विराटनगर/विराटनरसँग सिमा जोडिएको मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा सोमबार राति मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा खटिएको प्रहरीमाथि नै जाइलाग्ने बहालवाला प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । पक्राउ परेका प्रहरी हवल्दार सबदनारायण चौधरीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । उनीसहित तीन स्थानीय पक्राउ परेका थिए । चेकजाँचको क्रममा स्थानीय र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको थियो । चौधरी सोही ठाउका हुन् । उनले पनि प्रहरीको काममाथि सहयोग गर्नुको सट्टा स्थानीयलाई सहयोग गर्दै प्रहरीमाथि हातपात गरेको अभियोग लागेको छ । उनीसहित कटहरी–१ का ४५ वर्षिय अनन्तराम चौधरी र ५५ वर्षिय जोगनारायण चौध
इटहरी/गत बैशाख ५ गते १५ वर्षीया जुलीकुमारी उराउँको बालविवाह प्रहरीले रोक्यो । कोशी गाउँपालिका–१ कामा जुलीको बुबा धर्म देब उराउँको छोरीको सानै उमेरमा गर्ने लागेको विवाह रोकिन पुग्यो । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा बालविवाह बढ्दै गएको छ । गढी गाउँपालिकाकी १७ वर्षिय पुनम कुमारी सदा गत असार २० गते बालविवाह प्रहरीले रोकिदियो । देवानगंज गाउँपालिका ४ की १७ वर्षिय मन्जिल उराउँको पनि गत श्रावण ४ गते धुमधामका साथ हुन लागेको विवाह रोकियो । ग्रामिण भेग त्यसमा पनि सिमान्तकृत समुदायमा बालविवाह बढ्दै गएको महिला बालबालिका सेवा केन्द्रकी सई विनु बस्नेत बताउँछिन । चालु आर्थिक बर्षको अहिले सम्म १० वटा
पाँचथर / जिल्लाको हिलिहाङ गाउँपालिका २ र ४ को सिमावर्ती क्षेत्र पिनासीघाटदेखि तेह्रथुम–पाँचथर सिमाना माझिटारसम्म तमोर नदीमा -याफ्टिङ सेवा सुरु भएको छ । जलयात्रामा रमाउन चाहनेहरुका लागि फिदिमस्थित तमोरभ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिले -याफ्टिङ सेवा सञ्चालनमा ल्याएको हो । एड्भेन्चर रिभर ट्रेल्सको प्राविधिक सहयोगमा ¥याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र तुम्बापोले बताए । सात वर्ष लामो अनुभव संगालेका गाइड राजन थापा मगरको नेतृत्वमा -याफ्टिङ सेवा प्रदान गरिंदै आएको हो । पिनासीघाट–माझिटार १२ किलोमिटर दुरी पार गर्न करीब तीन घन्टा लागेको &y
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको जनाउ दिएका छन् । कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको बताएका छन् । सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अव सरकार कहाँ छ भनेर मजदुरहरुलाई सोध्न सल्लाहा दिए । सरकार कमे गर्दै छ कहाँ छ कस्का लागि काम गर्छ भनेर मजदुरहले भन्ने उनको भनाई थियो । जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीले बताए ।सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा आज
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श से
धनकुटा/ आर्थिक अभावका कारण उपचार गर्न नसकी पाठेघरसम्बन्धी जटिल रोगले थलिएकी धनकुटाकी असारमाया राईलाई उपचारपछि मङ्गलबार धनकुटाको मूलघाटस्थित वृद्धाश्रममा राखिएको छ । धनकुटा साँगुरीगढी गाउँपालिका–४ उखु डाँडाकी ६५ वर्षीया राईको गत कार्तिकमा धनकुटा अस्पतालमा सञ्चालित शल्यक्रिया स्वास्थ्य शिविरमा पाठेघरको निःशुल्क उपचार गरिएको थियो । शल्यक्रियापछि एक महिनासम्म जिल्ला अस्पताल धनकुटाको निगरानीमा राखेर उनलाई मूलघाटस्थित वृद्धाश्रममा बसोबासको व्यवस्था मिलाइएको शिविर व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक तथा समाजसेवी रोशेष श्रेष्ठले बताए । असारमायाले लेउतीखोलाको किनारमा सानो छाप्रोमा बसी ब
धरान / युवाहरूको एक समुहले धरान २० स्थित चिण्डेडाँडाबाट फर्कदै गरेका रेडियाे धरानका बजार व्यवस्थापक विकी श्रेष्ठलाइ सोमबार साँझ आक्रमण गरेका छन । सोमबार वेलुकी सवा ८ वजे धरान १३ स्थित झोलुङे पुल छेऊमा ७ ।८ जनाको नचिनेका युवाहरुको समुहले पछाडिबाट आक्रमण गरेको रेडियो धरानका स्टेशन मेनेजर शिशिर राईले जानकारी दिए । उनका अनुसार उद्यमशील वचत तथा ऋण सहकारी सस्था लिमिटेड धरानको वार्षिक साधारण सभाको धरान २० स्थित चिण्डे डाँडाबाट समिक्षा कार्यक्रम सकेर फर्कने क्रममा श्रेष्ठमाथि एक्कासी पछाडीबाट आक्रमण भएको हो । उती युवाहरुले वियरको वोतल प्रहार गरेका थिए । वोतल प्रहारबाट श्रेष्ठको टाउ
धरान / तत्कालिन किष्ट बैंकमा कमसल धितो राखी करोडौ रकम निकाली बैकिङ अपराध गरेको अभियोगमा सुनसरी र काठमाण्डौबाट ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको छ । टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । इनरुवा ३ सखुवागाछीका सुरेश भन्ने कुलप्रसाद पोखरेल, इनरुवा २ का प्रमोद देव र अजय देवलाई पक्राउ गरिएको सिआईवीका डिएपी श्यामबाबु ओलियाले जानकारी दिए । यस्तै पाल्पा रम्वा गाउँपालिका ३ स्थाई घर भई हाल ललितपुर २३ हात्तिवन बस्ने तत्कालिन किष्ट बैंकमा कार्यरत तत्कालिन किष्ट बैंकको डेपुटी सिइअाे बाल नरसिंह(बिएन) घर्तीलाई पनि मंसिर ६ गते नै अनामनगरबाट पक्राउ गरेको थियो । यस्तै ल
विराटनगर / विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउने गुणराज ओझाले उजुरी गर्ने कर्मचारीलाई ज्यानमार्ने धम्की दिएका छन् । ओझाबाट ठगीका ५० भन्दा बढीले कर्मचारीले श्रम कार्यालयमा उजुरी गरेपछि निवेदन दिने कर्मचारीलाई ओझाले ज्यान मार्ने धम्की दिएका हुन् । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो भाञ्जे ज्वाईँ भएको बताउँदै विराटनगरमा खुल्लेआम हिडडुल गर्ने उनले कर्मचारीलाई फोन र एसएमएसबाट धम्की दिएका हुन् । ‘तपाईँको पनि परिवार छ होला भन्दै धम्की दिइरहेका छन’, नितेश खतिवडाले भने, ‘शान्ति सुरक्षाको माग गर्दै प्रशास
धरान । उद्यमशील बचत तथा ऋण सहकारीले ५ करोडभन्दा माथि निक्षेप संकलन गर्न सफल भएको छ । छैठौं साधारणसभाको अवसरमा सोमबार सहकारीले ५ करोड २ लाख ७७ हजार ४ सय ९१ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको जनाएको छ । अध्यक्ष डा. योगेन्द्र राईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नेक्रममा अघिल्लो आर्थिक वर्र्षभन्दा एक करोड ४७ लाख ८६ हजार ६३२ रुपैयाँले बढी भएको बताए । सहकारीले छोटो समयमै ७० करोडभन्दा बढी कारोबार गर्न सफल भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ७० करोड ९४ लाख १७ हजार ४५५ रुपैयाँ कारोबार गरेको हो । यो अघिल्लो आवभन्दा झण्डै २६ करोड ७० लाख ४६ हजार ३९० रुपैयाँले बढी हो । संस्थाले एक करोड १० लाख ९४ हजार
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved