धरान । दैनिक सवारीमा काम गर्ने चालक सहचालक यस्ता व्यक्ति हुन जो यात्रुलाई गन्तव्यसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । तर यात्रु र सवारीमा काम गर्ने सहचालकविच सौदाहत्रापूर्ण व्यवहारको संस्कार अहिलेसम्म बन्न सकेको छैन् ।

सहचालक जतिसक्दो यात्रुबाट भाडा वापतबाट ‘लुटौ’ भन्ने सोच हुन्छ, यात्रुहरु गाडीमा काम गर्ने हरु बढि भाडा असुल्छन् भनेर वार्गेनिङ गर्छन् । गाडीमा सय ÷पाँच सयको नोट दिदा तोकिएको भाडाभन्दा बढि रकम असुल्न सहचालकहरु पछि पर्दैनन् । यस्ता प्रकृतिका घट्नाले कहिलेकाही ठूलो रुप नै लिएको पाईन्छ । यातायात मजदुरहरुको गैरजिम्मेवारपूर्ण व्यवहारले उनीहरुको जुन काम छ त्यो काम अनुसारको सान नपाउनु विडम्बना हो ।

केही दिन अगाडी ना ३ ख १०६ नं. को यात्रुवहाक वसमा काम गर्ने रामु थापा मगरले एक जना वृद्धलाई भाडाको विषयमा दुव्र्यहार गरे । उक्त दुव्र्यहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनले ती वृद्धले धरान–इटहरीको भाडा वापत ३० रुपैया दिदा भाडा थोर भएको भन्दै उनले गलहत्ताएर गाडीबाट बाहिर निकाले । सामाजिक सुरक्षा कार्ड भएको ती वृद्धाले भन्दा पनि उनले दुव्र्यहार गर्न छाडेनन् । धरान–इटहरी भाडा सरकारले ३८ रुपैया तोकेको छ । वृद्ध÷वृद्धाहरुलाई सरकारले नै भाडामा छुट दिने व्यवस्था पनि गरेको छ । तर ती युवाले वृद्धलाई गाडीबाट बाहिर निकाले अपमान मात्र गरेर दुव्र्यवहार नै गरेर विच सडकमा रमित देखाए ।

युवाले दुव्र्यवहार गरेको भिडियो भाइरल भए पछि उनलाई कारवाहीको माग गर्दै दवाव आयो । यातायात तथा मजदुर संगठनहरुलाई दवाव कारवाहीका लागि दवाव आयो ।
नेपाल स्वतन्त्र यातायात मजदुर संगठन धरानले ती युवालाई बोलाएर शनिवार एक्सन लिएको छ ।

संगठनले एक्सन लिए पछि ती युवाले दुव्र्यवहार गरेकोप्रति आत्मग्लानी गर्दै माफी मागेका छन् । उनले आफु जिम्मेवार यातायात मजदुर हुने प्रण गर्दै अरुलाई पनि आफुले जस्तो यात्रुलाई दुव्र्यवहार नगर्न आग्रह गरेका छन् ।

संगठनले केही समय अघि देखि सवारीमा काम गर्ने मजदुरहरुलाई जिम्मेवार बनाउन ‘स्टिगर’ अभियान संचालन गरेको थियो । स्टिगरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउदिन, सावरी चलाउनदा मोवाइल फोन प्रयोग गर्दिन, महिला, बालिका, अशक्त र बृद्धबृद्धालाई सम्मान गछुृ, तीब्र गतिमा सवारी चलाउदिन, तोकिएको भन्दा बढी भाडा लिन्न, सबैसंग सभ्य भाषा प्रयोग गर्छु र ट्राफिक नियमको पालना गर्छु भन्ने ८ बुद्धा समेटिएको छ । ती युवामा पलाएको चेतले सबै यातायता मजदुरको चेत खुलोस हाम्रो शुभकामना ।

कुनै पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले आफु जिम्मेवार यातायात मजदुर भएको सवारीमा चढेको छु भन्ने गर्वानुभूति होस् । सहचालकको व्यवहारले कोही कसैलाई निराश नबनाओस, की यो भिडियोमा भएको महिलालाई जस्तो ।