भवानी क्षेत्री
धेरै लेखिए नारीलाई विषय बनाएर नेपाली साहित्यमा कथा, कविता र गीत गजलहरू । ठूलाठूला उपन्यास लेखिए नारी रुप र सौन्दर्यलाई आधार बनाएर । लगनशीलता र सहनशीलता नारीका गहना हुन् भन्दै इज्जत जोगाउने ठेक्का दिइयो स्त्री जातिलाई र यी सबै कुरा साहित्यमार्पmत् समाजमा आए ।
परिणामस्वरुप सुन्दरताको परिभाषा नै बदलियो । एउटा पुरुषले सुन्दर हुन कोट–पेन्ट, जुत्ता–मोजा लगाउँछ । हामी नारीहरू छोटा लुगा लगाउनुलाई आपूm सुन्दर हुनु ठान्छौँ । पुरुषहरू बल, बुद्धि र शाहसलाई शृङ्गार ठान्छन् । हामी नारी आवरण सिङ्गार्नुलाई सुन्दर हुनु ठान्छौँ तर यसमा दोष नारीको होइन, शिक्षा र समाजको दोष हो ।
हामीले सिर्जना गरेका साहित्यको दोष हो । खगिन्द्राका कथाहरू पढेपछि लाग्छ– नारीहरूलाई जरैदेखि दह्रो बनाउन यस्ता कथाहरू लेखिनुपर्ने थियो हिजैदेखि । उनको पहिलो कथा ‘आमाको डायरी’ मा जुन विषय उठान भएको छ, त्यो नारीलाई मजबुत बनाउने विषय हो । उनको कथा प्रस्तुतिको शैली पनि राम्रो लागेको छ मलाई । पुस्तककै नाम भएको शीर्षकको कथा आमालाई विषय बनाएर कथाहरू लेखिएको भए पनि खुसीको शैली नयाँ लाग्यो मलाई । डायरीका रुपमा आमाले आफ्नो कथा व्यक्त गरेकी छन् र त्यो आफ्नै छोराले पढेको छ । खगिन्द्रा दह्री लाग्थिन् मलाई, कथाहरू पढेपछि झन् दह्री लागिन् ।
दोस्रो कथा ‘चियाबारीकी दिदी’ सम्भवतः यो सङ्ग्र्रहभित्रको सबैभन्दा सुन्दर कथा हो । नारी मान्छे हुन नपाएको र चियाको बोट बोट हुन नपाएको कुरालाई मसिनो ढङ्गले केलाएकी छन् लेखकले । बोनसाइ गरिएका बोट–बिरुवा र नारी उस्तै गरी बनेको विषय बडो मिठो गरी प्रस्तुत भएको छ । ‘घातको उपज–नयाँ जीवन शैली’ कथामा विदेशिएको लोग्नेले दिएको धोकालाई विषय बनाइएको छ । यो विषय वर्तमानमा विकराल समस्या बनेको छ । वर्तमानमा नेपाली नारीले भोगिरहेको दुःखद् पक्ष हो । विषय समसामयिक छ, कथा मन छुने छ ।
लेखकले ध्यान दिनुपर्ने थोरै कुरा छ यसमा । पछि धोका हुन्छ भन्ने कुरा अगाडि नै खुल्छ । यसरी नखुल्दा अझ सुन्दर हुने थियो कथा । पाठकमा अगाडि पढ्ने उत्सुकता जगाउनु कथा सफल हुनु हो भन्ने लाग्छ मलाई । तर धेरै कथाहरू पढ्दा कथाको अन्त्य कसरी होला भनेर अनुमान लगाउन सकिँदैन । यो एकदमै सबल र सुन्दर पक्ष हो भन्ने ठानेँ ।
‘शान्ति’ कथामा भुटानी शरणार्थी र भारतको केरलाबाट नेपाल आएकी श्रमिकको कथा सुन्दर ढङ्गले प्रस्तुत गरेकी छन् । यो कथा पढ्न शुरु गर्दा लाग्छ– ‘आमाको डायरी’ कै कथा अघि बढ्दै छ तर यो कथा बेग्लै विषय बोकेर आएको हुन्छ । मन छुन्छ यो कथाले उस्तै गरी ।
सहयोग र प्रेमको जाल थापेर फँसाउँछ पुरुष पात्र शरणले नारी पात्र शान्तिलाई र उपहारमा एउटी छोरी थपिदिएर अमेरिका उड्छ । केही समय सहयोग पनि गर्छ उसले । यो कथामा पनि नारी शोषित हुन्छे तर दोषी ठान्दिन शरणलाई ।
‘मेरो बलात्कृत नारीवाद’ शीर्षकको कथाभित्र शोषणको नयाँ रुप देखाएकी छन् लेखकले । ‘प्रेम र पारिजात’ कथा एउटी स्वाभिमानी केटीको शालीन प्रेमकथाका रुपमा आएको छ । तीलाको स्वाभिमान उच्चकोटीको छ । माछा देखे दुला हात, सर्प देखे पाखा हात गरेकी छैन उसले । असहज परिस्थितिमा लिएको निर्णय परिस्थिति सहज भएपछि पनि परिवर्तन गर्दिन ऊ । यो चाहिँ सिक्नुपर्ने पाठ हो, प्रेम गर्नेहरूले ।
एउटी मानसिक रुपमै आँटिली र हिम्मतिली केटीको प्रेमकथा हो ‘रातो गाडी’ शीर्षकको कथा । प्रेममा धोका खाँदा आत्महत्या गर्ने धेरै केटीहरूका निम्ति गतिलो शिक्षा हुन सक्छ, आँट र जीवन ज्युन पुग्ने खुराक हुन सक्छ यो कथा ।
‘स्टाटससँगै डिलिट भएको प्रेम’ नामको कथा अलि कठोर छ । यो कथालाई मिलनविन्दुमा अवतरण गराउनु पथ्र्यो भन्ने लाग्यो मलाई । यति कठोरता हँुदाहुँदै पनि एक्लै बाँच्ने अठोटलाई भने प्रशंसा गर्न मन लाग्छ । वैदेशिक रोजगारले वर्तमानमा भित्र्याउँदै गरेको विकराल समस्याको समाधानका रुपमा लेखिएको लाग्यो ‘उज्यालो आकाश’ । गल्ती दुवैतर्पm हुने तर सजाय एउटाले मात्र पाउने गरेको सामाजिक कानूनी प्रणालीलाई शिक्षा र पाठ दुवै हो यो कथा । स्याबासी र सजाय बराबरी हुनुपर्छ भन्ने यो कथाको उद्देश्य हो भन्ने लाग्छ ।
नारीले गरेको दुःखको फल पुरुषले मात्र खाने अथवा लोग्ने–स्वास्नी मिलेर कमाउने सम्पूर्ण हक चाहिँ लोग्नेको मात्र लाग्ने कुराको विरोधमा लेखिएको कथा हो ‘यो घर मेरो पनि हो’ । स्वास्नीले आपूmले कमाएको सम्पत्ति लोग्नेबाट अंशमा लिनुपर्ने बाध्यता छ यो देशमा । जति नै दुःख गरे पनि अझ आपैmँले मात्र काम गरेर धन–सम्पत्ति जोडे पनि त्यो सारा सम्पत्ति लोग्नेकै मात्र हुने कानूनमा परिवर्तन हुनुपर्छ र व्यावहारिक हुन जरुरी छ भन्ने सन्देश यो कथाले दिन्छ ।
सन्तान नहुनुमा वा छोरी र छोरा हुनुमा पुरुषको हात हुन्छ । दोष भए पनि पुरुषकै बढी दोष हुन्छ । समाजमा भने यी सारा दोष नारीलाई लगाइन्छ । दोष बोकेरै रुँदै जीवन बिताएका छन् थुप्रै नारी । तर ‘बाँझो धरती’ की पात्र धरालाई यो मञ्जुर छैन । स्वीकार्दिन ऊ वीर्यविना हराभरा हँुदैन नारी जीवन भन्ने कुरालाई । अनावश्यक बन्धन खोल्न खोजेको छ यो कथाले ।
‘ज्यामद्वार’ लोकोक्तिमा आधारित छ । भर्खर बस्ती बस्तै गरेको जङ्गल युगको कथामा पनि नारी पात्रहरू दर्बिला छन् । तीन नारी र एक पुरुष पात्र भएको यो कथामा पनि हिम्मतका साथ जीवनको उज्यालोतर्पm नै उक्लेका छन् नारी पात्रहरू ।
केही सामान्य त्रुटिहरू पनि छन् सङ्ग्रहमा । ‘आफ्नो कुरा’ मै नामहरू दोहोरिएका छन् । त्यस्तो नहँुदा राम्रो हुने थियो । कथाका मूल पात्रहरूका नाम पनि दोहोरिएका छन् । केही ठाउँमा नराख्दा पनि हुने शब्द र वाक्यहरू छन् । केही ठाउँमा ती वाक्य नराख्दा अझ राम्रो हुने पनि देखिन्छ । ‘चियाको बुटा’ को कुरा ‘मेरो बलात्कृत नारीवाद’ मा पनि आउँछ । जब कि तिनै कुरा ‘चियाबारीकी दिदी’ मा आइसकेको हुन्छ तर यी सामान्य त्रुटि हुन् ।
सारमा कथाहरू चोटिला छन्, शाहसिला छन् र परम्परागत कथाभन्दा भिन्न छन् । एकसे एक अझ कतिपय ठाउँमा पत्याउनै नसक्ने गरी हिम्मत भएका पात्रहरूले रोचक बनाएका छन् कथालाई । कथाहरूमा लाचार कठपुतली पात्र कतै भेटिँदैनन् ।
समाजमा नारीहरूले भोग्नुपरेका दुःख, धोखा, जालझेलकै विषयमा कथाहरू बनेका छन् । तर खुसीका पात्रहरू विष खाँदैनन्, पासोमा झुण्डिँदैनन् अथवा आत्महत्या गर्दैनन्, बहुलाउँदैनन्, डिप्रेसनमा जाँदैनन्, अत्तालिँदैनन्, अव्यावहारिक हुँदैनन्, दयाको भिख माग्दैनन्, हरेस खाँदैनन् । बरु घटनाहरूलाई सहज मानिदिन्छन् ।
जसरी रात पर्नु र सूर्य उदाउनु स्वाभाविक हो, त्यसरीनै जीवनमा दुःख–सुख आउनु पनि स्वाभाविक हो भन्ने शैलीमा अपनाउँछन् घटनाहरूलाई । बडो सहज ढङ्गले समस्याहरूसँग लड्छन् । कथाको मूल सन्देश पनि यही हो भन्ने लाग्छ मलाई । साँचो अर्थमा नारीवादी कथा हुन् यी । नारीलाई पूर्ण मानिस बोध गराउँदै लेखिएका जीवनवादी कथा हुन् यी र यही जगमाथि उभ्याउनुपर्छ अबको समाजलाई । नारीलाई हेर्ने समाजको दृष्टि परिवर्तन गर्न यस्ता कथाहरू लेखिनुपर्छ अनि मात्र यो समाज सबल बन्ने छ र यी कथाहरू खगिन्द्राहरूले नै लेख्नुपर्छ । अथवा नारीहरूले नै लेख्नुपर्छ । बधाई र शुभकामना खुसीलाई ।hqdefault