हङकङमा नेपाली चलचित्र मनसराकाे ग्रान्ड प्रिमियर हुने भएकाे छ ।

दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान लगायत चर्चित कलाकारकाे अभिनय रहेकाे मनसरा आगामी मे १२ तारिखकाे साँझ हङकङकाे जिएच वाम्पाे सिनेमामा प्रदर्शन हुने भएकाे हाे ।  उपेन्द्र सुब्बाद्वारा निर्देशित मनसरालाई गाेर्खा फाेर्स सेक्युरिटी र साेलुसन कन्स्ट्रक्सनकाे आयाेजनामा प्रदर्शन गर्न लागिएकाे हाे ।

received_1480976189171227

शुक्रबार हङकङको याक एन्ड यति रेष्टुरेन्टमा आयाेजीत जानकारी सभामा ग्रान्ड प्रिमियर बारे मनसरा हङकङ टिमले जानकारी गराएकाे हाे । त्रिभुवन लिम्बुकाे संयाेजन र किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शेरबहादुर लिम्बुकाे प्रमुख आतिथ्यमा भएकाे जानकारीसभामा विष्णुकुमार लिम्बू, भद्रकला आङबुहाङ लगायतका अतिथिहरु सहभागी थिए ।