धरान । कोशी प्रदेशमा मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ को अडिसनको आवेदन खुल्ला गरेको छ ।

पहिलो अडिसन सुनसरीको इटहरीमा हुने भएको छ । प्रतियोगिता सन् २०१६ देखि हुँदै आएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुन लागेको घोषणा गरेको हो । प्रतियोगितामा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।

सोमबारबाट आवेदन फारम खुल्ला गरिएको एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीले बताइन् । प्रतियोगितामा १८ देखि ३० वर्ष उमेर समूहका पुरुष तथा महिलाहरूले सहभागिता जनाउन सक्ने जनाइएको छ । आवेदन अनलाइनमार्फत् पनि भर्न सकिने जनाइएको छ ।

प्रतियोगिताको फाइनल काठमाडौँमा आगामी जुलाईमा गरिने भएको छ । प्रतियोगिताका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी हुन पाउने जनाइएको छ ।