श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २६ गते बुधबार, ८ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण पक्षको औंसी तिथि ०९ः०६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र भरणी १३ः४५ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः१९ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय फुर्सदिलो रहनेछ। रचनात्मक काम गर्न सकिनेछ। जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पु¥याउनुहोला। व्यवसायमा खर्च हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेसा–व्यवसायमा कम आम्दानी हुने समय छ। उधारोमा व्यापार गर्नुपर्ला। केही रकम खर्चनुपर्ने हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घर र आफन्तबाट टाढा भइनेछ । प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ । कामबाट भने फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नाम र दाम आर्जन गर्न सकिनेछ । पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मिहिनेतले नाम, र इनाम दिलाउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ।