिले सानो छौ तर तिम्रो मन ठूलो छ । तिम्रो छाती ठूलो छ । तिमी यो देशको भविष्य हौ । तिमीले ठूलो भएर यो देशबाट गरिबी हटाउनुपर्छ । यहाँ भएका अन्याय–अत्याचारको अन्त्य गर्नुपर्छ । देशलाई तिम्रो खाँचो छ । हाम्रा दाजुभाइ, दिदीबहिनीहरु सारै पीडित छन् । यो पीडाबाट मुक्ति दिलाउने जिम्मा तिमी र तिमीजस्तै असल मानिसहरुको हो । हाम्रो देशमा के छैन ? सबै थोक छ । पानी छ, जङ्गल छ । देशमा सुन्दर ठाउँहरु छन् । संसारकै सबैभन्दा अग्लो सगरमाथा छ । यी सबै हाम्रा सम्पत्ति हुन् । यसको राम्रो सदुपयोग गर्न सके हाम्रो देश स्वर्ग बन्छ । हामी स्वर्गका मानिस । अहिले यी सबै कुरा स्वार्थी शासकले आप्mनो कब्जामा राखेर नेपाली जनतालाई भोकभोकै नाङ्गानाङ्गै बनाएर राखेको छ । तिमी र तिमीजस्ता असल मानिस ठूला भएपछि यो पूरा गर्ने जिम्मा तिमीहरुकै हो भन्नुभएको थियो । त्यो दिन बेलुका खाना खाएपछि हाम्रोमा गाउँका काका, बडाबा र अरु अलिक परका गाउँलेहरु पनि आएका थिए राति । धेरै बेर बसेर कुराकानी गर्नुभयो । त्यस दिन काकाले मानिसको समृद्धि सबैभन्दा मुख्य कुरा हो । हाम्रो अधिकारका लागि एक भएर लड्नुपर्ने अर्को कुरा हो । अहिलेसम्म मानिसले यति धेरै सङ्घर्ष गर्नु भनेको हामीले हाम्रो समृद्धिका लागि हो भनेको मैले सुनेको थिएँ ।’ सिर्जनाले प्रश्न गरिन्, ‘खोई त त्यसो भन्ने तिम्रो काकालाई मैले कहिले देखेकी र भेटेकी छैन । कता जानुभयो त उहाँ ?’ अभिानले भने, ‘सुन न, म त्यही भन्दैछु । यसरी काकाको प्रवेशपछि हाम्रो घरको झगडा पूरै मेटियो । साँझमा खाना खाएर बुबा एउटा लौरो र लाइट लिएर गाउँतिर जान थाल्नुभयो । कहिलेकाहीँ हामीलाई सुताएर बाहिरबाट ढोका लगाएर आमा पनि जानुहुन्थ्यो । यसरी दिन बित्दै गए । म काकाको सङ्गतले स्कुलको पढाइमा पनि फस्र्ट हुन थालेँ, अतिरिक्त क्रियाकलापमा पनि सबैलाई जित्न थालेँ, हाजिरीजवाफ, गीत सबैमा म अगाडि भएँ । त्यसपछि सरहरुको पनि प्यारो भएँ । तिमीले पनि देखेकै छौ ।’ सिर्जनाले अभियानलाई हेर्दै भनिन्, ‘तिम्रो सङ्गतले छात्रामा म पनि अरुभन्दा अगाडि भएँ । त्यसको जस त तिमीलाई दिँदै थिएँ । अब मैले तिम्रो काकालाई दिनुपर्ने रहेछ । यतिका दिन हामीबीचमा केही लुकेको छैन भन्ने थियो तर यस्तो कुरा पनि तिमीले मलाई सुनाएनौ । कसरी नसुनाई रहन सकेको ? म भने यति कुरा पनि तुरुन्त सुनाउँछु । तिमी चाहि....।’ ‘होइन, सुनाउने बेला आएपछि कसरी नसुनाई रहन सकिन्छ ? म सुनाइहाल्छु नि । इः आज भनेँ त ।’ अभियानले थपे । साँझ निकै छिप्पिँदै थियो । गाउँलेका घर–घरमा बत्तीको मधुरो उज्यालो धिपधिप देखिन्थ्यो । पर–पर कुकुर भुकेको आवाज आइरहेको थियो । आकाशका तारा बिस्तारै पृथ्वीको दृश्य हेर्न आउँदै थिए । एकछिनको शून्यतालाई चिर्दै फेरि सिर्जनाको प्रश्न आयो, ‘खै अभियान † तिमीले मेरो प्रश्नको जवाफ दिएनौ । तिम्रो काकालाई मैले अहिलेसम्म देखेकी छैन । किन देख्न पाइनँ ।’ ‘म भन्दै छु, सुन न । यो क्रम यसरी नै चल्दै थियो । म पनि काकाको धेरै कुरा बुभ्mने हँुदै थिएँ । एकदिन पल्लो गाउँमा मानिसलाई काटेको कुरा सुन्यौँ । पुलिस जताततै छ्यापछ्याप्ती थिए । काका त्यस रात हाम्रो घरमा बस्नुभएको थियो । गाउँमा केही ठीक परेछ, मानिसलाई सारै दुःख दिएको थियो । भन्दै थिए । कोही कस्ता अपराधी रहेछन्, काटेर मारेछन् भन्दै थिए । कोही होइन को रहेछन् भन्दै थिए । काकाले त्यसको खबर लिँदै गरेको मैले थाहा पाएँ । आमा बजार जाने भनेर जानुभएको थियो । साँझमा फर्किदा मैले काकासँग कुरा गरेको सुनेँ, काका सोध्दै हुनुहुन्थ्यो । कस–कसलाई भेट्नुभयो । के छ त्यहाँको अवस्था भनेर आमाले साङ्केतिक रुपमा दुईजनाको नाम भन्नुभयो । लाश उठाएर लगेको, अहिलेसम्म कसैलाइ समातेको छैन । तर प्रहरी छ्यापछ्याप्ती छन् भन्नुभयो । त्यहाँ सबै साथीहरु सतर्क भएर तयारी अवस्थामा छौँ भन्नुभयो । के तयारी, मैले बुझिनँ । त्यस रात काका घरबाट निस्कनुभएछ । बिहान उठ्ता हुनुहुन्न थियो । त्यसको केही समय सबै सुनसान भयो । आउने–जाने नै बन्द भयो । १५ दिनपछि फेरि काका आउनुभयो । त्यो दिन निकै होशियारी साथ बस्नुभयो । पल्लो घरको काका र अरु सबै वरपर हेर्दै गर्थे । काकासँग बसेर अब कसरी काम गर्ने भनेर छलफल गर्नुभएको थियो । भोलिपल्ट दिनभरि काका हाम्रोमा बस्नुभयो । बिहान म स्कुल गएँ । स्कुलबाट कतै नअलमलिई सरासर घरमा आएर काकासँग बसेँ ।’ अभियानले थपे, ‘काकाले मलाई तिमीलाई मैले सुनाएका कथा बिर्सेका छैनौ होला । तिमी यो देशका कर्णधार हौ । तिमीले अब मातृभूमिको रक्षा गर्नुपर्छ । यहाँका जनताको स्वाभिमान र स्वाधीनताको रक्षा गर्दै मुलुकलाई उन्नतिको बाटोमा पु¥याउन लाग्नुपर्छ भन्नुभयो । बेलुका हामी सबैजनाले सँगै खाना खायाँै । खाना खाएर काका, आमा, बुबाले सँगै बसेर कुरा गर्नुभयो । उहाँले आज यहाँबाट जान्छु भनेर बुबालाई भन्नुभयो । राति १० बजेको हुँदो हो । बुबा काकालाई पु¥याउन जाने हुनुभयो । काकाले आपूmले सधैँ बोक्ने गरेको झोला त्यो दिन आमालाई दिँदै भन्नुभयो– भाउजू, आज म केही पनि नबोकी जान्छु । यो झोला तपाईंले राखिदिनु होला । म फेरि लिन आउँछु । म आइनँ भने कुनै साथी आउनुहुन्छ । झोला आमालाई दिएर निस्कनुभयो । बुबा र काका गएपछि हामी सुत्यौँ । बुबा बिहान घरमा आइपुग्नुभयो । उहाँ खेतको बाटो हुँदै खेतमा गएर आएको बहाना बनाएर आउनुभयो ।’ अभियान भन्दै थिए, ‘त्यो दिनदेखि काका फर्कनुभएन । आज आउनुहुन्छ, छैन । भोलि आउनुहुन्छ, छैन । यसरी दिन, हप्ता, महिना बिते । म हप्ता–हप्तामा आमालाई सोध्थेँ– हाम्रो काका कहिले आउनुहुन्छ ? आमाले काममा जानुभएको छ, आउनुहुन्छ भन्नुहुन्थ्यो । बुबालाई कतिपटक सोधेँ, बुबाले पनि मलाई काकाबारे धेरै कुरा भन्नुभएन । खाली एक दिन हेर, काकाको त्यो झोला अहिलेसम्म हामीसँगै छ । त्यो बोक्ने अर्को मानिस हामीकहाँ आएको छैन । अब त्यो बोक्ने मानिस तयार गर्नु छ भन्नुभएको थियो । त्यो दिन मैले त्यो झोला म बोक्छु भनेँ । बुबाले मलाई तँ सानै छस्, झोला बोक्ने बेला भएको छैन भन्नुभएको थियो । मैले फेरि सोधेँ– त्यो झोला बोक्ने बेला कति खेर हुन्छ ? बुबाले ठूलो भएपछि भन्नुभयो ।’ यसो भन्दा सिर्जना अभियानलाई एक टकले हेर्दै थिइन् । उनी अभियानको अनुहारमा केही खोजिरहेकी थिइन् । त्यही बेलामा सिर्जनाले सोधिन्, ‘अनि तिम्रो काका किन नआउनुभएको रहेछ ?’ ‘म त्यही भन्दैछु । एक राति म सुत्न लागेको थिएँ । कसैले ढोका ढ्याकढ्याक पा¥यो । आमाले काका आउनुभएजस्तो छ । उहाँले नै सङ्केत गरेजस्तो छ भनेर आमाले भन्नुभयो । पल्लो घरको काका र अर्को एकजना अपरिचित मानिस हुनुहुन्थ्यो । मानिस सानो–सानो तर तिखर बोली र चलाख देखिनुहुन्थ्यो । उहाँहरु बसेर कुराकानी गर्न थाल्नुभयो । नयाँ आगन्तुकले परिस्थिति अलिक जटिल भएको र केही साथीहरु अब कहिले नफर्किने कुरा भन्दै अब अरु जिम्मेवारीका साथ हामीले पाइला चाल्नुपर्छ भन्नुभएको थियो ।’ अभियान भन्दै गए, ‘त्यो दिन त मैले सबै कुरा बुझिनँ । फेरि एक दिन आमालाई सोधेँ– किन हाम्रो काका नआउने अरे ? आमाले अब तिम्रो काका फर्कनुहुन्न । उहाँले त पहिले नै वीरगति प्राप्त गरिसक्नुभएछ । यो सुनेर म त्यसै छट्पटिएँ । मैले त्यही दिन अठोट गरेको थिएँ– अब काकाको झोलाको हकदार म हो । म बुबाले भनेको सधैँ सम्झिरहन्थेँ– ठूलो भएपछि त्यो झोला बोक्नुपर्छ भनेको । म त्यसपछि काकालाई प्रत्येक दिन म कहिले ठूलो हुन्छु भन्दै पर्खिरहेँ । त्यति मात्रै होइन, म कडा मिहिनेत गर्न थालेँ । स्कुलमा पनि सधैँ पहिलो भएँ । त्यहाँ पनि म काकाले सुनाएको कथा सुनाउँथेँ । तिमीलाई पनि कतिपटक सुनाएको छु । कति ठाउँमा लगेको छु ।’ ‘तर अभियान † यी सबै कुरा तिमीले पहिले मलाई कहिले पनि भनेनौ, किन ?’ सिर्जनाको प्रश्नमा अभियानले भने, ‘बेलामा सबै कुरा भन्छु भनेर पर्खिएको थिएँ । आज बेला भयो । आज म काकाको त्यही झोला बोकेर तिमीलाई भेट्न आएको छु । काकाले बनाउन थालेको गोरेटोलाई अझ राम्रो र व्यवस्थित बनाउने अभियानको थालनी गर्न निस्किएको छु ।’ ‘अभियान † तिमी अब कहाँ जान्छौ ? के गर्छौ ? कहाँ बस्छौ ?’ सिर्जनाले जिज्ञासा राखिन् । ‘म धेरै टाढा काहीँ जान्नँ । म यहीँका आमाबुबाहरुसँगै हुन्छु । म यो समाजको निर्माणका लागि लाग्छु जहाँ मानिसले उन्मुक्त जीवन बाँच्न पाउने छन् । कोही भोकले मर्ने छैनन्, कसैले नाङ्गै जिन्दगी जीउनुपर्ने छैन । कसैले बिरामी हुँदा औषधि नपाएर मर्नुपर्ने छैन । जहाँ छोराछोरीलाई नपढाई गिट्टी कुटाएर राख्नुपर्ने छैन । त्यो उन्मुक्त, समृद्ध र सक्षम समाज निर्माणको अभियानमा लाग्ने छु ।’ अभियानको कुरा सुनेर सिर्जनाले भावुक हुँदै भनिन्, ‘अभियान † म तिम्रो सिर्जना हुँ । तिमीलाई प्रत्येक पाइलामा साथ दिन सक्छु । तिमीले सबै कुरा नभनेको भए पनि मैले बुझेकी छु । मलाई पनि साथै लैजाऊ ।’ अभियानले सिर्जनालाई आलिङ्गनमा बाँध्दै भने, ‘सिर्जना † तिमी आज घर फर्क । अगि तिमी आपैंmले भनेको कुरालाई सम्झ । तिमीलाई पनि यो अभियानमा लाग्न कसैले रोक्तैन । अहिले मलाइ बिदा गर, म गएँ । इः हेर, काकाले छाडेर गएका कति काम त्यसै असरल्ल छन् । म त्यही समेट्न थाल्छु ।’ सिर्जनालाई त्यहीँ छाडेर अभियान अगाडि लाग्यो । ठूलो साँझ परेको थियो । सिर्जनाले हात हल्लाइन् । अभियानले त्यही झोला फेरि उचाल्यो र हात हल्लाउँदै अगाडि बढ्यो । जूनको उज्यालोमा देखिउञ्जेल सिर्जनाले हेरिरहिन् र भनिन्, ‘अभियान † म पनि तिमीसँगै छु, पर्ख ।’