मनोरञ्जन

    Showing ८१-९० of २,६०७ items.
  • रामकृष्ण र निलम भन्छन्, ‘विच्छेद भएको छैन’

    केहीदिन अघि गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहको सम्बन्ध विच्छेद भएको खबर सार्वजनिक भयो । तर यो खबरले ढकाल परिवारलाई तनाव दियो । अदालतको रेकर्डअनुसार ढकाल दम्पतीले कानूनी रूपमा सम्बन्ध विच्छेद नै गरेका छन् । तर उनीहरू सँगै बस्दै आएका छन् । उनीहरू यतिबेला सामाजिक सञ्जाल र समाचारका कारण तनावमा छन् । गायक ढकालले त सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि आफूले डिभोर्स नगरेको प्रतिक्रिया समेत दिए । उनले आफू पत्नी र छोरीसँगै बसिरहेको बताएका छन् । सम्बन्ध विच्छेदको खबर सार्वजनिक भएपछि ढकालले फेसबुकमा पत्नी निलमसहितको फोटो राख्दै लेखेका थिए, ‘अरूले के भन्छन्, मतलव भएन तर हाम्रो सम्बन्

    • प्रकाशित मितिः पुष १३, २०७६
    • ४८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • लालसिंह चड्डामा करिनाको अडिसन

    भारत / बलिउड नगरीमा करिना कपुरको आफ्नै महŒव छ । बलिउड इण्डष्ट्रीमा दुई दशक बिताइसकेकी छन् । रिफ्युजीबाट बलिउडमा डेब्यु गरेकी करिना अहिले त झनै खारिएकी छन् । सन् २००० मा रिलिज भएको रेफ्युजीले उनलाई फिल्म इण्डष्ट्रिजमा स्थापित गराउन केही भूमिका खेल्यो । तर, उनले त्यो बेला पनि आफूलाई फिल्मका लागि कुनै अडिसन दिएको घटना बाहिर आएन । तर, हालै भने उनले फिल्मका लागि अडिसन दिनुपरेको कुरालाई खुलाएकी छन् । त्यो पनि आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ मा । फिल्मी करिअरको २ दशकपछि अडिसन दिनुपर्दा उनलाई कस्तो लाग्दो हो । तर, उनले यसलाई सहज रूपमा लिएको बताएकी छन् । उनले एक अन्तरवार्तामा अडिसन

    • प्रकाशित मितिः पुष १२, २०७६
    • १३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सन्तोष मिस्टर नेपाल

    काठमाडौँ/ स्वास्थ्यकर्मी सन्तोष उपाध्याय मिस्टर नेपाल बनेका छन् । एक्सपोज नेपालको आयोजनामा बिहीबार राति होटल अन्नपूर्णमा सम्पन्न फाइनल स्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन् । उनी टाइटलतर्फ मोष्टट्यालेण्ट र मोष्ट फोटोजेनिकसमेत बनेका छन् । उपाधि विजेता उपाध्यायले मोटरसाइकलसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । दिलराज न्यौपाने फस्ट रनरअप बन्दा विमल पाण्डे सेकेण्ड रनरअप चुनिए । त्यस्तै प्रिन्स अभी थर्ड रनर अप र अविनाश चौधरी फोर्थ रनर अप घोषित भएका थिए । विजेताहरूलाई एक्सपोज नेपालकी प्रमुख कार्यकारी अधिकृत अर्चना थापा, निर्देशकहरू रविन्द्र श्रेष्ठ, प्

    • प्रकाशित मितिः पुष १२, २०७६
    • १०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तीर्थ निरौलाको चोइटिएको माया सार्वजनिक

    धरान । धरानका स्थापीत चित्रकार तथा कला समिक्षक तीर्थ निरौलाको चोइटिएको माया  सार्वजनिक भएकाे छ ।  गीतलाई धरानकै गायक हेम दिलुङछा राई गाएका छन् भने संगीत धरानकै स्थापीत संगीतकार विनोद प्रियदर्शी राईको छ । रोशन वान्तवाले एरेन्ज रहेको यो गीत निरौलाको दोश्रो गीत हो । पहिलो मैले चाहेको तिमीलाई वोलको म्युजिक भिडियो गीतलाई दर्शकले रुचाए पछि यो दोश्रो गीत लेखेको कुरा तीर्थ निरौला बताउदछन् । यो गीत चाडै नै म्युजिक भिडियोको रुपमा पनि देखिने कुरा निर्माण पक्षले गरेका छन् ।

    • प्रकाशित मितिः पुष १२, २०७६
    • २५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • करोडपतिको रकम क्रिकेट रङ्गशालालाई

    धरान / ‘सक्किगोनि’ का कलाकारद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेले ‘को बन्छ करोडपति’ बाट जितेको रकम क्रिकेट रङ्गशालाका लागि खर्चिने भएका छन् ।धुर्मु–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जितेको रकम खर्चिन लागेका हुन् । एपी वानमा प्रसारण हुँदै आएको कार्यक्रमबाट उनीहरूले ८० हजार रुपैयाँ जितेका थिए । उक्त रकम क्रिकेट रङ्गशालाका लागि खर्चिने उनीहरूले बताएका हुन् । बिहीबार कलाकारद्वयले सामाजिक सञ्जालमार्फत् आफ्नो रकम रङ्गशालालाई दिने बताएका हुन् । यो क्रिकेट रङ्गशाला जनस्तरबाट निर्माण भइरहेकाले

    • प्रकाशित मितिः पुष १२, २०७६
    • २१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आमा बनिन् बिनिता बराल

    धरान / नायिका बिनिता बराल पछिल्लो समय फिल्म उद्योगबाट केही पर रहेकी थिइन् । चपली हाइटबाट चर्चाको शिखर चुमेकी बिनिता बुधबार मात्रै आमा बनेको खबर बाहिरिएको छ । उनले छोरीको जन्म दिएकी छन् । केहीअघि मात्रै उनले सामाजिक सञ्जालमार्फत् आफू आमा बन्न लागेको खुशी शेयर गरेकी थिइन् । त्यो खुशी शेयर गरेको केही महिना नबित्दै उनी आमा बनेको खबर पनि बाहिरिएको हो । उनले सामाजिक सञ्जालमार्फत् छोरीको जन्म दिएको खुलाएकी हुन् । उनले छोरीको नामसमेत ‘काया’ राखेको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् नै छोरीको साथमा रहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले २०७४ को जेठमा प्रेमी तिलक पौडेलसँग विवाह ग

    • प्रकाशित मितिः पुष १२, २०७६
    • ३७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलबारीमा राजेश पायल राई आउने

    बेलबारी । लोकप्रिय गायक राजेश पायल राई मोरङको बेलबारी आउने भएका छन् । शान्ति युवा समुह, बेलबारी ९ नलबारीको आयोजनामा हुन लागेको पीस लाईभ म्युजिकल कन्सर्ट कार्यक्रममा आउने आयोजक समितिले जनाएको छ । भ्रमण वर्ष २०२० लाई स्वागत गर्दै समृद्ध नेपालका लागि लागू औषध रहित स्वस्थ जीवन भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको समुहले विहीवार पत्रकार सम्मेलन जानकारी गराएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार फुलन्देकी आमा, सेरा थामी, सन्जिब धिमाल, विनोद खम्बु, एस्तर सिन्चौरी, मोडल माया थामी, मनिता राईले प्रस्तुति रहने कन्सर्टमा गरिमा डान्स सेन्टर धरानको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक धर्मराज रा

    • प्रकाशित मितिः पुष १०, २०७६
    • ५७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद

    ब्लाष्टखबर । गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेदकाे निर्णय सुनाएको हो ।   छोरी रानी आमासँग बस्‍ने तर उनको पठनपाठन र लालनपालन दुवैले गर्ने सहमति सहित सम्बन्धविच्छेद गर्न मञ्जुर भएपछि सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् । जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार बादी पत्नी निलम साह ढकालले अंश नलिने गरी मिलापत्र भएको छ ।  

    • प्रकाशित मितिः पुष ९, २०७६
    • ७३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘छपाक’ लाई चोरीको आरोप

    बलिउड फिल्म ‘छपाक’ रिलिजअघि नै विवादमा परेको छ । एक लेखकले कथा चोरी गरेको आरोप लगाएपछि फिल्म विवादमा परेको हो । आरोपसँगै यो फिल्म अब अदालतमा पुगेको छ । दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्ममाथि राकेश भारती नामका लेखकले अदालतमा मुद्दा दायर गरेका हुन् । उनले फिल्मको कथामा आफ्नो नाम राख्न माग गरेका छन् । अदालत जानुअघि लेखकले निर्माता र कलाकारलाई समेत भेटेका थिए । उनी फक्स स्टार स्टुडियोमा पनि पुगेका थिए । राकेश भारतीका वकिलका अनुसार ‘छपाक’ का निर्माण गरिरहेको निर्माण कम्पनीलाई पछि मात्र थाहा भयो कि उनको यो फिल्मसँग मिल्दाजुल्दो फिल्म मेघना गुलजारले बनाइरहेकी छन् । उ

    • प्रकाशित मितिः पुष ९, २०७६
    • ४१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • भ्रमण वर्ष २०२० प्रवर्द्धनमा लाइभ कन्सर्ट

    लक्ष्मीमार्ग/ भ्रमण वर्ष २०२० प्रवर्द्धनको तथा नयाँ वर्षको स्वागतको लागि मोरङको बेलबारी–१० भाउन्नेस्थित लाइभ कन्सर्ट हुने भएको छ । डाँगीहाट फुटबल क्लब बेलबारीको आयोजनाका पौष १६ गते बुधबार साँझ लाइभ कन्सर्ट हुन लागेको हो । प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा हुन लागेको कार्यक्रममा निर्णय श्रेष्ठ, प्राश्ना शाक्य, सबिन राईलगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक याकुब राईले बताए । आयोजक उक्त क्लबले यसअघि पनि पटक–पटक गोल्डकप तथा साङ्गीतिक कार्यक्रम गर्दै आइरहेको क्लबका अध्यक्ष छत्र लिम्बूले बताए ।

    • प्रकाशित मितिः पुष ८, २०७६
    • २८४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved