विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–९ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलामको माङसेबुङ गाउँपालिका–५ घर भई हाल इटहरी–९ मा बस्दै आएका एक व्यक्तिको कोठामा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा एक थान भरुवा बन्दुक फेला परेपछि प्रहरीले उक्त बन्दुक बरामद गरी सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
































