दुनियाँमा तेस्रो विश्वयुद्ध त के प्रलय नै किन नहोस् । जीका भाइरसजस्ता सयकडौँ रोग संक्रमण नै किन न पैmलिऊन् या अनिकाल नै किन नपरोस् । तर धर्मभीरुता या देवताको डरजस्ता घातक र नरसंहार रोग अरु छैन भन्दा अत्युक्ति नहोला । अस्ति बजारमा कुममा शंख, चक्र खोपेका पौड्याल बा भन्दै थिए, उनी बाँचेका होइनन् रे, नमूना मात्र हुन् रे ! बाँच्न चाहनेहरूका लागि । हुन त उनीजस्तो भएर बाँच्नु पनि किन र ? त्यसैले भन्दिएँ, ‘तपाईं जस्तो भएर त मसानका पोलिन लागेका मुर्दा मात्र बाँच्छन् पौड्याल बा ! के तपाईं यसैलाई जिन्दगी भन्नुहुन्छ ?’ हुन सक्ला– उनी दार्शनिक भएर जिन्दगीलाई हेर्दा हुन् तर आपूm भौतिकवादी भएकाले हेराइ फाल्टै भयो । मिलेन । puret पौड्याल बाको सम्प्रदायमा पनि रिसाउन मिल्दो हो । खर्लप्पै खाउँलाभैंm गरेर हेरे उनले मलाई । अनि मैले बुझ्नु थियो बुभेmँ । उनी मसान र मुर्दा शब्दका लागि रिसाएका हुन् । आपूm अर्काको मनको भाव नजरबाट पत्ता लगाउने मान्छे । उनले बोल्न नपाउँदै बताए । ‘हेर्नुहोस् न पौड्याल बा ! मान्छेहरू सबै बहेको पानीमा हात सफा गर्न चाहन्छन् । या यसो भनौँ न, मान्छेहरू बलेको आगो ताप्ने मात्र छन् । अनि आपैंm भन्नुहोस् त ? के अस्तित्व रह्यो उसको, जसले अर्काले बालेको आगो मात्र ताप्यो । अर्काले बनाएको बाटोमा त अन्धो पनि लौराको सहाराले हिँड्न सक्छ नि पोड्याल बा ! तर तपाईं, हामीजस्ता आँखा भएकाहरूलाई त सुहाएन नि होइन र ?’ उनी आफ्नो श्री तिलक पुछिने डरले केही बोलेनन् । मेरो नजरदेखि टाढिएर गए । उनी जति नै टाढा गए तापनि न उनको ठाडो श्री तिलक टाढियो, न टाढियो त्यो निर्जीव हाँसो हाँसेको उनको अनुहार नै । त्यसैले मेरा तीन–चार दिन मगज दुखिरह्यो । यस्तै उनलाई के भुलेको थिएँ ! हिजो साँझ फेरि सत्यनारायण व्रतकथा गराएर फर्किएका निरौला पुरोहितसित जम्काभेट भयो । फेरि भएन, पहिले नमस्तेको लागि उनैको हात उठ्यो । नमस्ते गर्न र फर्काउन आपूm त मिस्टर तानाकै फ्यान । मेरा यी हातहरू हजार किलोका ढक झुण्ड्याएका जस्ता हुन्छन् नमस्ते गर्न र फर्काउने बेलामा । फेरि भएन चन्दन लगाएको अनुहार आपूmलाई पटक्कै रुच्दैन । तर पनि करसँग फर्काएँ ‘नमस्ते’ ! उनी कहिलेदेखिका सामाजिक गुनासाहरू पोख्नका लागि आतुरिरहेका रहेछन् । ह्वारह्वार्ती पोखिहाले । ‘हेर्नुहोस् न, पहिला–पहिला बाबुबाजेका पालामा ब्राह्मणहरूप्रति मान्छेको कति ठूलो आस्था थियो । तर आजभोलि ब्राह्मणहरू मत्वाली र मत्वालीहरू ब्राह्मण भएका छन् । सबै ब्राह्मणहरू संस्कार च्युत भए । आफ्नो कर्तव्य, आफ्ना मर्यादाहरूको उल्लङ्घन गर्न थाले । खानापानीको कुनै महत्व नै राख्न छाडे । आदि–आदि ।’ एक त म ब्राह्मणवादको विपरीत । अर्को, अस्ति पौड्याल बाबाट दुःखेको टाउको राम्रोसँग जाति नभएको बेला । फेरि भएन गाउँ–समाजमा आस्थाको नाममा अन्धविश्वास पैmलाउनेसँगको ठूलो नफरत । अनि मसँग यही विषयको गुनासो । मेरो हालत ‘रक्सी पिएको बाँदरलाई बिच्छीले टोक्दा कस्तो स्थिति हुन्छ त्यस्तै भएको थियो ।’ मेरो मुख कहिलेदेखि यस विषयमा बोल्न चिलाइराखेको । आज अवसर पाएँ । किन न बोल्ने र ! ‘यी ब्राह्मणहरूलाई संस्कार च्यूत बनाउने हजुरहरू जस्तै सम्प्रदायवादीहरू होइनन् र ? अर्थ नै नबुझी अनेकौँ कुप्रथाहरूलाई आफ्नो अहम्ताको प्रदर्शनका लागि आफ्ना खप्परमा लाद्नुभयो । अनि समयसँग नमिल्ने अनेक वाह्यात कुराहरू फेरि हाम्रो टाउकोमाथि खन्याएर पुगेन । अब फेरि आपैंm ब्राह्मणहरू मत्वाली भए मत्वालीहरू ब्राह्मण भए भन्दै हिँड्ने ? कि हजुरहरूले ठेका लिनुभएको छ यसरी प्रमाणपत्र बाँड्ने । आज तपाईंहरू जस्तै सम्प्रदायवादीहरूले हाम्रो समाज खण्डित भएको छ । तपाईंहरूलाई रौरवमा पनि स्थान छैन बुझ्नु भो ।’ मेरो बीपी यस्ता कुराहरूमा त्यसै पनि हाइ भएर जान्छ । आपूm मानवता नै एक मात्र धर्म हो, सम्पूर्ण प्राणीहरू नै ईश्वर हुन् भन्ने धारणा भएको मान्छे । यस्ता धर्म भीरु र सम्प्रदायवादीहरूबाट टाढिएर हिँड्छु । त्यसैले सबैको काँचो झ्वाँक निरौला पुरोहितमाथि पोख्न पुगेछु । तर मजस्ता क्रान्ति विचार भएकाहरूसँग विवाद गर्न सिपालु भएकाले होला, मबाट टाढिएनन् उनी । अभैm कुरा पो थप्दै गए । ‘मेरो भनाइको मतलब त्यो होइन । तपाईं आपैंm हेर्नुहोस् न । अहिले हाम्रा समाजका मान्छेहरू हामीजस्ता कर्मकाण्डीय ब्राह्मणहरूलाई पुरोहित भन्नुको साटो पुरेत भनेर सम्बोधन गर्ने गर्छन् । सुन्छु कतै–कतै बाजेभन्दा कानून लाग्छ रे । तर पुरेतभन्दा चाहिँ कुनै कानून नै छैन । यो पुरेतको अर्थ के हो याद छ हजुरलाई । पुर भनेको गाउँ रेत भनेको बालुवा अर्थात् गाउँको बालुवा । ल भन्नु होस् त, हामी कसरी पुरेत भयौँ ।’ म त मनमनै हाँस्न पुगेछु । ‘के खोज्छस् कानो ? आँखो’ भनेभैंm । कहिलेदेखि भन्न खोजेको अवसर पाएँ । ‘यो शब्द त हजुरहरूजस्तै सम्प्रदायवादीहरूलाई ठीक रहेछ त पुरेतजी ।’ उनी पनि मेरा शब्दवाणहरू सहन नसकेर बर्बराउँदै बाटो लागे । एकक्षण कान्छीको पसल छेउमा मेला लागेको भैंm भीड जम्यो । हेरे त्यहाँ सबै धर्म, जात, सम्प्रदाय आदिका मान्छेहरू रहेछन् । तर कसैले एक शब्द पनि बोल्न सकेनन् । निरौला पुरेत भने पर पुगेर पनि मतिर फर्किएर खाउँलाभैंm गरेर हेरिरहेका रहेछन् । लाग्यो– उनी निरला पुरेत होइनन्, पूर्वीय कहानीहरूमा आउने एक पात्र स्वयं दुर्वासा नै हुन् । तर मबाट टाढिएर न निरौला पुरेत नै गए न अस्तिका पौड्याल बा नै । त्यसैले आज फुर्सत्मा यी दुवैलाई मेरो दिमागबाट निकालेर फ्याँक्न चाहन्छु । अनि अबको नूतन समाजबाट यस्ता असमाजिक तत्व पैmलाउने सम्प्रदायवादीहरूलाई पनि जरैदेखि उखेलेर फ्याक्नुपर्ने देख्छु । मलाई लाग्छ मान्छे स्वच्छन्द हो । ऊ आफ्नो जिन्दगीमा केही न केही गर्न आएको हो प्रकृतिमा । यहाँ जन्मिएका प्रत्येक प्राणीहरू स्वच्छन्द छन् । चाहे त्यो अण्डज होस्, जरायुज होस्, उद्भिज् होस् या स्वेदज नै । यी सबैको आ–आफ्नै अस्तित्व छ । यहाँ कसैलाई अर्काको भाग खोस्ने अधिकार छैन । त्यसैले यो नयाँ समाजका स्थापनाकर्ताहरूले मनमा भएको धर्मभीरुता र ईश्वरीय डर अनि अन्धोपरम्परालाई त्यागेर नयाँ क्रान्ति ल्याउनु अनिवार्य छ । नभए यी कोपिलाहरूले पनि भोलि समाजको पुरेत मात्र भएर बाँच्न पुग्लान् कि भन्ने भयले सताउन थालेको छ ।