Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

alt
  • भदौ ३१, २०८०
  • ब्लाष्ट खबर

काठमाडौँ / राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो ।

जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको नाईन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भए अनुसरु जहाज पठाउन लागिएको छ ।

एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको उहाँले उल्लेख गर्नुभयो ।यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ । गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेण्डर आह्वान भएको थियो ।

सोही अनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको निगमले जनाएको छ । उक्त जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाई महिनामै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो ।

नियमानुसार छनौट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।

जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले माफी पनि मागेको छ ।

यो पनि - शिक्षक र विद्यार्थी बीचको सम्बन्ध यो पनि - फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई यो पनि - धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताः उपाधि होलिल्याण्डलाई यो पनि - आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना यो पनि - आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन यो पनि - अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ यो पनि - विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ यो पनि - धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि खोटाङका किसान चिन्तित यो पनि - ब्राजिलमा विमान दुर्घटनापरि चौध जनाको मृत्यु यो पनि - नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो
सम्बन्धित समाचार
दर्ता खारेजी गरेर फार्मेसीको ठगीधन्दा

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजअ ...

सुनसरी आइपुग्यो सशस्त्र प्रहरीको झण्डा मार्चपास

इनरुवा । सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट सुरु ...

एलजी इम्पेक्सको वार्षिक उत्सव सम्पन्न

धरान । धरानको कलेज रोडमा अवस्थित एलजी इम्पेक्सले बिहीबार एक विशेष कार्यक्रम ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
दर्ता खारेजी गरेर फार्मेसीको ठगीधन्दा
सुनसरी आइपुग्यो सशस्त्र प्रहरीको झण्डा मार्चपास
एलजी इम्पेक्सको वार्षिक उत्सव सम्पन्न
ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
नियमभन्दा माथि इँटा उद्योग ?
आजको राशिफलः २०८२ साल पुस २५ गते शुक्रबार
कोशीको राष्ट्रिय सभा अङ्कगणितः काङ्ग्रेस–एमाले मिल्दा नेकपा ‘असुरक्षित’
कानूनको अवज्ञा गर्दै झापाका इँटा उद्योगहरू
गीत गजलको आवरणमा बन्धक बनाएर यौनधन्दा
प्रहरीमा सामाजिक सञ्जाल दुरुपयोगः डिआइजीसहित ५ सय ९९ प्रहरी कारबाहीमा
काङ्ग्रेस–एमालेको रजगजको विरोध आवश्यक
आजको राशिफलः २०८२ साल पुस २४ गते बिहीबार
अक्षय कोषदाता सम्मानित
चतरा सहकारीको नाफा एक करोड ९१ लाख
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved