विराटनगर / नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउँदै आएका गुणराज ओझालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङको लेटाङ्ग नगरपालिका–३ का ५३ वर्षीय ओझालाई प्रहरीले मंगलबार राती विराटनगर–५ जामुनगाछी स्थित ससुराली घरबाट पक्राउ गरेको हो ।

विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली कम्पनी खोलेर ओझाले ठगी गरेको कुर्तत ब्लाष्ट खवरले निरन्तर प्रकाशित गर्दै आएको थियो । ओझाबाट ठगीएका ५० भन्दा बढी कर्मचारीले जिल्ला प्रहरी कार्यालय मोरङमा भेला भएर मंगलबार ठगी मुद्दा अन्तर्गत उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको हो ।
अदालतमा ७ दिनको म्यात थप गरे पछि अनुसन्धान हुने भएकोले उनले कति ठगी गरे त्यो भने पछि खुल्ने एसपी केसीले जानकारी दिए । ओझाबाट पीडित भएकाहरूका अनुसार एक जनाबाट २० हजारदेखि ३ लाख रुपैयाँसम्म लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

विराटनगरमा खुल्लेआम हिडडुल गर्ने ओझा पीडतहरूले प्रहरीमा उजुरी दर्ता गराएको पत्तो पाएपछि यहाँबाट फरार भएका थिए । लुकेर हिडडुल गर्ने ओझो ससुराली घर आएको मोरङ प्रहरीलाई विशेष सूचना आए पछि उनलाई टिभी हेर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी हो ।  प्रहरीमा उजुरी दर्ता नभएसम्म ओझाले उजुरी गर्नेको ज्यानमार्ने धम्की दिदै विराटनगरमा खुल्लेआम हिडडुल गर्थे ।

ओझाले विराटनगर महानगरपालिका–४, कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए । ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कबिहीन भएका थिए ।