धरान/धरानमा गत चैत ३० गतेबाट रिलिज भएकोे नेपाली चलचित्र डिग्री माइलाले पुर्वका अधिकास हलहरुमा राम्रो ब्यापार गरेको छ।  

दर्शकहरुले चलचित्र रुचाएका कारण चलचित्रका कार्यकारी निर्माता मणीराम पोखरेल सहित मुख्य कलाकार दयाहाङ राई, आचल शर्मा,विजय बराल मंगलबार धरान, इटहरी, बिराटनगर हुदै  बुधबार बिर्तामोड सम्मको यात्रामा निस्कीएका छन् । 

डिग्री माइलाले नेपाली समाजमा हुनेगरेको शिक्षा,रोजगारी र सरकारी विधालयमा हुने कमीकमजोरी साथै युवाहरुले आफु सँग भएको क्षमतालाई सहि समयमा सदुपयोग गर्ने नसक्दाको प्रतिफल कस्तो हुन्छ भनेर चलचित्रको कथा बस्तुले उजागरण गरेको छ । 

  हलमा पुगेर दर्शकहरु संग भेटघाट गरि दर्शकहरुको प्रतिक्रया र चलचित्रमा भएका कमीकजोरी लाई आत्मसात गर्दै आगमी दिनहरुमा अझ दर्शकरुको मन जित्ने प्रयत्न कलाकारहरुले गरेका छन् । 

धरानको फ्रेण्ड्स सिनेमाहलमा चलचित्र डिग्री माइला रिलिज भए देखि अहिले सम्मका सबै सो हाउस फुल रहेको जानकारी पाए संगै कलाकारहरुले धरानका दर्शकहरुले चलचित्र रुचाएकाले आगमी दिनमा समेत धरानको यो माया निरन्तर राखन् अझै राम्रो चलचित्रहरु लिएर आउने कार्यकारी निर्माता मणीराम पोखरेलले बताएका छन्। रिलिज भएकोे एक हप्तामा नै  चलचित्रले राम्रो कमाई गरेकाले यहि गतिमा चल्दै गए सोचेभन्दा राम्रो नाफा कमाउने उनले बताए । 

कलाकार विजय बरालले धरान कलाकारहरुलाई माया गर्ने शहर भएकाले धरान आफ्नै घर जस्तो लाग्ने बताए। नायिका आचल शर्माले धरान धेरै पल्ट आए पनि हल भित्र बसेर प्रत्यक्ष दर्शकहरुसँग भेटेर प्रतिक्रिया  लिदा अझ धेरै उत्साहित भएको बताएकी छन्।