धरान / प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशमा रहेका धार्मीक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको दिगो विकाशकगर्न सरकार लागि सकेको बताएका छन् ।

झापाको शिवसताक्षी स्थित धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा सोमबारबाट शुरु भएको गौ महोत्सव तथा शिव महापुराणको उद्घाटन पछि मुख्य मन्त्री राईले यस्तो बताएका हुन । प्रदेश १ मा रहेका धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको दिगो विकाशकालागि योजना बनाएर काम गरिने उनले बताए ।

गोलोक गोर्वद्र्धन गौसाला र शिवसताक्षी नगरपालीकाले महोत्सव तथा शिवमहाप’राणको अयोजना गरिएको हो । धार्मिक पर्व बालाचतरर्दशीको अवसर पारेर ११ दिवसीय शिवमहापुराण तथा संगितमय गौ कथा महोत्सव एवं धान्याञ्चल महायज्ञको पहिलो दिन आज कलश शोभायात्रा गरिएको छ ।

महोत्सवमा करिब ४५ लाख रुपैया खर्चहुने आयोजक समितिका अध्यक्ष नन्दकिशोर भारद्धाजले जानकारी दिए ।