धरान / नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजित गरिमा तिज उत्सवमा धरानकी मधु स्थापित विजेता बनेकी छन्। धरान १ स्थित धुलिखेल समाजको सभाहलमा आयोजित उत्सवमा ५५ प्रतिस्पर्धीलाई हराउँदै बेस्ट प्रेजेन्टेसनसमेत घोषित मधु प्रथम भएकी हुन् । पहिलो राउण्डमा ५५ जनाले सभागिता जनाएका थिए । सेमिफाइनलमा २५ जना छनोट भएका थिए ।प्रतिस्पर्धामा दोस्रो धरानकै रोमी सुब्बा र मोस्ट ट्यालेण्ट सोनी विष्ट तेस्रो भइन् ।

उत्सवमा बेस्ट हेयर मिना तामाङ, बेस्ट स्माइल तारा तामाङ, बेस्ट फिजिक्स रेनुका राई, बेस्ट ब्युटिफूल मनिसा लिम्बू, बेस्ट ड्रेसअप अञ्जु लिम्बू, बेस्ट मेकअपमा आरती लिम्बू, बेस्ट एक्ट्रिपमा मञ्जु राई र बेस्ट चार्मिङ् मेन्दो मोक्तान घोषित भए ।

उत्सवका प्रमुख अतिथि टङ्कप्रसाद न्यौपानेले महिलाहरुको विशेष दिनको रुपमा चाड मनाइने गरेको बताए । प्राडा न्यौपानेले पछिलो समय नारीहरुले तिज पर्वलाई खुलेर मनाउन थालेका बताए । नारीहरुको विशेष चाडलाई अरुको देखासिखी नगरी आफ्नो गच्छेअनुसार मनाउन शुभकामना दिएका छन् ।

उत्सवमा नेकपा एमालेका नगर अध्यक्ष हर्कजङ एभेङ, धरान १० का वडाध्यक्ष विवेक रार्ई, धरान १४ का वडाध्यक्ष कृष्ण भट्टराई,  टाइम्स नेपालका दोर्पध्वज राई, गरिमा डान्स सेन्टरका सल्लाकार सुजेन्द्र तामाङ, गरिमा सेन्टरका डान्स निर्देशन तथा कानुुनी सल्लाकार डा.मानभगत चाम्लिङ र धरान नृत्य प्रतिष्ठानका सचिव कृष्णराज श्रेष्ठले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

महिला दिदी–बहिनीले आफूमा भएको कला र क्षमतालाई खुलेर देखाउन सकून् भन्ने उद्देश्यले गरिमा तिज उत्सव मनाउने गरिएको गरिमा डान्स सेन्टरका प्रबन्धक तथा नृत्य निर्देशक मनिकुमार लिम्बूले बताए । गरिमा डान्स सेन्टरले विगत ५ वर्षदेखि हरितालिका तिजका अवसरमा ‘गरिमा तिज उत्सव’ आयोजना गर्दै आएको छ ।