धरान । पूर्वेली लोक भाकाको गीत ‘बाँस काटी चोया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका जुनी खालिङ राई र गायक इन्द्र सुशिल चोङ्बाङको स्वर रहेको गीतको भिडियो गायिका खालिङको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

एसपी निङ्लेकुको शब्द र कृष्णभक्त राईको सङ्गीत रहेको गीतको भिडियोमा गायक चोङ्वाङ र गायिका खालिङलगायतको अभिनय रहेको छ । भिडियोलाई सुजन लिम्बूले निर्देशन गरेका छन् । छायाङ्कन र सम्पादन डिबी लिम्बूले गरेका हुन् ।