बरिष्ठ गायक दीप श्रेष्ठ हङकङमा सम्मानित भएका छन् ।

शुक्रबार हङकङकाे जाेर्डन स्थित याक एन्ड यति रेष्टुरेन्टमा आयाेजीत नयाँ वर्ष २०८१ काे शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् । उनलाई नेपाली सांगीतिक क्षेत्रमा विशिष्ट याेगदान पुर्याएकाे भन्दै दीर्घ साधना विशिष्ट सम्मान प्रदान गरिएकाे हाे । कार्यक्रमकी प्रमुखखअतिथि हङकङ डिस्ट्रिक्टल काउन्सिलर अरुणा गुरुङ र आयाेजक सरला गुरुङ (तामाङ ) ले सम्मान पत्र प्रदान गरे ।

received_1121082788935439

गायिका सरला गुरुङ (तामाङ ) र स्थानीय नेपाली कलाकारहरुले आयाेजना गरेकाे साे कार्यक्रममा गायक श्रेष्ठले हङकङमा कार्यरत संगीतकार कृष्णभक्त महर्जनद्वारा संगीतबद्द दुई गीतकाे भिडियाे पनि सार्वजनिक गरेका छन् ।


नकस अजिजकाे स्वर रहेकाे हिन्दी गीत मेरे ख्वाब र ज्ञान सुब्बा थेवेकाे स्वरमा रहेकाे नेपाली गीत झ्यालबाट काे भिडियाे ल्यापटपमा क्लिक गरेर सार्वजनिक गरिएकाे हाे । 


कार्यक्रममा बाेल्दै गायक श्रेष्ठले आफू घुमघामका क्रममा हङकङ आईपुगे पनि विभिन्न कार्यक्रममा सहभागी हुन पाएकाेमा खुसी व्यक्त गरे ।