धरान /कोशी प्रदेशमा मोडल हन्ट 'फेस अफ नेपाल २०२४'को  सातै प्रदेशबाट अडिसन गर्नेगरी  आवेदन खुल्ला गरिएको छ।

प्रतियोगिताको अडिसन सुनसरीको इटहरीमा जेठको पहिलो  साता  हुने आयोजकले  बताएको छ। सन् २०१६ देखि आयोजना हुँदै आएको 'फेस अफ नेपाल'को नयाँ संस्करणको घोषणा गरिएको छ।

काठमाडौको होटल शंखरमा  पत्रकार सम्मेलन गर्दै आयोजक संस्था एमएस प्रोडक्सन नेपालले २०२४ का लागी नयाँ संस्करणको घोषणा गरेको छ।

 उक्त  संस्करणबाट आयोजक संस्था परिवर्तन भएको छ। फेस अफ नेपालको अबका संस्करणहरुलाई एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको छ। 

मोडल हन्टको रुपमा डिजाईन गरिएको यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुबैले सहभागीता जनाउन पाउनेछन्।सहभागीता लागि  बैशाख १७ गते बाट  नै आवेदन  फारम खुल्ला गरिएको आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रवन्ध निर्देशक मेनुका माझीले बताएकी छन्।

उनका अनुसार यो प्रतियोगितामा १८ देखि ३० वर्ष उमेर समुहका पुरुष तथा महिलाहरुले सहभागिता जनाउन सक्ने साथै  ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भागलिन सक्ने बताएकी छन्।

 आवेदन फारम अनलाइन मार्फत खल्ती एप बाट भर्न सकिने  छ। अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवस्यक पर्ने विवरण भर्नुपर्ने छ । 

नेपालको सात प्रदेशमा चाडैं अडिसन गरिने आयोजकले जनाएको छ ।प्रतियोगिताको  ग्राण्ड फिनाले काठमाडौं गरिनेछ। सहभागी प्रतिष्पर्धीलाई २ हप्ताको प्रशिक्षण गराईने  निर्णायक र भोटिङको आधारमा आगामी जुलाईमा ३ जना बिजेता छनौट गरिनेछ छ।

प्रतियोगिताका बिजेताहरुले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट 'एसिया मोडल फेस्टिभल' मा सहभागी हुन पाउनेछन्।उक्त प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने छन्। फेस अफ नेपाल २०२४ को कोरियोग्राफी स्मिथ तामाङले गर्ने छन्।