काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको जनाउ दिएका छन् ।  कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको बताएका छन् ।

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अव सरकार कहाँ छ भनेर मजदुरहरुलाई सोध्न सल्लाहा दिए । सरकार कमे गर्दै छ कहाँ छ कस्का लागि काम गर्छ भनेर मजदुरहले भन्ने उनको भनाई थियो ।

जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीले बताए ।
सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा आज उनले यस्तो बताएका हुन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, यो तामझाम मैले देखिनँ भन्नेहरुलाई देखाउन हो । थाहा पाउनु भनेर तामाझाम गरिएको बताएका छन् ।

 
२० वर्षदेखिको माग पूरा भयो: मजदुर नेता

ट्रेड युनियन नेताहरूले सरकारले सार्वजनिक गरेका सामाजिक सुरक्षाका योजनाले मजदुरको २० वर्षदेखिको माग पूरा भएको बताएका छन् । मंगलबार पहिलो सामाजिक सुरक्षा दिवश मनाउने क्रममा उनीहरुले सामाजिक सुरक्षाका योजनाले मजदुरको सुरक्षा गरेको बताएका हुन्।
मजदुरको सुरक्षा, मजदुरको रक्षा,मजदुरहितमा सरकारले काम शुरु गरेकले अव मुलुक समाजबादमा प्रवेश गरेको नेपाल यातायात स्वातन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले बताए । ‘उनले भने– अव मात्र मुलुक समाजबादीमा प्रवेश गर्ने छ । समाजबाद भनेको श्रमिकको रक्षा, श्रमिको सुरक्षा ग्यारेन्टी गर्नु हो ।’
संगठनले २०५४ सालदेखि उठाउदै आएको योजना आज सरकारले पुरा गरेको उनले बताए । अव देशभरका श्रमिकहरु सामाजिक सुरक्षा ऐन भित्र प्रवेश गर्ने उनको भनाई छ । उनले योजना कार्यन्वयनमा सबैले ध्यान पु¥याउनु पर्ने बताए ।
संयुक्त ट्रेड युनियन समन्वयन अध्यक्ष विश्वनाथ प्याकुरेलले उचित पारिश्रमिक र सामाजिक सुरक्षाका अभावको कारण विदेशमा भौतारपनु पर्ने बाध्यता हटेको बताए। उनले सामाजिक सुरक्षा योजना कार्यन्वयनमा ध्यान दिन आग्रह गरे। नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षाको कार्यक्रमले बर्षौ देखिका मजदेरका माग पूरा भएको बताए। उनले जिफन्टले संस्थागतरुपमा २० वर्षदेखि माग गर्दै आएको विषय समेटिएको बताए। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले दुईदशकदेखिको मजदुरको माग पूरा भएको बताए।