सिरहा /  नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र लहानले विद्युत चुहावटको लागि हुंकिङ गर्ने ५३ जनालाई नियन्त्रणमा लिएको छ । लहान नगरपालिकामा हुकिङ गरी बिद्युत चुहावट गर्ने करिब चार दर्जन भन्दा बढी व्यक्तिलाई बिद्युत प्राधिकरण बितरण केन्द्र लहानले पक्राउ गरी जरिवाना तिराएको हो ।
बिद्युत प्राधिकरण बितरण केन्द्र लहानबाट खटिएको बिद्युत चुहावट नियन्त्रण टोलीले गत सोमबार र मंगलबार गरी ५३ जना पक्राउ गरेको हो । बिद्युत चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी बिद्युत प्रयोग गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बिद्युत प्राधिकरण लहानका प्रमुख बिष्णुप्रसाद यादवले जानकारी दिए । उनीहरूलाई बिद्युत चुहाबट ऐन अन्तर्गत कारवाही गरी जरिवाना बापत ५ लाख ८६ हजार राजस्वसंकलन भएको प्रमुख यादवले जानकारी दिए । अनुगमनको क्रममा बिद्युत मिटर, पंखा र टिभी, एलइडीलगायतका समानसमेत बरामद् गरिएको छ ।