धरान । साइक्याट्रिक डाक्टर आयुष्नोभा ढुङ्गाना मिस्टर एन्ड मिस नेसनलमा प्रतिस्पर्धा गरिरहेकी छन् ।

अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने उद्देश्यले प्रतिस्पर्धा गरिरहेको उनले बताइन् । उनी मोडलसमेत हुन् । मोडलिङ र आफ्नो पेसालाई एकसाथ अगाडि बढाइरहेकी उनले बङ्गलादेशबाट एमबीबीएस उत्तीर्ण गरेकी छन् । यस्तै अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जेनेरल साइक्याट्रिक म्यानेजमेन्ट, साइको इडुकेसन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन गरेकी छन् । उनले कान्छो अङ्ग्रेजी अनुवादक जस्ता अवार्ड पनि जितेकी छन् ।

पोल्याण्डमा आयोजना हुन लागेको ‘मिस सुप्रा नेसनल’ मा देशको प्रतिनिधित्व गर्ने उद्देश्यले यस प्रतिस्पर्धामा सहभागी भएको उनले जनाएकी छन् । अन्तिम २४ भित्र छानिन सफल उनी सबैभन्दा प्रभावशाली प्रतियोगी हुन् । ढुङ्गाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । उनले २ दर्जनबढी गीतमा अभिनय गरिसकेकी छन् । ‘मिस्टर एन्ड मिस नेसनल’ प्रतियोगिता मे १ मा हुँदै छ ।